20100831

गीतकार सकुल कोइराला र हस्त गौतमका तिजका गीत २०६७

तीज गीत - २०६७
- सकुल कोइराला
सुन बुढा तिमिलाई एउटा कुरा भनौं त
गुम्स्याएर मनको कुण्ठा कति पालौं त
छोरा छोरी स्कुल पर्ुयाई, खाना तयार बनाउँछु
फर्ुसद मिलाई बजारबाट समान लेराउँछु
घर व्यवहार धानेर, बस आराम मानेर
जहाज टिकट कटाइदेउ,
यो तीजमा मलाई नेपाल माइत पठाइ देउ.....


बर्साईं सरी यता आको धेरै पनि भाछैन
बैंक बाट लेको ऋण तिर्न पाछैन
छोरा छोरी को छ पर्ढाई मेरो पनि छ नि काम
कस्तो कुरा गछौं तिमी हरे शिबराम
व्यवहार नि धानौली, यतै तीज मानौली
मनको ढिपी तोडिदेउ
नेपाल माइत जाने कुरा बिन्ती छोडिदेउ

मुटु भित्र जबसम्म आसा इच्छा छउन्जेल
मनको इच्छा मार्नु हुन्न जिवन रहुन्जेल
बुढा छन् नि बाबु आमा पीर गर्छन रोएर
भाइले मलाई भन्दै थियो फोन गरेर
अरु कुरा छोडेर, बरु ऋणै खोजेर
जहाज टिकट कटाइदेउ,
यो तीजमा मलाई नेपाल माइत पठाइ देउ

सबै कुरा मन भित्रको कस्को पुग्छ पियारी
चुप लागि यतै बस घर सियारी
त्यस्तै हो नि सबै जना कस्को आउन्न बुढेसकाल
भरे बेलुका फोन गरेर बताउ सबै हाल
आफैंले जानेर, मेरो कुरा मानेर
मनको ढिपी तोडिदेउ
नेपाल माइत जाने कुरा बिन्ती छोडिदेउ


बादलुको कालो घेरा फाट््छ एकै छिनमा
फर्कि आउँला सुन बुढा तीसै दिनमा
दर्ुइ दम्पति मिलि मिलि धन सम्पति कमाउँला
हाँसी खुसी यो जिन्दगि सँगै बिताउँला
तर यो साल त मान्दिन, नगै म त छाड्दिन
जहाज टिकट कटाइदेउ,
यो तीजमा मलाई नेपाल माइत पठाइ देउ

बुझेकि छौ सबै कुरा फर्ुसद छैन पल भरी
सबै कुृरा एक्लै मैले मिलाउँ कसरी
मुखले भन्न सजिलो छ गर्न हुन्छ मुस्किल
फर्ेर्ने मलाई नबनाउन लामो सुस्केरा
नगर प्यारी जाल, अर्को पनि आउँछ साल
मनको ढिपी तोडिदेउ
नेपाल माइत जाने कुरा बिन्ती छोडिदेउ

कति दुख गर्ने हो र विदेशि यो माटोमा
कति काँडा होलान् अझै हाम्रो बाटोमा
यस्तै हो जिन्दगी अँाटे पछि पुग्छ नि
पुग्दैन है भनेर त कहाँ हुन्छ नि
पालेर मनमा रोष, नलगाउन मलाई दोष
जहाज टिकट कटाइदेउ,
यो तीजमा मलाई नेपाल माइत पठाइ देउ

कहाँ छ र मलाई पनि त्रि्रो इच्छा मार्ने मन
सबै जना सँगै जाउँला कमाएर धन
सबै जना सँगै जाँदा बाबु आमा खुसी झन्
धेरै दोमन नपार है अब त्रि्रो मन
मनको इच्छा साँचेर, मुसुक्क लौ हाँसेर
मनको ढिपी तोडिदेउ
नेपाल माइत जाने कुरा बिन्ती छोडिदेउ
.............

तीजको गीत

- हस्त गौतम मृदुल

भदौरे मुरीमा रुमुदै र भिन्दै
भेला भयौ दिदीबैनी तीज आएर
मन्को दुख बिसाउदै मन्मा खुशी लिएर
रमाउ आज दिदी बैनी दर खाएर

बर्ष दिनमा एकपल्ट बल्ल फुक्यो बन्धन
आऊ आज पोख्यौ हामी मन्को कन्धन
माइत जाउष हक छैन दुखसुख बाँढनलाइ
घर जाउ सान्तीसंग पाइनौ बस्नलाइ

नारीमाथी ज्यादती हुन सम्म भैसक्यो
सहदैमा अन्याचार जुनी गैसक्यो
न त पायौँ पढन राम्रो न त पायौ सम्मपती
नारीमाथी परीराख्छ संधै बिपत्ती

एउटै कोखमा जन्मे पनि किन यति फरक
जाँ नारीको सम्मान हुन्न त्यही हो नरक
आखिर किन भेदभाव नारीको जातलाइ
तड्पाउदै बिताउछौ दिन रातलाइ

न त पायौ रमाउन न खुशीले हाँसन
कैले आउला देशमा बिधिको सासन <
नारीहक र अधिकारको खिल्ली नै उडाए
युगौ देखी नारीजातको भाग्य चँुडाए


असम्भव केही छैन गरे पछि मान्छेले
कर्मकै पुजा गर्छन आखिर सवैले
नारी पुरुस बराबरी अनुभुति दिलाउ
यो देशमा केही गर्न हात मिलाउ


कतिसम्म बन्धनमा दुख भोगी जिउने हो
अस्मिता नै गुमाउदै आँशु पिउने हो <
मुट्टा सपना बाँढेर बेकुप बनाए
आफनै स्वार्थ पुरा गरी उत्सव मनाए

कति गरौ बलिदान अमुै कति पिरेको
जुन जोगी आए पनि कानै चिरेको
आखिरमा राष्टियता बन्धक राखेर
कति सम्म रुवाउने हुन दुख्मा जाकेर

आशा गरी हुन्न अब आफै अगी नसरी
आफनै पाइला नचालेर बढछौ कसरी
जहाँ हुन्छ सम्मान नारीमाथी हरद्म
नयाँ मोडमा अब हाम्रो बढाउ कदम

America-Nepal Society Washington DC

Pursuant to the ANS by-laws article VII (I), and as endorsed by the ANS executive meeting, I would like to announce the ‘Election Commission’ with the full responsibility to conduct the election of new executive committee for 2010/2012. The election commission comprised of the following individuals:

1. Commissioner – Mr. Ram Malakar, Former President, ANS
2. Member – Homnath Subedi, Former Vice-President, ANS
3. Member - Krishna Sob, Advisor, ANS
4. Member – Girish Pokhrel, Former General Secretary, ANS

As the Election Commission has the full authority to conduct the election and the commission will announce further details and election schedule in near future.

Sincerely,

- Khem Bhattachan
President - America-Nepal Society
Washington DC

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक