20100806

धिक्कार छ, जे कुराको चिन्ता थियो आखिर त्यहि भै छाड्यो, जनताको चित्कार सुन्ने विवेक कुनै नेतामा रहेनछ !!!

- सुबोधराज प्याकुरेल
 जे कुराको चिन्ता थियो आखिर त्यहि भै छाड्यो. जनताको चित्कार सुन्ने विवेक कुनै नेतामा रहेनछ. जनताले लोकतन्त्र र यसका सम्पूर्ण मुल्य-मान्यतालाइ आत्मसात गरेर जन आन्दोलन गरेका हुन. माओवादीको हिंसा रोकियोस् र अन्य पार्टीको अकर्मन्यता समाप्त होस् भन्ने चाहनाको पनि अभिव्यक्ति थियो जनान्दोलन. माल पाएर चाल नपाउने दुर्बुद्धिको हामी फेरी   शिकार भएका छौं. लोकतन्त्र प्रक्रिया हो. यसको माध्यमले जनताकालागी स्वतन्त्र-आत्मसम्मानित-विवेकी विकाशका योजना मार्फत स्वतन्त्र राष्ट्रियताको र न्यायपूर्ण जीवनशैलीको दिसामा अगाडी बढन   सकिन्छ भन्ने चेतना र क्षमता दुवै हराएका मनुवा रहेछौं हामी.हामी बाझयूं र छिमेकी...
आइपुग्यो हस्तक्षेप्  गर्न. अब माओवादी न कालो झन्डा लिएर 'विस्तारवाद' को बिरोध गर्न जानेछ. न अरु पार्टीले  हाम्रो मामिला हामी आफै सल्टाउछौं  भन्न सक्ने छन्. दर्जामा नभएको आदेशित श्यामाशरणको अगाडी मैले सार्वभौम अधिकार दिएर पठाएको मेरा  नेताले लम्पसार परेर जी हजुरी गर्नेछन  र आदेश मुताबिक परिपालन गर्नेछन . चार बर्ष पनि लोकतन्त्र जोगाउन  नसक्ने हरुले लोकतन्त्रको साथ् साथ् राष्ट्रियता समेत पाउमा  चढाएको  टुलु टुलु हेरेर बस्न अभिसप्त म अदना नागरिक. अझै यो पनि डर छ की भोलि अर्को कुनै बकम्फूस नारा दिएर मलाई सडकमा बोलाइने छ र म सबै त्यागेर नेताको आदेशमा सडकमा पौंठे जोरी खेल्न  मुक्की उजाउँदै हाजिर भै हाल्ने छु. म  र मेरा नेतालाई धिक्कार छ. 
Subodh Raj Pyakurel.
G P O Box-2726, Kathmandu, Nepal.
Chairperson:
FORUM-ASIA, Bangkok. Thailand. www.forum-asia.org
INSEC, Nepal. www.inseconline.org
Human Rights Home, Nepal. www.hrhnepal.org
NEMA (Nat'l Election Monitoring Alliance) Nepal. www.nema.org.np
977-1-4278-770 (M) 98510-26841

प्रधानमन्त्री चुन्न नसक्ने सभाले के नै गर्ला र
- अनिलभक्त खरेल
मनासस, भर्जिनिया, अमेरिका
नेपालीमा एउटा उखान एकदमै चर्चित छ हुने विरुवाको चिल्लो पात नहुने विरुवाको फुस्रो पात । हो त्यस्तै देखिएको छ अहिले स्वघोषित ६०१ राष्ट लुटेरा कथित सभासदहरुको बानी व्यहोरा । खाने बेलामा सबैले चोचोमोचो मिलाएर आफैले आफैको जागिरको म्याद थपे । देशलाई १ वर्षभित्रमा संविधान दिने नाममा मध्यरातमा अनेक नाटक मञ्चन गरे । आप\mनो औकात देखाए । उनीहरुको पराले खुट्टा अब त नेपाली जनताले देखे कि -
हिजो सबै राजाले विगारेको, राजसंस्थानै नेपाल र नेपालीको बाधक देख्नेहरु आज कुन दुलामा लुकेर बसेका छन् - विचारणीय छ । त्यसो त तत्कालीन प्रधानमन्त्री र हालका काम चलाउ प्रम माधवकुमार नेपालले प्रमबाट राजीनमा दिएको २ घण्टाभित्रमा राष्टिय सहमतिको सरकार बन्छ भन्ने माओवादीहरुले किन माकुनेले राजीनमा दिएको झण्डै २ महिना हुन लाग्दा पनि राष्टिय सहमति त परै जाओस सामान्य बहुमतको सरकार दिन सकेन त्यो पनि आफैमा लाजमर्दो छ ।
रिमोट कन्टोलबाट चल्नेहरु बोल्छन्, तर आप\mनो दिमागले काम गर्न सक्दैनन् । रिमोटले जे गरयो त्यही हुन्छ । हिजो रिमोट कन्टोलको आदेशमै राजा फालेका हुन्, भारतीयहरुलाई नेपाली नागरिकता बेचेका पनि रिमोट कन्टोलकै आदेशमा हुन् ।
नेपाल यतिका वर्षम्म राजसंस्थाले बचाएर राखेको हो भन्ने कुरा अब त स्पष्ट भैसकेको छ । अहिलेको जस्तो विदेशी हस्तक्षेप त्यस्मा पनि भारतीय हस्तक्षेप अहिले जस्तो नेपालको इतिहासमा कहिल्यै भएको थिएन । गिरिजाको पहिलो राष्टपति हुने सपनाले गर्दा गिरिजा त मरे मरे तर आज देश पनि जीवन र मरणको दोसाधमा छटपटाइरहेको छ । देश गिरिजाको सती जाने हो कि यस्मा पो चिन्ता छ ।  अब देशको लागि संजीवनी बुटी खोजेर ल्याउने हनुमानको खाचो भैसकेको छ ।
हुन त जस्ले घर बनायो उस्लाई र उस्को सन्ततिलाई त्यो घरको माया सबभन्दा बढी हुन्छ । घर बनाउनले आफूले बगाएको रगत र पसिना सम्भिmरहन्छ । उस्ले आप\mनो सन्ततिलाई भन्छ सन्ततिले पनि यो मेरो पर्ुखाले जोडेको सम्पत्ति हो यसलाई जोगाउनु पर्छ भन्ने कुरा हरदम सम्भिmरहेको हुन्छ र आफूले सकेसम्म जोगाउने कोशिस गर्छ । नेपालको सर्न्दर्भमा २४० वर्षेखि शाहवंशले नेपालरुपी घर व्रि्रन दिएको थिएन, भत्कन दिएको थिएन । जस्तो सुकै अप्ठयारा परिस्थितिमा पनि आफुनो स्वाभिमान बचाईराखेको थियो । कूलद्रोही, राष्टदोहीले भारतमा गएर नाकाबन्दी लगाउन लगाए पनि नेपाली जनतालाई जहाजमा तेल र खाद्यान्न पदार्थ ओसारेर खुवाएकै थियो । जनतासामु झुक्न सक्ने तर विदेशीको पाउ कहिल्यै नमोल्ने राजसंस्था जनतासामु झुक्यो तर नेपाली जनताले त्यो राजसंस्थालाई अझै पनि चिनेन अब चिन्ने बेला आईसकेको छ । देश बचाउने हो भने जनतासंग झुक्न सक्नेलाई नेपाली जनताले बोक्नु पर्ने बेला भैसकेको छ अब बिलम्ब गर्नु हुदैन ।
२ महिनासम्म जाबो एउटा प्रधानमन्त्री चुन्न नसक्ने नालायकहरुले नेपाली जनतालाई के नै दिन सक्छन् र - यस्तालाई किन नेपाली जनताले तिरेको कर खुवाएर राख्ने - ६०१ स्वघोषित राष्ट लुटेराहरुको अब नेपालमा काम  छैन भनेर यिनीहरुलाई सात डाडा कटाउनु पर्छ । नेपाली जनतालाई अघोषित रुपमा शरणार्थी बनाउनेहरु यिनीहरु नै हुन् । भुटानले स्वघोषित रुपमा उस्को देशका जनतालाई शरणार्थी बनाएर नेपाल पठायो भने नेपालका नेताहरुले देशमा अशान्ति मच्चाएर लाखौं नेपाली जनतालाई शरणार्थी बनाएर विदेशमा धपाई रहेका छन् । यस बारेमा किन कोही चुइक्क बोल्दैनन् - किन कसैले अवाज उठाउदैनन् -
यो संविधानसभारुपी नाटकमा नेपालको अर्बौ रुपैया खर्च भैसकेको छ तर परिणाम हात लाग्यो शून्य । २ वर्षो म्याण्डेट पाएका ६०१ जम्बोहरुले २ वर्षा अर्बौ रुपैया तलब, भत्ता र विदेश शयर गर्दा स्वाहा पारे । त्यतिले नपुगेर कही नभएको जात्रा हाडी गाउमा भने झै संसारमा कही नभएको नियम नेपालमा बनाएर ६०१ राष्ट लुटेराहरुले स्वघोषित रुपमा मध्यरातमा आप\mनो पदावधि आफै थपे । उनीहरुले आप\mनो पदावधि थपेको पनि २ महिना वितिसक्यो तर उपलब्धी शुन्य । २ वर्षा करोडौं नेपाली रुपैया खर्च भैसक्यो तर संविधानको एक अक्षर पनि लेखिएको छैन । यस बारेमा किन कसैले आवाज उठाउदैनन् - हिजो संविधानसभाको म्याद थप्न नारावाजी लगाउनेहरु कुन दुलामा छन् -
हिजो राजा, राजपरिवार तथा राजप्रासादका कर्मचारीले वर्षो १०,१२ करोड तलब भत्ता स्वरुप लिंदा आकाश खस्न थाल्यो र पाताल भास्न लाग्यो शैलीमा चिच्याहट गर्नेहरु आज किन लाटो भएका छन् - कि त बोल्ने मुखमा लड्डू परेर हो उनीहरुको मुख बन्द छ - किन लेख्नेहरुको कलमको निभ भाीच्िचएको छ - खै कता हराए हिजो ज्ञाने चोर देश छोड भन्नेहरु - खै कता हराए हिजो राजाले वर्षो यति करोड रुपैया खान्छ भनेर रत्नपार्कको भित्तामा भित्ते लेखन गर्नेहरु - किन अहिले राष्टपति, उपराष्टपति र ६०१ जम्बोलाई खर्च हुने मासिक खर्च रत्नपार्कको भित्तामा लेख्दैनन् - कता हराए कथित नागरिक समाजका लाउकेहरु - खै कता हरायो डलरको खेती गर्ने गेरुवस्त्रधारी - कता हराए कथित बुद्धिजीवी भनाउदा - कता हराए अर्थविदहरु - कता हराए कथित आठ विद्यार्थी संगठनहरु - कता हराए कलाकर्मीहरु - कता हराए पेशाकर्मीहरु - कता हराए डाक्टरहरु - कता हराए इन्जिनियरहरु - कता हराए पत्रकारहरु - अनि कता हराए पार्टर्ीी झोला बोक्ने झोलेहरु - अनि कता हराए पापड, किन हान्न सक्दैन नालायकहरुलाई झापड -
हुन त विनाशकाले विपरीत बुद्धि भन्छन् । विनाश हुन लागेको बेलामा उल्टो उल्टो बुद्धि आउछ । त्यही उल्टो बुद्धि आएर राजा फाले । त्यही उल्टो बुद्धिले ४० औं लाख भारतीयहरुलाई नागरिकता बेचियो । अब उल्टो बुद्धिले के के हुने हो यसै भन्न सकिदैन । देशलाई भिरमा पुराइएको छ । कुन बेला कस्ले लात्ताले हानेर गुल्टाउने हो यसै भन्न सकिन्न ।
जनताको दुहाई दिनेहरुको हैसियत पनि देखियो । सीमित स्वार्थका लागि दिल्लीमा ८ बुदे सहमति गर्ने घिउ बेचुवा र तरवार बेचुवा कस्को आदेशमा मिलेका रहेछन् भन्ने कुरा स्पष्ट भैसकेको छ ।  मैले यसअघि नेपालमा छदा यिनीहरुको गन्तव्य दर्ीघकालीन हुन सक्दैन । एक ठाउमा पुगेपछि छुटि्टनै पर्छ । पर्ूव र पश्चिम हिडेकाहरु संगै हिड्न सक्दैनन् भनेर बारम्बार लेखेको थिए अन्ततः त्यो समय आयो जस्तो छ । त्यस्तै राप्रपाका अध्यक्ष कमल थापाले पनि पर्ूव र पश्चिम हिडेकाहरुको संगैको यात्रा नारायणगढसम्म मात्र हो नारायणगढमा पुगेपनि अवश्य छुटि्टनु पर्छ भन्नु भएको थियो । अब यिनीहरु नारायणगढमा पुगजस्तो छ अब नछुटि्टकन सुखै छैन ।
अन्ततः जे जस्तो भए पनि नेपाल राजा विना बाच्न सक्दैन । अब सबै नेपाली जनता एक भएर राजा ज्ञानेन्द्रलाई बाचा कसम खुवाएर फेरि राजगद्दीमा पुनरागमन गर्ने बेला भैसकेको छ । अब कसैले विलम्ब गर्नु हुदैन । देशमा अहिले श्यामशरण भन्दा राजा ज्ञानेन्द्रको आवश्यक छ । सबैलाई चेतना भया ।
-

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक