20100725

अमेरिका नेपाल सोसाइटीको कार्यक्रममा हुरी बतास र पानीले खेदे पछी नेपालीको भागाभाग ! बिचरा अध्यक्ष्य खेम भट्टचनको बिजोक !!!

अमेरिकाको म्यारिल्याण्ड राज्यको बेल्स्विल नेपाली मन्दिर परीसरमा आयोजित  अमेरिका नेपाल सोसाइटीको कार्यक्रममा हुरी बतास र पानी ले खेदे पछी नेपालीको भागाभाग भए पनि राम्रो हल हुनाले नेपालीले ओत पाए । थुप्रै रुझेर गर्मीमा बर्षाको आनन्द लिए । सोसाइटीले आयोजना गरेको बनभोजमा खानपानको राम्रो ब्यबस्था थियो । खेम भट्टचन देखी कबिन्द्र सिटौला सम्म, र सोसाइटीका....
अन्य कर्ता हरु बनभोज सफल पार्न निकै खटेका देखिन्थे । खेमजि ले हामी पुग्दा फोहोर सफा गर्ने देखी खुम्चिएको ब्यानरलाई प्रेस गर्दै मिलाउन ब्यस्त देखिए भने हिंड्ने बेला पनि जुठा प्लेट र फोहोर उठाउदै गरेका देखिए, उनको खटाइ प्रसंसनिय थियो । औपचारिक कार्यक्रम उनैको अध्यक्ष्यतामा, सचिब टिका पुनको सन्चालनमा भएको थियो जहाँ राजदुत डा. शंकर शर्मा प्रमुख अतिथीको रुपमा हुनुहुन्थ्यो, वहाँले फुटबल खेलाडीहरुलाई सम्मान गर्नुभयो र प्रमाणपत्र पनि बितरण गर्नुभयो । कार्यक्रममा नायक सरोज खनालले दसैंमा गर्न लागिएको कार्यक्रमका बारेमा र अन्तराष्ट्रिय कलाकार मन्चका अध्यक्ष्य रामप्रसाद खनालले मन्च र अमेरिका नेपाल सहयोगी समाजको आयोजनामा आगामी सेप्टेम्बर ५ तारिक मा मनासस मा हुने भब्य तिज महोत्सब का बारेमा जानकारी दिनुभएको थियो । पानी मा निथ्रुक्क रुझेका कबिन्द्र सिटौलाजी रुझेको बिरालाझै देखिए पनि अती खटेका देखिए भने खेम जि को सास फेर्ने फुर्सद् थिएन बिचरा । उनी आज एकदम थकित हुनु पर्छ आज ३ पाने लगाएर सुतेका खेम जि भोली कती बजे सम्म सुत्ने हुन र उठेर घडी हेर्दा त "मत मुर्लुक्कै भएछु" भन्दै काम मा दौडेका हुनेछन । अर्का कृष्ण निरौला दाई पनि झार गोडदा थकित हुनुपर्छ आज, बनभोजमा उपस्थिती अलिकती कम् भए पनि बार्बिकिउ भने गजब थियो ।   कार्यक्रमका तस्बिरहरु जस्ताको तस्तै :    
                       

1 comment:

  1. Yo comedian news site ho ki real news site ho?

    Comedianho bhane ekdamai gajjab laagyo, Saarhai haasuthdo chha.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक