20100706

केपी ओली गए है घर, झलनाथको छैनहै केही भर !

एमालेले शान्ति, संविधान र राष्ट्रिय एकताको लागि विभिन्न दलहरुसँग वार्ता गर्न गठन गरेको वार्ता टोलीका संयोजक केपी शर्मा ओलीलाई हटाएको छ । मंगलबार पार्टी मुख्यालय बल्खुमा बसेको केन्द्रीय कमिटी बैठकले वार्ता टोली संयोजकको जिम्मा अध्यक्ष झलनाथ खनाललाई नै दिएको छ । ओलीले भने राजनीतिक स्वार्थ पूर्तिको लागि आफूलाई वार्ता टोलीबाट हटाएको प्रतिक्रिया दिएका छन् । एमालेले शान्ति, संविधान र राष्ट्रिय एकताको लागि विभिन्न दलहरुसँग वार्ता गर्न भन्दै फागुन दोश्रो साता ओली संयोजकत्वमा सात सदस्यीय वार्ता टोली गठन गरेको थियो । उक्त वार्ता टोलीले एक दुई पटक मुख्य दलहरुसँग वार्ता गरे पनि निष्कृय प्रायः थियो । बैठकपछि एमाले अध्यक्ष खनालले भने राजनीतिक स्वार्थ पूर्तिको लागि हटाएको भन्ने ओलीको आरोपप्रति आपत्ति जनाए । 'यो केन्द्रीय कमिटीको निर्णय हो, यसमा म कुनै.....
'कमेन्ट' गर्दिन,' उनले भने ।

अन्य दलका पनि प्रमुखले नै वार्ताको नेतृत्व गर्ने भएकाले एमालेले पनि वार्ता टोली संयोजक परिवर्तन गरेको एमाले बैकल्पिक केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए । 'कांग्रेसका कार्यवाहक सभापतिले नेतृत्व गर्ने, माओवादीका पनि अध्यक्षले नै वार्ताको नेतृत्व गर्ने भएकाले हाम्रो पार्टीले पनि जेएन कमरेडलाई जिम्मा दिएका हौं,' उनले ईकान्तिपुरसित भने ।

बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले सहमतिको सरकार गठनका लागि समन्वयकारी भूमिका खेल्न नेतृत्वलाई सुझाव दिएका छन् । उनीहरुले अन्य दलको विकल्पमा आफ्नै नेतृत्वमा पुनः सरकार गठनका बारेमा समेत ध्यान दिन सुझाव दिएका थिए ।

पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको सरकारले राजीनामा दिएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको हो । तर विवाद भएपछि स्थायी कमिटीले एजेण्डा तय गरेर अविलम्ब केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको छ ।

एमाले बैठकले सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले आव्हान गरेको समय अपुग भएकाले अन्य दलहरुसँग छलफल गरी समय थप गर्न आग्रह गरेको छ । सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले आव्हान गरेको समयसीमा बुधबार सकिँदैछ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक