20100806

सभासद किनवेच विरुद्ध भौतिक कारवाही घोषणा !!!

सात युवा संगठनहरुले सभासद किनवेच विरुद्ध भौतिक कारवाहीको घोषणा गरेका छन्। एमाले निकट युवासंघ नेपालका अध्यक्ष महेश बस्नेत , कांग्रेस निकट तरुण दलका अध्यक्ष महेन्द्र यादव, तराई मधेसी यूवा फन्टका अध्यक्ष कृष्ण सिंह, प्रगतिशिल यूवासंघका अध्यक्ष आईन्द्र सुन्दर नेम्वाङ्ग, मधेस यूवा फोरम नेपाल लोकतान्त्रीकका अध्यक्ष मोयूसुफ साफी, यूवा मन्चका अध्यक्ष रन्जीत कुमार सिंह र  नेपाल राष्ट्रिय युवा फेडरेसनका महासचिव पदम जोसीले पत्रकार सम्मेलन गरेर त्यस्तो घोषणा गरेका हुन। उनीहरुले आफ्ना दलका सभासदहरुले समेत पार्टीको ह्विप विरुद्ध गरेको फ्लोर क्रसलाई गंभिरताका साथ लिर्दै आफ्ना पार्टीभित्र हुने त्यस्ता खेलमा संलग्न सभासदहरुलाई समेत भौतिक कारवाही गर्ने पत्रकार सम्मेलन मार्फत.....
स्पष्ट पारेका छन्। अहिले सरकार निर्माणको क्रममा भईरहेका खेल गैर संसदीय चरित्र भएको ठहर गर्दै युवा संगठनहरुले सबैलाई त्यस्तो खेलमा नलाग्न सचेत सकेत गराएका छन्। पार्टीभित्र देखिएका यस्ता खेलले संसदीय ब्यवस्था र लोकतन्त्रप्रति नै वितृष्णा फैलाएको दावी गर्दै युवाहरुले यस्तो खेलमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहभागी पार्टी र सभासदहरुलाई पनि भौतिक कारवाहीको चेतावनी दिएका छन्। उनीहरुले अहिलेको सभासद किनवेच र पार्टी फुटाउनेसम्मको खेलहरुप्रति खेद ब्यक्त गर्दै दिगो शान्ति र संविधान निर्माणको कार्यभार विर्सिएर सत्ताको घृणित खेलमा लागेको प्रति दुखसमेत ब्यक्त गरेका छन्। नेपाली जनताले दिएको समयभित्र संविधान र शान्तिको जिम्मेवारी पुरा गर्न नसकेका सभासदहरुले जनमत गुमाईसकेको दावी गर्दै उनीहरुलाई जनहित विरुद्धको गतिविधिमा नलाग्नसमेत युवाहरुले चेतावनी दिएका छन्। पत्रकार सम्मेलनमा युवा नेताहरुले माओवादीतर्फ लक्षित गर्दै केही दलको गतिविधिले जनमतको अपमान गरेको दावी गर्दै उसका गतिविधिका कारण  अपराध र भ्रष्टचारको संरक्षण भएको र यसले  राजनीतिक अपराधी गतिविधिलाई प्रस्रय दिएको दावी समेत गरेका छन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक