20100816

अमेरिकामा मृत अवस्थामा फेला परेका पुकार आफै मरे कि मारिए ?? पुकारको सब लाई नेपाल पठाउन सहयोगको अपिल

अमेरिकाको टेक्सासमा मृत अवस्थामा फेला परेका सान जासिन्टो कलेजमा अण्डरग्रयाजुएटमा अध्ययनरत नेपाली पुकार क्षेत्री आफैले......
आत्महत्या गरेको काम गर्ने ठाउँको भिडियो रेकर्ड र पोस्ट मार्टम रिपोर्ट दुबैबाट खुलेको त्यहा अबस्थित ह्युसटन नेपाली समाजका अध्यक्ष्य डा राजेन्द्र श्रेष्ठले नेपाल मदर डट कम लाई बताउनुभएकोछ । एन आर एन एन सि सि का उपाध्यक्ष्य समेत रहेका श्री श्रेष्ठ ले र हाम्रा पत्रकार एबम समाजसेबी हेम पाठकले दिएको जानकारी अनुसार पुकारको सब लाई नेपाल पठाउन आबस्यक पहल भैरहेको र अमेरिकामा रहेका सबै नेपालीहरुको आर्थिक सहयोग आबस्यक रहेकोछ । त्यसका लागि सहयोगको अपिल गर्दै वेबसाइट पनि खडा गरिएकोछ । एक पटक क्लिक गरी भित्र आउनुस् ...
http://helppukarsfamily.weebly.com/index.html
http://www.facebook.com/group.php?gid=105691869488944&ref=ts
 R.I.P  Pukar Chhetri










Picture

May your heart always rest in Peace. May god give strength to his family to bear the pain.Picture


          नेपाली जन सम्पर्क समिति ,अमेरिका
                भर्जिनिया तयारी समिति
आदरणीय साथीहरु , जय नेपाल
भर्जिनिया राज्यमा बसोबासो भएका नेपाली कांग्रेसमा आस्थावान साथीहरुले भर्जिनियामा कांग्रेसको एउटा भ्रातृ संस्था हुनु पर्ने महसुस गरी विभिन्न छलफल र विमर्श पछी जुन १३ तारिक २०१० मा रेस्टोन रिजनल लाइब्रेरीमा तत्काल सम्भव भए सम्म भेला भएका साथीहरुको उपस्थितिमा एउटा पांच सदस्यीय अधिवेशन तयारी समिति गठन गरेको थियो सोहि अनुरुप आफुले पाएको जिम्मावारी अनुसारनै हामिले अधिवेशनको मिति र स्थान तोकी सो को एक साता पूर्व गत शनिबार तदनुसार १४ अगस्त २०१० का दिन Falls Church को Thomas Jefferson Library मा 'अधिवेशन पूर्व भेला' पनि सम्पन्न गरिसकेको कुरा सहर्ष जानकारी गराउदछौं ।


'अधिवेशन पूर्व भेला ' मा भएको साथीहरुको उपस्थितिले हामि निकै उत्साहित भएका छौं/त्यस भेलाले पूर्व निर्धारित मिति र स्थानमा( August 21, 2010 Saturday: Thomas Jefferson library, Falls Church ) नै अधिवेशन गर्ने र सो को निर्वाचन प्रयोजनका लागि श्री डा० रमेश पन्तको संयोजकत्वमा श्री श्रीधर कंडेल र श्री हरि आचार्य सदस्य रहनु भएको एक निर्वाचन समिति समेत गठन गरी निर्वाचनको प्रक्रियाका लागि अपरान्ह १ बजे देखि ५ बजेसम्मको समय निर्धारण गरी सकेको जानकारी गराउन चाहान्छौं ।


उक्त मिति र स्थानमा बिहान १० बजेबाट नै अधिवेशनको कामकारवाही प्रारम्भ हुने हुँदा अन्य साथीभाईहरुलाई पनि समयमै खबर गरी अधिवेशनमा सरीक समेत गराई उपस्थित भै दिनु हुन हार्दिक अनुरोध गर्दछौं


VENUE:
Thomas Jefferson Library
7415 Arlington Boulevard
Falls Church, VA 22042



TIME: 10AM - 5PM
           


भर्जिनिया तयारी समिति
नेपाली जन सम्पर्क समिति ,अमेरिका
सयोजक: कृष्ण शर्मा; फोन: ७०३-३००-१४२१
सदस्य: सागर कंडेल; फोन: ५७१-३०९-८८९७
सदस्य: पवन खनाल; फोन: ५७१-२३२-९४३१
सदस्य: दधिराम ढुंगाना; फोन: ५७१-४३८-५४९९.


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक