20100730

झाडापखालाबाट तीन जनाको मृत्यु, सयौं मानिसहरु बिरामी, छिमेकी जिल्लामा समेत संक्रमण, झाडापखाला हैजा हुनसक्ने आशंका

तीनदेखि नेपालगन्जमा फैलिएको झाडापखालाले प्रकोपको रुप लिन थालेपछि  र छिमेकी जिल्लामा समेत झाडापखालको संक्रमण बढेपछि स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको एक उच्चस्तरीय टोली शुक्रबार विहान नेपालगञ्ज आईपुगेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले जानकारी दिए । बाँकेमा झाडापखालाबाट तीन जनाको मृत्यु हुनुको सयौं मानिसहरु बिरामी...
परेका छन । मृत्यु हुनेमा दाङ तुलसीपुर–८ की ६५ वर्षीया कलावती बुढाथोकी, नेपालगंज–५ गौसिया टोलकी ५ वर्षीया जसविन हल्वाई र एक्लैनीका ५ वर्षीय तानिया हल्वाई रहेको जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका महामारी नियन्त्रण विभागका रामबहादुर चन्दले जानकारी दिए ।  नेपालगंजस्थित भेरी अंचल अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा झाडापखलाका २ सय भन्दा बढी बिरामी भर्ना भएर उपचार गराई रहेका छन ।   भेरी अंचल अस्पतालमा ४८ जना र शिक्षण अस्पतालमा १ सय ५८ जना बिरामीले उपचार गराइरहेको र यो संख्या बढ्दै गएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।  नेपालगन्जका डुबानग्रस्त क्षेत्रमा सर्वसाधारणहरु पखाला लागेको केही मिनेटमै बेहोस हुने र नाडी नचल्ने गरी सिकिस्त हुन थालेपछि सो झाडापखाला हैजा हुनसक्ने आशंकामा केन्द्रीय टोली नेपालगन्ज आईपुगेको हो । महाशाखाका डा.प्रमोद खनालको नेतृत्वमा डा.ठाकुर सिंह सम्मेलीत टोलीले त्यसको परिक्षण गर्ने वाँकेका जनस्वाथ्य प्रमुख धिरजंग शाहले जानकारी दिए ।  नेपालगन्ज नगर क्षेत्रमा फैलिएको झाडापखालाको संक्रमणबाट प्रभावित हुनेको संख्या बढ्दै गएको छ । समाचार तयार पार्दासम्म भेरी अञ्चल अस्पतालमा ६५ तथा नेपालगन्ज शिक्षण अस्पतालमा दुई सयबढी झाडा पखालाबाट प्रभावित विरमीहरुको उपचार भईरहेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक