20100816

न्यू योर्कको भागवत पुराणमा करीब साढे पाँच लाख डलर उठ्यो, बधाईछ पन्डित दीनबन्धु पोखरेल, अध्यक्ष्य श्री पराजुली सहित् रिज उड नेपाली सोसाइटी र सहभागि दाता नेपालीलाई   

न्यू योर्क, रिज उड नेपाली सोसाइटीको आयोजनामा प्रख्यात पन्डित दीनबन्धु पोखरेलको भागबत बाचन हिजो सम्पन्न भयो। सात दिनमा करिब १० हजार नेपालीहरु सहभागि भएको र ५,२५,००० डलर मन्दिर र सामुदायिक भवन निर्माणकालागि सहयोग चन्दा उठेको सोसाइटिका अध्यक्ष्य श्री पराजुलीले नेपाल मदर डट कम् लाई फोन मा बताउनुभयो। सोसाइटिका तर्फबाट पन्डित पोखरेल र सबै चन्दादाता एबम सहभागि नेपाली लाई तपाईंको नेपाल मदर डट बाट सार्वजनिक रुपमा हार्दिक धन्यवाद र आभार प्रकट गर्न चाहन्छु" अध्यक्ष्य पराजुलीले............
भन्नु भयो । पन्डित पोखरेलले नेपाल मदर डट कम् सँग भन्नुभयो "दान संगै भागवत् पुराण भब्य रुपमा सम्पन्न भयो म प्रसन्न छु" पन्डित पोखरेलले कलशमा चढाएको समेत् जोड्दा करिब साँढे पाँच लाख डलर सँकलन भएको बताउनुभयो ।   नेपाल मदर डट कमले शुरु देखी नै यो कार्यक्रमको सफलताका लागि आफ्नो ठाउँ बाट सहयोग गरेको हो । अध्यक्ष्य पराजुली सहित् सोसाइटिका हस्तिहरुको अनुरोधमा अन्यायपुर्बक रिभोक गरिएको अमेरिकि भिसा पुनर्बिचारका लागि आवाज उठाएको थियो, आज सबै कुरा सफल भएको देख्दा नेपाल मदर डट कम् खुशीले गदगद छ र पन्डित पोखरेल सहित् रिज उड नेपाली सोसाइटी परिवार, त्यसै गरी भागवत् पुराण कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई पनि बधाई ब्यक्त गर्न चाहन्छ ।
      

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक