20100906

अमेरिकामा नेपाली तिज महोत्सब ( Nepali Teej Mahotsab in USA)

अमेरिकामा अन्तराष्ट्रिय कलाकार मँच र अमेरिका नेपाल सहयोगी समाजको आयोजना, डिसी मेट्रो एरियाका अन्य सात संस्थाको सहयोगमा आयोजित नाचेर उदघाटन भएको तिज महोत्सब भब्य रुपमा सम्पन्न !
अन्तराष्ट्रिय कलाकार मँच र अमेरिका नेपाल सहयोगी समाजको आयोजना, डिसी मेट्रो एरियाका अमेरिका नेपाल सोसाइटी, नेपाली साहित्य प्रतिस्ठान उत्तर अमेरिका,

नेवा अर्गनाइजेसन अमेरिका, नेपाल पासापुच अमेरिकाय, धरान अमेरिका समाज,  America Nepal Women Association, अमेरिका नेपाल चौपारी समेतको सहयोगमा अमेरिकाको नेपाली गाउँ भनेर चिनिने भर्जिनियाको....फोटोहरु र भिडियोको लागि Read More क्लिक गरेर भित्र जानुस्......
मनासस शहर मा तिज महोत्सब भब्य रुपमा हिजो सम्पन्न भयो । नेपाली राजदुताबास् का प्रथम सचिब आनन्द शर्माले नाचेर उदघाटन गर्नु भएको तिज महोत्सबमा अन्तराष्ट्रिय कलाकार मँच का अध्यक्ष्य राम प्रसाद खनालले सबैलाई स्वागत गर्दै मँच ले बिभिन्न ९ संस्था लाई साथ् मा लिएर यस्तो कार्यक्रम आयोजना गरिएको बताउनु भयो । बरिस्ठ चलचित्र नायक सरोज खनाल ले उक्त कार्यक्रमले नेपाली कला र सँस्कृतिलाई जगेर्ना गर्न टेवा पुग्ने बताउनु भयो। अक्टोबर ९ मा हुने नेपाली कलाकार हरुको कार्यक्रममा सबैलाई आमन्त्रण पनि गर्नु  भयो । अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष्य सागर कंडेल, मुक्त पौडेल, कमल भट्टराईले कार्यक्रम का बारेमा प्रकाश पार्नु भएको उक्त कार्यक्रममा असामयिक् निधन भएका कलाकार तथा समाजसेबी नेपाली मित्र डा सैलेश भण्डारी प्रति एक मिनेट मौन धारण् गरिएको थियो। कार्यक्रममा नायक  सरोज खनाल, किरण केसी, नायिकाहरु सारँगा श्रेष्ठ, अनुपमा प्रसाइ, लुना श्रेष्ठ, न्रित्य न्रिदेशक नबिन केसी, कलाकार किशोर छेत्री, राम प्रसाद खनाल आदिले तिज गीत मा सामुहिक न्रित्य गरे पछी माहौल तातो र रौनक भएको थियो। कार्यक्रम भब्य रुपमा सम्पन्न भए लगत्तै प्रमुख आयोजक राम प्रसाद खनाल र सागर कंडेल ले संस्थाका तर्फबाट एक प्रेस रिलिज जारी गर्दै उपस्थित सबै, सहयोग गर्ने मिडियाहरु  लाई, एबम शाह आयोजक संस्था हरुलाई धन्यवाद र आभार प्रकट गर्नुभएको छ । डिसी भर्जिनिया र म्यरिल्यान्ड का समेत करिब एक हजार भन्दा बढी नेपाली उपस्थित उक्त तिज महोत्सब अत्यन्त रोचक, आकर्सक, र स्तरिय भएको दर्शक हरुले टिप्पणी गर्दै थिए । कार्यक्रमका फोटो र भिडियो हरु हेर्नूस :



























No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक