20100727

नुवाकोटको कल्याणपुरमा रोपाईको लागी खेत जोतेर आलीमा थकाइ मारिरहेका एक किसान । पानी पर्याप्त नपर्दा टारी खेत (वर्षे पानीको भर पर्नुपर्ने खेत) हरुमा रोपाई हुन सकेको छैन । तस्वीरः नवदीप श्रेष्ठ/रासस


 नेपाल अमेरिका पत्रकार संघ परिवार (वशिङटन डिसी यु एस ए )
                                            Press Release
दाङको सामुदायिक रेडियो तुलसिपुरका अध्यक्ष हेमराज धिताललाई गत बिहीवार राती दाङको फुलबारी गाबिस बाट तुलसीपुरतर्फ आउँदै गरेको बेला अज्ञात समुहले गोली हानी हत्या गरेको खबरले नेपाल अमेरिका पत्रकार संघ स्तब्ध भएको छ। यो क्रुर तथा निर्ममतापूर्ण कार्यको संघ घोर भर्त्सना गर्दै सरकार सँग घटनाको छानबिन गरी दोषी माथि कडा भन्दा कडा कार्वाहीको माग गर्दछ। साथे संघ दिवङगत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारपप्रती हार्दिक समवेदना ब्यक्त गर्दछ।
- Regards,
Sharmila Uprety
Secretary
 Nepal America Journalist Association (NEAJA
  
जन सम्पर्क तयारी समिति, भर्जिनिया
Invitation to Supporter of Nepali Congress
                  साथीहरु, भर्जिनिया राज्यमा बसोबासो गर्ने नेपाली कांग्रेसमा आस्थावान समस्त साथिभाईहरु माझ यो सुचना प्रसारित गर्न पाउँदा हामीलाई अत्याधिक खुशी लागेको छ कि नेपाली जन सम्पर्क समिति, अमेरिकाको भर्जिनिया च्याप्टर गठन गर्ने उदेश्यले यहि अगस्त २१ तारिख २०१०  शनिबारका दिन जन सम्पर्क समिति भर्जिनियाको पहिलो अधिबेशन निम्न स्थान र समयमा हुन लागिरहेको छ/ यसका साथै अगस्त महिनाकै १४ तारिख २०१० शनिबारका दिन तल उल्लेखित थमस जेफरसन लाइब्रेरीमा दिनको २ बजे देखि ५ बजे सम्म “अधिबेशन पूर्व भेला” को समेत आयोजना गरिएको सहर्ष जानकारी गराउदछौं/ ”अधिबेशन पूर्व भेला” मा इच्छुक साथीहरुलाई शुल्कसहित सदस्यता वितरण गरिनुका साथै भर्जिनियामा जन सम्पर्क समिति, अमेरिकाको केन्द्रीय अधिबेशन गर्ने प्रस्ताव केन्द्रिय तयारी समितिमा पठाउने नपठाउने सम्बन्धमा समेत सल्लाह गरिने भएको छ/ तसर्थ उक्त दुवै अवसरमा उपस्थितिका लागि भर्जिनिया राज्यमा बसोबास गर्ने नेपाली कांग्रेसमा आस्थावान समस्त साथीहरुलाई आह्वान गर्दछौं/  

Venue: 

Thomas Jefferson Library
7415 Arlington Boulevard
Falls Church, VA 22042-7409

Date/Time:
Saturday, August 14, 2010 (2:00 PM to 5:00 PM) and
Saturday, August 21, 2010 (10:00 AM to 5:00 PM)  
जन सम्पर्क तयारी समिति, भर्जिनिया
संयोजक :कृष्ण शर्मा ,फोन :७०३-३००-१४२१
सदस्य :पवन खनाल ,फोन :५७१-२३२-९४३१
सदस्य :सागर कंडेल ,फोन :५७१-३०९-८८९७
सदस्य :दधिराम ढुंगाना ,फोन :५७१-४३८-५४९९
 __________________________________________________________
श्रद्धेय मित्रहरु, सबैतिर खुलेयाम हाम्रो राष्ट्रियतामाथि आक्रमण भैरहेको बर्तमान अवस्थामा यो हस्ताक्षर संकलन अभियानमा एकाध मिनेट दिन सक्नु हुन्छ कि?
संपूर्ण मित्रहरु,मान्छे भएर जन्मेपछि पितृ ऋण, गुरु ऋण, देब ऋण र माटोको ऋण चुक्ता नगरी मर्नु भनेको जीबन सार्थक नभएको भन्ने चलन छ हाम्रो संस्कार अनुसार । नेपाली भएर जन्मिसकेपछि आबस्यक पर्दा नेपालको माटोको रक्षा हर हालतमा गर्नु माटोको ऋण चुक्ता गर्नुकै अंश हो र एउटा असल नागरीकको कर्तब्य पनि ।
भारतबाट कपिलबस्तुको बिषयलाई लिएर जे जस्ता काम भएका छन, त्यो सीधै नेपालको रास्ट्रियमाथिको खेलबाड हो, तर गुगलमा बुद्धको जन्मभूमि खोज्दा भारत देखा पर्नु; PBS जस्तो ठूलो कम्पनीद्धारा उत्पादित भिडिओ “The Buddha” मा राजकुमार सिद्धार्थलाई भारती भनी उल्लेख गरिनु, बिभिन्न देशमा भएका पाठ्य पुस्तकमा बुद्धको जन्मभूमिका सम्बन्धमा गलत जानकारी उल्लेख गर्नु जस्ता संपूर्ण समस्याको जड भनेकै भारतले लामो समयसम्म नेपालको तर्फबाट सरकारी, बुद्धिजीबि तथा पत्रकारहरु कुनै पनि तहबाट केही पनि बिरोध नगरिएको कारण एकलौटी तबरबाट भ्रम सिर्जना गर्न पाएको अबसरको परिणाम हो र यस्लाई यो नेपालको रास्ट्रियतामाथिको नयाँ समस्याको रुपमा लिइनु पर्ने देखिन्छ । किनकि यी समस्याहरुको पछाडि नियतभन्दा पनि भारतद्धारा लामो समयसम्म गरिएको दुस्प्रयास र सो दुस्प्रयासका बिरुद्ध हुन नसकेको गतिबिधिका कारण सिर्जित भ्रमले काम गरेको देखिन्छ ।
कपिलबस्तु दिवस अभियानले आफ्नो ब्लग, अन्तरराष्ट्रिय सामाजिक सन्जालहरु फेसबुक तथा ट्वीटर मार्फत आँफै तथा अन्य समूहहरुसंग मिलेर जाकारीयाको दुस्प्रयासका बिरुद्ध जन चेतना जगाउने र जन परिचालन गर्ने, गुगलमा बुद्धको जन्म स्थान खोज्दा भारत देखाउने कार्यको बिरुद्ध अन्य समूहसंग मिलेर बिरोध गर्ने, ठूलो अन्तरराष्ट्रिय कम्पनी   PBS को बुद्धसम्बन्धी गलत जानकारीको बिरोधमा कार्यक्रम गर्ने जस्ता थुप्रै कामहरु आफ्नो क्षमताले भ्याएसम्म गर्दै आएको छ । गुगलले त गलत जानकारीलाई सच्याउने काम गरी सकेको छ । यस किसिमका समस्याहरु इण्टरनेटमा अझै धेरै देखिन्छन । तिनीहरुको निराकरणको लागि पनि प्रयास गरिनु हाम्रो कर्तब्य हो । त्यसरी नै भारतले तयार गरेको नक्कली लुम्बिनीको क्लिप जन समुदाय बीच लैजाने, कपिलबस्तु दिवस ब्लगमा भएका अंग्रेजी सामग्रीहरुलाई बिभिन्न भाषामा समेत पढन मिल्ने बनाउने, रामदेबको बुद्धबारे भारतको गलत प्रचार भनाइलाई उपयोग गर्ने, www.nepstime.com ले Buddha Born in Nepal – Let’s Join Kapilvastu Day आफ्नो हेडरमा नै लेखेको सामग्रीलाई आधार बनाएर अन्य पत्रिका र ब्लगलाई पनि त्यसो गर्न उत्प्रेरित गर्ने जस्ता राष्ट्रियताको भावनालाई उत्प्रेरित गर्ने थुप्रै कामहरु आफ्नो क्षमताले भ्याएसम्म गर्दै आएको छ ।
बिस्वब्यापी रुप धारणा गरिसकेको यो समस्यालाई हाम्रो मात्रै प्रयासले समस्या समाधान गर्न बर्षौं लाग्न सक्छ भने सरकारी स्तरबाट पहलकदमी गरिने हो भने यो समस्या लामो समय समस्याको रुपमा रहन नसक्ने देखिन्छ सबै कुराहरुको बिस्लेषण गर्दा । अत: यस प्रयोजनको लागि नेपाल सरकारलाई दबाब दिनको लागि शुरु गरिएको हस्ताक्षर संकलन यस कार्यमा आफूले पनि हस्ताक्षर गरी अरुलाई पनि यस्को लागि उत्प्रेरित गरी माटोको ॠण केही हदसम्म चुक्ता गर्ने अबसरको उपयोग गर्नु हुन सबैमा हार्दिक अनुरोध गरिन्छ । हस्ताक्षर गर्ने लिंकमा जानको लागि यहाँ क्लिक गर्न अनुरोध गरिन्छ ।

रामकुमार श्रेष्ठ
बिस्व संयोजक
कपिलबस्तु दिवस अभियान
More about the movement: (Kapilvastu Day Movement page)

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक