20100727

दलहरु असक्षम भइसकेकाले नयाँ जनादेश मार्फत सरकार निर्माण गर्नुपर्ने कमल थापाको धारणा, माओवादीकै कारण गणतन्त्र संकटमा

"साउन १७ गते पनि प्रधानमन्त्री चयन हुन सक्दैन"
 राप्रपा नेपालका अध्यक्ष कमल थापाले नयाँ जनादेशबाट सरकार निर्माण गर्नुपर्ने बताएका छन्। शान्तिप्रक्रिया टुङ्गोमा पुर्‍याउन र संविधान निर्माण गर्ने जिम्मेवारी पाएका दलहरु असक्षम भइसकेकाले नयाँ जनादेश मार्फत सरकार निर्माण गर्नुपर्ने उनको धारणा छ। बाराको सीमरा बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष थापाले साउन १७ गते पनि दलहरु प्रधानमन्त्री चयन प्रकृयामा असफल हुने ठोकुवा गरेका...
छन्। 'साउन १७ गते पनि प्रधानमन्त्री चयन हुन सक्दैन। ताजा जनादेशको लागि संसदीय चुनावमा जानुको विकल्प छैन,' अध्यक्ष थापाले भने। एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमालेले राष्ट्रिय सरकार निर्माण गर्न गरेको सहमति आफैले लत्याएर मुलुकलाई अनिर्णयको बन्दी बनाएको थापाले आरोप लगाए। थापाले संविधान सभा विघटन गरेर ताजा जनादेशमा जानुको विकल्प नभएको बताएका छन्। सिमरा एयरपोर्टमा मंगलबार विहान स्थानिय संचारकर्मीसंग कुरा गर्दे थापाले यो संसदको औचित्य नभएको बताए।
'हुँदा-हुँदा यो संसद सरकार दिन पनि असक्षम भएको छ ', उनले भने, 'यसलाई विघटन गरेर ताजा जनादेशमा जानु बाहेकको अरु विकल्प छैन।' जेठ १४ गते म्याद सिध्धीएको संविधान सभालाई तिन दलले तिन बुदे सहमतिको आधार तयार गरेर व्युताएपनि सहमती लागु हुन नसकेकाले यो विघटन हुनु पर्ने उनको जिकिर थियो। 'शान्तिप्रकृया टुंगोमा पुर्‍याउने, संविधान निर्माण गर्ने राष्ट्रिय सहमतीको निर्माण गर्ने सर्तमा संविधान सभाको म्याद थपिएका थियो,' उनले भने, 'यी तीनै कुराको विपरीत दलहरु हिडेकाले यसको औचित्य सकिएको छ।' दुई पटक सरकार चुन्न असक्षम भएको संसदले १७ गतेको चुनावबाट पनि नयाँ सरकार दिने संभवाना क्षीण भएको उनले बताए। 'यो लाजमर्दौ स्थिति हो,' उनले बताए। दलहरुले 'कृतिम संझौता' गरेर परिस्थितिलाई केही लम्बाउन खोजेपनि त्यसले देशलाई भलो नगर्ने उनको तर्क थियो।
सत्ता समीकरणमा एमालेले सघाउने निर्णय नगर्दा मधेसी मोर्चाको आधारपत्रबारे जवाफ दिन कांग्रेसलाई समस्या भएको छ। एमालेले बहुमतीय सरकार गठनमा आफू तटस्थ बस्ने निर्णय गरेको छ। सिंहदरबारमा दुई पार्टीबीच भएको जवाफमा मधेसी जनअधिकार फोरमले मधेसी मोर्चाको आधारपत्रबारे लिखित जवाफ माग गरेपछि कांग्रेसले यस्तो जवाफ दिएको हो। बैठकपछि कांग्रेसका प्रवक्ता अर्जुननरसिंह केसीले मोर्चाका केही माग गम्भीर भएकाले थप छलफल र व्याख्या जरुरी रहेको बताएका छन्। उनले एमालेले निर्णय नगरेकाले आधारपत्रको जवाफ दिन ढिलाइ भएको समेत बताए। छलफलमा फोरमले एमालेबिना कांग्रेस नेतृत्वमा सरकार बन्न नसक्ने भएकाले उसकोसमेत सहमति जुटाउन सुझाव दिएको छ। फोरम संसदीय कार्यालयमा भएको छलफलमा कांग्रेसका कार्यवाहक सभापति सुशील कोइराला, प्रधानमन्त्री उम्मेदवार रामचन्द्र पौडेल, प्रवक्ता अर्जुनरसिंह केसी तथा फोरमबाट अध्यक्ष उपेन्द्र यादवलगायतका नेताको सहभागी रहेको थियो।
काँग्रेस नेता प्रदिप गिरीले एकीकृत माओवादीकै कारण गणतन्त्र संकटमा परेको दाबी गरेका छन्। माओवादीकै कारण आएको गणतन्त्र उसकै व्यवहार र हर्कतले संकटमा परेकाले सत्ता र सरकारको खेल भन्दा संविधान निर्माणतर्फ केन्द्रित हुनुपर्ने गिरीको सुझाव छ।‘माओवादीकै कारण आएको गणतन्त्र उसले नै संकटमा पारे'-प्रेस यूनियन मोरङले मंगलवार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा काँग्रेस नेता गिरीले भने,‘गणतन्त्र जोगाउने हो भन्ने माओवादीलाई सरकार भन्दा संविधान लेखनमा ध्यान दिनुपर्छ।' राजनीति विश्लेषक समेत रहेका गिरीले माओवादी लोकतान्त्रिक परिपाटीको पूवाग्रही भएकाले उसको नेतृत्वमा सरकार गठन हुन नसक्ने बताए। ‘माओवादीको नेतृत्वमा सरकार बन्नु दुर्भाग्यपूर्ण हुनेछ'-गिरीले भने।

कबिता - आज फेरी मरे 
- Shekhar Dhungel
मुटु लाइ जलाएर
सुख आगो लगाएर
बाच्ने निक्कै कोसिस गरे
आफन्त  को घोच सहे
बिस्वासी को चोट सहे
जिंदगी को नियत यो
आज फेरी मरे
खाई न खाई , दुख उठाई
फुल हरुको खेती गरे
काडा मात्र उम्रिदियो 
छाती भित्र चिरा पर्यो 
आज फेरी मरे 
कायर बनी 
इमानदार को कथा रचे 
आफ्नै भाग खोसाएर
कर्तब्य को लक्ष रोजे 
नियमित मरेर 
नियमित बाच्नु पर्ने 
बाटो मैले रोजे
जिंदगी को नियत बन्यो 
आज फेरी मरे 
दोबाटो मा हिड्दा हिड्दै 
आफ्नै खुट्टा किला ठोके 
आशू जती जम्मा गरी
चिता धुन साची राखे
सपनीमा आज मैले
आफ्नै मुख मा आगो झोसे
नया कुरा होइन यो
आज फेरी मरे


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक