20100806

नालायक नेताहरु र ६०१ भेंडा रुपी सभासदहरु चौथो पटक मा पनि प्रधानमन्त्री छान्न असफल, थप अन्यौल र अराजकता

बिचरा अभागी सिपी मैनालीको माले फेरी फुट्यो, अब सिपी एक्लै
   मधेशवादी दल र साना दलहरुहरु तटस्थ वसेपछि चौथो पटक पनि संसद्ले देशका लागि नयाँ प्रधानमन्त्री छान्न सकेन । प्रधानमन्त्री पदका लागि भएको चुनावमा उमेदवार वनेका दुवै जनाले आवश्यक वहुमत हासिल गर्न नसक्दा पराजित वनेका छन् । साउन ५, ७ र १७ को मतदानबाट प्रधानमन्त्री चयन हुन नसकेपछि चौथो पटक शुक्रबार संसदमा भएको मतदानमा दुवै उम्मेदवारको मत घटेको छ । समयमै बैठक सुरु भए पनि धेरै सभासद ढिला आएकाले मत घटेको हो । माओवादीका मात्र २६ सभासद् मतदानमा सहभागी हुन पाएनन् ।...
चौथो पटकको मतदानमा दुईमध्ये कसैले पनि बहुमत हासिल गर्न सकेका छैनन् । बहुमतका लागि ३ सय १ मत पाउनुपर्छ । संसदमा भएको मतदानमा प्रधानमन्त्रीका प्रत्यासी पुष्पकमल दाहाल र रामचन्द्र पौडेल दुवैको पक्षमा ३ सय मत जुट्न सकेन। माओवादी अध्यक्ष दाहालले २ सय १३ मत पाए भने कांग्रेस संसदीय दलका नेता पौडेलले १ सय २२ मत पाए। संसदमा माओवादीका २ सय ३९ सदस्य छन् तर उनको शुक्रवारको चुनावमा दाहालले २ सय १३ मत मात्र पाए। दाहालले पाएको मत संख्या माओवादीको संसद सदस्यभन्दा कम हो। यस अघिको मतदानमा उनले २ सय ५९ मत पाएका थिए। दाहालको विपक्षमा ९९ मत पर्‍यो भने १ सय ५६ सांसद तटस्थ रहे।व्यवस्थापिका–संसदमा नौ सभासद् रहेको नेकपा माले आजबाट विभाजीत भएको छ । संविधानसभामा समानुपातिकबाट प्रतिनिधित्व गर्ने नेकपा (माले)का चार सभासद् संसदीय दलबाट विद्रोह गरी नवगठित नेकपा (माले समाजवादी) पार्टीमा आवद्ध भएका छन् । विद्रोह गर्ने सभासद्हरुमा यदुवंश झा, तिलकबहादुर थापा मगर, गणेशप्रसाद चौधरी र शारदा नेपाली रहेका छन् । नेकपा मालेका महासचिव सीपी मैनालीले शान्ति र संविधान लेखनमा उदासिनता देखाएको, पार्टीले अवलम्वन गरेको माक्र्स, लेनिन र माओविचारप्रति विचलन देखाई जनताको नजरमा गिर्ने काम गरेको भन्दै उनीहरुले मालेबाट विद्रोह गर्नुपरेको बताएका छन् । मालेको संसदीय दलबाट विद्रोह गरेका सभासद्हरुले नयाँ पार्टीमा आवद्ध भएको ्यवस्थापिका–संसद कार्य व्यवस्था समिति र सभामुखलाई समेत जानकारी दिएको प्रेस विज्ञप्तीमार्फत जनाएका छन् ।
जगतबहादुर बोगटी अध्यक्ष रहुनभएको नवगठित २१ सदस्यीय माले समाजवादी पार्टीको सहअध्यक्ष विष्णुराज अर्याल, सचिव यदुवंश झा, कोषाध्यक्ष तिलकबहादुर थापामगर र सदस्यद्वयमा गणेश चौधरी र धनकुमारी मगर रहेका छन ।
पार्टी विभाजनबारे प्रतिक्रिया दिंदै मालेका महासचिव सीपी मैनालीले माओवादी षडयन्त्रको कारण पार्टी विभाजन भएको आरोप लगाए ।
सिध्याउन बेर छैन माओवादीले एमालेलाई, माओवादीले जुन दलमा आँखा लगाउँछ त्यो दल हेर्दाहेर्दै सङ्कटग्रस्त हालतमा पुग्छ

-देवप्रकाश त्रिपाठी
माओवादीले जुन दलमा आँखा लगाउँछ त्यो दल हेर्दाहेर्दै सङ्कटग्रस्त एवम् नाजुक हालतमा पुग्छ भन्ने तथ्यको पुनर्पुष्टि भएको छ । नेपाली काङ्गे्रसका सभापति गिरिजाप्रसाद कोइरालाको निधनपश्चात् एमालेपट्टि फर्किएको माओवादी आँखा एमालेमै टाँसिएको छ र सम्भवत: एमालेमा खेलेर मात्र आफ्नो राजनीतिक भविष्य सुरक्षित एवम् सुदृढ हुनसक्छ भन्ने ठम्याइ रहिन्जेल माओवादीले एमालेभित्र छिराएको हात बाहिर ल्याउने स्थिति छैन । गिरिजाप्रसाद कोइराला जीवित छँदा.....
 माओवादीले आफ्ना पक्षमा उहाँको उच्चतम उपयोग गरेको हो, काङ्गे्रसभित्र असन्तुष्टि पैदा भए पनि विवाद र तनावको स्थितिचाहिँ सिर्जना भएन । कोइरालाको निधनपश्चात् पनि माओवादीले काङ्गे्रसभित्र आफ्नो पहुँच स्थापित गर्ने प्रयास नगरेको होइन । तर, माओवादीका सवालमा काङ्गे्रस नेतृत्व एकमत एवम् एकताबद्ध रह्यो, कुनै नेताको बर्ुइ चढेर काङ्गे्रसमा सयर गर्न सक्ने अवस्था रहेन । त्यसपश्चात् माओवादीको दृष्टि (कु) एमालेमा सरेको छ र सोही पार्टीमा केन्दि्रकृत हुन पुगेको छ । एमालेभित्र वामदेव गौतमलाई ‘उल्लीबिल्ली’ पारेपछि माओवादीले अध्यक्षको भूमिकामा रहेका झलनाथ खनालसँग विशेष सम्बन्ध स्थापित गरेको छ र उक्त सम्बन्धलाई मजबुत तुल्याउन ‘चिनियाँ सिमेन्ट’को अधिकतम प्रयोग भएको देखिएको छ । कटवाल प्रकरणले झलनाथसँग बन्दाबन्दैको माओवादी सम्बन्धलाई नाजुक मोडमा पुर्‍याएको थियो । त्यसबेला झलनाथबाट धेरै ठूलो धोखा पाएको ठान्ने माओवादी नेतृत्वले लामो समयसम्म झलनाथसँगको संवाद, सहमति या सम्झौतालाई महत्व दिएन । बरु खनाल उनीहरूबाट बारम्बार आलोचित र उपेक्षित भइरहे । तर, गिरिजाप्रसादको देहावसानपश्चात् उत्पन्न परिस्थितिले माओवादीलाई खनालसँगको नाता कसिलो बनाउँदै लैजान बाध्य तुल्याएको छ र माओवादीको यही बाध्यता एमालेका निम्ति महासङ्कटको स्रोत कारण बन्न पुगेको छ ।
गिरिजाप्रसाद कोइरालाको कालखण्डमा काङ्गे्रस पार्टी उहाँको चाहनाविपरीत जानसक्ने अवस्थामा थिएन, काङ्गे्रसले नीतिप्रधान होइन नेताप्रधान नियति भोग्दै आएको थियो । ‘कोइरालालाई समातेपछि सबै कुरा हुन्छ’ भन्ने आमधारणा
थियो र प्रचण्डले पनि यही बुझेर कोइरालासँग सम्बन्ध विकास गर्नुभएको थियो । कोइरालाको अवसानले काङ्गे्रसभित्र माओवादी चलखेललाई शिथिल एवम् प्रभावहीन तुल्याएको छ । मधेसकेन्दि्रत दलहरू माओवादी दृष्टिमा अभरपर्दो रहेका, काङ्गे्रस वैचारिक तथा सैद्धान्तिक रूपले एकताबद्ध हुँदै गएको र एमालेभित्रको बहुमत पक्ष पनि वैचारिक ढङ्गले नै टाढाको दूरीमा रहेको हुनाले झलनाथ खनालसँगको मित्रता माओवादीका निम्ति बाध्यता बनेको निष्कर्ष निकाल्न सकिन्छ । खनाल एमालेभित्रका ‘हार्डलाइनर’ उर्फ’अतिवामपन्थी निकटका नेता’का रूपमा चिनिनुहुन्छ । पार्टीभित्रको वैचारिक मतान्तरमा सदा नयाँ जनवादी क्रान्तिका पक्षमा वकालत गर्दै आउनुभएका खनाल विश्वमा प्रचलित लोकतन्त्रका हिमायती मानिनुहुन्न । मदन भण्डारीको नेतृत्वमा पार्टीले प्रभाव विस्तार गर्दै लगेपछि क्रमश: भूमिकाहीन एवम् प्रभावहीन हुँदै जानुभएका खनालको राजनीतिक हैसियत दुइ वर्ष अघिसम्म नराम्रोगरी खस्किएको थियो । जनवादका पक्षधर सीपी मैनाली पार्टीबाट बाहिरिनुभएको तथा पार्टीमा बहुदलीय जनवादका विरुद्ध जानसक्ने अवस्था र ल्याकत नभएकोले खनाल शिशिर यामको जुकाझैं सुशुप्त र सङ्क्षिप्त हुनुभएको थियो । तर, दुइ वर्षअघि माधव नेपालले पदत्याग गरेर पार्टीको जिम्मा लगाएपछि खनालको राजनीतिक हैसियत मात्र एकाएक बढेन, पार्टीमा अनुदारवादीहरू बलियो हुने स्थिति पनि बन्यो । खनालको नेतृत्वपछि एमालेमा लोकतन्त्रवादीहरूलाई कमजोर तुल्याउने प्रयास हुँदै आएको छ । खनालको अभियानलाई माओवादी र उत्तरको छिमेकीले साथ दिइरहेका छन् । लोकतन्त्रको आधारभूत मूल्य-मान्यताभन्दा अनुदारवादी साम्यवादी धारसँग निकट खनाल, माओवादी र उत्तरको छिमेकीले बेलाबखत गर्ने लोकतन्त्रको व्याख्यामा अन्तर भेटिँदैन । यी तीनैथरी ‘वेस्ट मिनिस्टर’ प्रणाली भनिने उदार लोकतन्त्रका विरुद्ध छन् ।
एमालेले बहुदलीय जनवादलाई पार्टीको मार्गदर्शक सिद्धान्त बनाएको हुनाले खनाल तत्काल पार्टीको मार्गदर्शक सिद्धान्त नै बदल्न सक्ने हैसियतमा हुनुहुन्न । तर, उहाँको अन्तरात्माले बहुदलीय जनवादको अवधारणालाई आजसम्म स्वीकार गर्न सकेको पनि देखिँदैन । बरु खनाल मदन भण्डारीको कद होच्याउन र उहाँद्वारा प्रतिपादित सिद्धान्तको प्रभावलाई विस्थापित गर्न सूक्ष्म तथा कटिबद्ध भएर क्रियाशील रहनुभएको महसुस हुँदै आएको छ । सीधै मदन भण्डारी र बहुदलीय जनवादलाई उपेक्षा प्रकट गर्ने ल्याकत नभएर झलनाथले आफूमा विद्यमान अप्रकट आक्रोश र उपेक्षा विद्या भण्डारीमाथि पोख्ने गर्नुभएको ठानिन्छ । खनालले विद्याप्रति दर्शाउनुभएको अप्राकृतिक एवम् अमानवीय व्यवहारले पनि उहाँको नियत पक्षको उजागर गर्दै आएको हो । विद्या भण्डारीप्रति खनाल यतिसम्म निर्दयी र कठोर एवम् निर्मम देखिँदै आउनुभएको छ कि भण्डारी रक्तक्यान्सरबाट पीडित भई उपचाररत रहनुहुँदा स्वास्थ्यस्थितिबारे चासो राख्ने सामान्य मानवीय शिष्टता पनि खनालले दर्शाउनुभएन । खनालको यसप्रकारको उपेक्षापूर्ण व्यवहार विद्याका प्रति नभएर मदन भण्डारी र बहुदलीय जनवादको अवधारणाप्रति नै हो भन्ने अर्थमा मानिसहरूले बुझदै आएका छन् । माओवादीले पनि एमालेको बहुदलीय जनवादको अवधारणाप्रति विमति जनाउँदै आएको छ । यही कारणले पनि खनाल र माओवादीलाई निकट तुल्याएको विश्वास गर्न सकिन्छ ।
लोकतन्त्र सुदृढ एवम् संस्थागत तुल्याउने गन्तव्यप्रति सरोकारविहीन उत्तरतर्फको छिमेकी नेपालमा राजतन्त्रको विस्थापनपश्चात् चिन्तित छ र ऊ यहाँ स्थायी एवम् भरपर्दो मित्रशक्तिको खोजीमा रहिआएको तथ्य कसैबाट लुकेछिपेको छैन । बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त बनाउँदै संसदीय प्रजातान्त्रिक अभ्यासमा जुटेको एमाले, नेपाली काङ्गे्रस र मधेसकेन्दि्रत दलहरूप्रति विश्वस्त हुनसक्ने सम्भवत: चीन ठान्दैन । माओवादी अगुवाइको सुदृढ वामपन्थी शक्तिलाई नेपाली राजनीतिमा चिरस्थायी बनाउन सक्दा मात्रै नेपाल-चीन सम्बन्ध सुरक्षित र सुदृढ एवम् लाभदायी हुनसक्छ भन्ने विश्वास चिनियाँ पक्षमा रहेको देखिन्छ । खनाल, प्रचण्ड र अब नारायणमान बिजुक्छेसमेतको गठबन्धनले नेपाली राजनीतिमा चिनियाँ चासोलाई उजागर गरेको छ । प्रचण्ड, झलनाथ, नारायणमान र चीनको दक्षिणतर्फको छिमेकी राष्ट्र भारतप्रतिको दृष्टिकोणमा समेत करिब समानता भेटिन्छ । उल्लिखित चार पक्षबीचको अघोषित सान्निध्यको एउटा आधार ‘भारतप्रतिको दृष्टिकोण’ पनि हो भन्न सकिन्छ ।
यी र यस्तै कारणले नेपाली राजनीतिमा नयाँ धु्रवीकरणको क्रमारम्भ मात्र गरेको छैन, धु्रवीकरण प्रक्रियालाई दु्रत ढङ्गले फराकिलो एवम् गहिरो तुल्याउँदै लगेको पनि देखाउँछ । राजनीतिक गन्तव्यमा स्पष्ट मानिएका नेपाली काङ्गे्रस र नेकपा माओवादीको बीचमा नेकपा एमाले समाजवादउन्मुख संसदीय प्रजातान्त्रिक अभ्यासमा क्रियाशील रहेको महसुस देशवासी तथा अन्तर्राष्ट्रिय समुदायले पनि गर्दै आएका थिए । प्रजातन्त्र र समाजवादलाई एकैसाथ देशोपयोगी साधनका रूपमा उपयोग गर्न प्रयासरत एमालेलाई पूर्ण परिपक्वता हासिल हुनु अगावै माओवादी प्रभाव र उत्तरी सक्रियताले बिथोल्ने खतरनाक सम्भावना बढेको छ । मदन भण्डारी प्रतिपादित बहुदलीय जनवाद एमालेको विशिष्ट परिचय हो र यसबाट स्खलित हुँदा एमालेले आफ्नो मार्गदर्शन सिद्धान्त मात्र गुमाउने छैन, मौलिक पहिचान र विश्वसनियताको विघटन हुने पनि देखिन्छ । यतिबेला एमालेभित्र उत्पन्न विवाद र तनावको कारण ‘प्रधानमन्त्री’ या ‘सत्ता’भन्दा बढी सिद्धान्त, विचार र गन्तव्य नै हो । एमाले लोकतन्त्रका पक्षमा उभिने या कथित सर्वहाराको अधिनायकत्वका पक्षमा भन्ने अवस्था जुन झलनाथ खनाललाई शिखण्डी बनाएर माओवादीले सिर्जना गरिदिएको छ, यसले एमालेलाई इतिहासमै सर्वाधिक सङ्कटग्रस्त तुल्याएको छ । माओवादीसँग झलनाथको गठबन्धन हुनबाट माधव-केपी पक्षले जोगाएपछि प्रजातान्त्रिक गठबन्धन बन्न नदिन झलनाथ खनाल डट्नुभएको छ र माओवादीबाट उहाँलाई प्राप्त जिम्मेवारी पनि यही नै हो । बहुदलीय जनवादप्रति प्रतिबद्धता भइदिएको भए खनालबाट यस किसिमको आत्मघाती कदम चालिन सम्भव थिएन, जुनसुकै स्तरको असन्तुष्टिका बीच पनि उहाँ एमाले र लोकतन्त्रको हितका पक्षमा उभिने स्थिति बन्न सक्दथ्यो । विचार, गन्तव्य र सिद्धान्तमा आएको विचलनले झलनाथलाई माओवादीको निकट पुर्‍याएको छ । झलनाथ-माओवादी निकटताको अधिकतम लक्ष्य भनेको एमालेको विभाजनबाहेक केही हो भने खनाल समूहको माओवादीमा विलयसम्म मात्र हुनसक्छ । यसअघि शालीन र भद्र एवम् उदार मानिएका खनालको रूप पछिल्लो समयमा अस्वाभाविक ढङ्गले फेरिएको छ । फेरिएर उहाँ आक्रामक, अभद्र, अनुशासनहीन, अराजक र अराजनीतिक एवम् अविवेकी किसिमले प्रस्तुत हुन थाल्नुभएको छ । खनालमा यसअघि कहिल्यै नदेखिएको निडरता र आत्मविश्वास पनि उहाँले अहिले प्र्रदर्शन गरिरहनुभएको छ । सत्ताइस वर्षअघि -२०३९) को विशिष्ट अवस्थामा विशेष कारणवश पार्टीको महासचिव बनाइनुभएका झलनाथ खनाल उक्त जिम्मेवारी प्राप्त गरेपछि अत्यन्त उत्साही र खुसी हुनुपर्नेमा उहाँ आत्तिनुभएको, पक्राउ परिने र मारिने डरले आतङ्कित हुनुभएको स्मरण आज पनि खनालका समकालिक नेताहरू गर्दै छन् । पार्टीभित्र कायर, डरपोक र अल्छी नेताको छवि बनाउनुभएका खनालमा एकाएक देखापरेको रहस्यमयी परिवर्तनको उद्घाटन एमालेलाई विघटन या विभाजन गराएर मात्र हुने सम्भावना छ । एमालेका सच्चा हिमायतीहरूले समयमै विशेष तत्परता नलिने हो भने एमाले अब एकीकृत पार्टीका रूपमा जीवित रहन मुस्किल हुँदै गएको छ । एउटा अतिवादी विचारसहित राजनीतिमा उदय भएको शक्ति पनि कसरी लोकतन्त्रका पक्षमा परिपक्व भूमिका निर्वाह गर्ने अवस्थामा पुग्न सक्छ भन्ने यथार्थको विश्व दृष्टान्त बन्दै गएको एमाले विघटन या विभाजन भएमा त्यसको क्षति सिङ्गै प्रजातान्त्रिक आन्दोलन र देशले समेत व्यहोर्नुपर्ने छ ।

माओवादीलाई रोक्न भारत साक्रिय, नेपालमै पनि माओवादी आकर्सण घट्दो, माओवादी कुनै चमत्कार नभए अब ओराली लाग्दै !
तीन पटकसम्मको निर्वाचनबाट समेत संसद्ले प्रधानमन्त्री चुन्न नसकिरहेका बेला श्यामशरण भारतीय प्रधानमन्त्री मनमोहन सिंहका विशेष दूतका रूपमा बुधबार काठमाडौं आएका छन् । राष्ट्रिय सहमतिको वातावरणसमेत क्षीण हुँदै गएका बेला उनको आगमनलाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ । तीन दिनको नेपाल बसाइका क्रममा श्यामशरणले सहमतिका लागि मुख्य दलका शर्ीष्ानेतासँग भेट गर्ने कार्यक्रम छ । भारतीय पर्ूवविदेश सचिव तथा नेपालका लागि राजदूतसमेत रहिसकेका शरण तत्कालीन सात दल र माओवादीबीच २०६२ मंसिरमा भएको १२ बुँदे सम्झौताको सूत्रधारसमेत मानिन्छन् । दिल्लीमा नेपाल विशेषज्ञका रूपमा चिनिने शरणले नेपाल आएलगत्तै आफ्नो भ्रमण वर्तमान राजनीतिक गतिरोध...
अन्त्यका लागि केन्द्रित रहने बताएका छन् ।
एकीकृत नेकपा (माओवादी) निकट जनमुक्ति सेनाले खाली दरबन्दीको पदपूर्तिका लागि भर्ती खोले पनि आजसम्म कसैले दर्खास्त हालेका छैनन्। जनमुक्ति सेना, नेपाल सैनिक मुख्यालयका प्रवक्ता चन्द्रप्रकाश खनाल 'बलदेव' ले आफूहरूले भर्ना खोल्ने निर्णय गरे पनि यसका लागि निश्चित अवधि नतोकिएकाले कुनै दरखास्त नपरेको हुनसक्ने प्रतिक्रिया दिए। सेना समायोजन विशेष समिति वैठकले माओवादीले हालै सुरु गरेको सेना भर्ना रोक्न विशेष निर्देशन दिएको छ। माओवादी अनुपस्थित रहेको वैठकमा माओवादीले सैन्य भर्ना गर्न नपाउने उल्लेख गर्दै नयाँ भर्ना रोक्न निर्देशन दिने निर्णय गरेको हो , समितिमा माओवादीका दुई नेता वर्षमान पुन र जनार्दन शर्मा सदस्य छन्। विशेष समिति सदस्य रामशरण महतले वैठकपछि भने, 'माओवादीले यतिखेर सैन्य भर्ना गर्नु भनेको द्वन्द्व निम्त्याउने वा राज्यविरोधी गतिविधि गर्ने उद्देश्य बोकेको देखिन्छ। नेपाली सेनासँग तुलना गरेर उनीहरुले भर्ना खोल्नु शान्ति सम्झौता विपरित हो।' उनले विस्तृत शान्ति सम्झौताको व्याख्या र विश्लेषण गर्ने अधिकार सर्वोच्च अदालतसँग मात्र रहेको बताउँदै भने, 'सर्वौच्चले तोकेको दरबन्दीभित्र रहेर सैन्य भर्ना गर्न कुनै रोकतोक नभएको व्याख्या गरिसकेको छ त्यसमा अनावश्यकव्याख्या नगरे हुन्छ।'एकीकृत नेकपा (माओवादी) को भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) ले बुधबार भरतपुरको नारायणी पब्लिक उच्च्माविमा गरेको तोडफोडको विरोधमा आज बिहिबार चितवनका सम्पुर्ण उच्च माविहरु बन्द भएका छन्। उच्चमावि जिल्ला समन्वय समिति (हिसान) चितवनले एक दिनका लागि उच्चमावि बन्दको आह्वान गरेको हो।



अन्तराष्ट्रिय नेपाली साहित्य समाजको सूचना !!!
           यहि आगामी सेप्टेम्बर ३ देखि ५ सम्म Kentucky मा सम्पन्न हुने ANMA / NASeA को संयुक्त सम्मेलनमा सधैं झैं यसपल्ट पनि अनेसासको तत्वावधानमा साहित्यिक महोत्सब संचालन हुन गैरहेको कुरा सहर्ष अवगत गराउन चाहन्छौं | उक्त समारोहमा साहित्यिक गोष्ठी सहित कविता प्रतियोगिता समेत हुने भएकाले प्रतियोगितामा भाग लिन इच्छुक कवि तथा कवयत्रीहरुलाई कविता सहित कार्यक्रममा भाग लिन अनुरोध गर्दछौं | पहिले नै कविता पठाउन चाहनेले निम्न इमेल ठेगानामा आफ्नो कविता पठाउनु होला | बिस्तृत जानकारीका लागि निम्न महानुभाबहरुलाई सम्पर्क गर्न सक्नुहुनेछ |
शेखर ढुंगेल (510 -207 -3791) Email: shekhar1962@gmail.comसंयोजक, अनेसास साहित्यिक समारोह, ANMA / NASeA संयुक्त सम्मेलन

नगेन्द्र न्यौपाने (919 - 468 - 1450 ) Email:   nagensharma@gmail.com
सह संयोजक, अनेसास साहित्यिक समारोह, ANMA / NASeA संयुक्त सम्मेलन
राजेन्द्र खतिवडा (859 - 492 - 0200), KY, Email: rkhatiwada@aol.com
सदस्य, अनेसास साहित्यिक समारोह एबं convention chair  
सल्लाहकार:ज्ञानेन्द्र गदाल, अध्यक्ष, अनेसास (303-229-2039) Email: gadalg@hotmail.com
मुकेस सिंह,
अध्यक्ष, ANMA (614 - 370 - 9652) Email: mukeshsingh@hotmail.com
राजा घले,
अध्यक्ष, NASeA   (404-447-8272) Email: rajaghale@aol.com
सुमन तिम्सिना, अध्यक्ष, NRNA (610-209-6459) Email: nrnnacc@gmail.com

 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक