20100706

नक्कलीलाई सक्कली चिताउला, ख्याल गरे ईमेलले बिताउला
हितैषी मित्रले विदेश भम्रणमा होटलको बिल तिर्न नसकेको वा कुनै फन्दामा परेको कारण देखाउँदै खुसुक्क आर्थिक सहयोग मागेर ईमेल पठाएको छ भने, सावधान ! यस्तो ईमेलमा हत्तपत्त सहयोग गर्न वा जवाफ फर्काउन तयार भई नहाल्नुहोस् । किनभने ईमेल 'ह्याकर' ले ईमेल सदाका लागि कब्जामा लिई तपाईंको सामाजिक सम्बन्ध बिगार्न सक्छ । पछिल्लो पटक नेपाली ईमेल प्रयोगकर्ता यस्तै साइबर अपराधीको फन्दामा पर्दै आएका छन् ।भ्रमित आश्वासनसहित वेदना पनि समावेश गरिएका ईमेलको प्रत्युत्तर दिन नहतारिनुहोला । यदि त्यस्तो ईमेल पाउनुभए प्रेषकलाई एकपटक फोन गरेर वा भेटेरै ईमेलमा.....
लेखिएको विवरणको आधिकारिता र सत्यताबारे सोध्नुहोस् । यस्तो ईमेलमा सकभर तपाइर्ंलाई मागिएको आर्थिक सहयोग ईमेल प्रयोगकर्ताले नभई ईमेल ह्याक गर्ने साइबर अपराधीले पठाएको हुनसक्छ । पछिल्लो पटक सञ्चारकर्मी आशिष लुइँटेल यस्तै गिरोहको शिकार बनेका छन् । साइबर अपराधीले आइतबार राति सात वर्षदेखि चलाउँदै आएको उनको ईमेल ह्याक गरेपछि उनले हैरानीमात्रै खेप्नुपरेन, कारबाहीको माग राख्दै महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोका धाउनुपर्‍यो ।
जीमेल प्रयोगकर्ता आशिषलाई उनका साथीले टेलिफोन गरी जब स्कटल्यान्ड यात्राबारे सोधपुछ गरे, त्यसपछि उनले आफ्नो ईमेल ह्याक भएको सुइूको पाए । सोमबार दिनभर उनले थुप्रै आफन्त र शुभचिन्तकलाई फोन र एसएमएसमार्फत स्कटल्यान्ड भ्रमणबारे प्रस्टीकरण दिनुपर्‍यो । किनभने उनले प्रयोग गर्ने इमेलबाट उनकै जीमेलको सम्र्पक सूचीमा रहेका थुप्रैलाई रेमिट कारोबार गर्ने 'वेस्टर्न युनियन' वा 'मनिग्राम' मार्फत् ३ हजार २ सय अमेरिकी डलर सहयोग माग गरिएको थियो । करिब ४ सय ठेगानामा पठाइएको इमेलमा आशिष 'होटलको बिल तिर्न नसकेर स्कटल्यान्डमा आपतमा परिरहेको' उल्लेख थियो ।ह्याक गरिएकाले आशिष स्वयंचाहिँ आफ्नो ईमेलभित्र पस्न सकेनन् । अनि उनले मंगलबार प्रहरीमा लिखीत उजुरी दिए । महाशाखाका डिएसपी डिल्लीराम आचार्यले साइबर कानुनअनुसार कारबाही गर्ने आश्वासन दिएका छन् । यसअघि बिबिसीका पत्रकार सुरेन्द्र फुयाल पनि संचारकर्मी लुइँटेलले ब्यहोरेकै फन्दामा परेका थिए ।  - सुरज कुँवर

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक