20100803

अन्तराष्ट्रिय कलाकार मंचद्वारा अमेरिका भ्रमणमा रहेका कलाकारहरुको सम्मानमा स्वागत तथा जलपान कार्यक्रम आयोजना

नेपालबाट अमेरिकामा कार्यक्रमका सिलसिलामा आएका नेपालका चर्चित कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, गोपाल अधिकारी -तितो सत्य), र वरिष्ठ गायक यम बरालको सम्मानमा अन्तराष्ट्रिय कलाकार मंच, अमेरिकाको तर्फबाट अध्यक्ष रामप्रसाद खनालले भर्जिनिया स्थित आफ्नै निवासमा एक स्वागत तथा जलपान कार्यक्रमको आयोजना गर्नुभयो । कार्यक्रममा वरिष्ठ कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला,...
गोपाल अधिकारी, गायक यम बरालले आआफ्ना मन्तव्य व्यक्त गर्दै स्वागत कार्यक्रमका लागि अन्तराष्ट्रिय कलाकार मंचलाई धन्यवाद दिदै आफ्ना कार्यक्रममा सवै नेपालीहरुबाट सहयोग हुने आशा व्यक्त गर्नुभयो । मंचका अध्यक्ष रामप्रसाद खनालले कलाकारहरुलाई अमेरिकामा मंचका तर्फबाट स्वागत गर्दै, सहयोगका लागि सवै नेपाली संघ संगठनबाट उचित सहयोग हुने र आठवटा संगठन मिलेर कार्यक्रम सफल पार्ने अभियानमा लागेको बताउनुभयो । नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिकाका महासचिव हेमन्त श्रेष्ठ, अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष सागर कडेल, एएनएसका कम्युनिकेशन डाइरेक्टर प्रकाश नेपाल, नेवा अर्गनाइजेसन अमेरिकाका अध्यक्ष राजेश श्रेष्ठ, धरान अमेरिका समाजका अध्यक्ष विजय थापा, वरिष्ठ कलाकार एवं मंच सदस्य रचना सिंह, समाजसेवी अरुण रुपाखेती, नर्दन भर्जिनिया नेपाली स्पोर्टस क्लवका पदम रेग्मी लगायतका वक्ताहरुले कलाकारहरुको स्वागत गर्नु भएको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिका अलावा भर्जिनियाका नेपाली सहभागी थिए । कार्यक्रममा कलाकारहरुको सम्मानमा बारबीक्यू पार्टी समेत  गरिएको थियो । कार्यक्रमसँग सम्बन्धित केही तस्बिरहरु :

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक