20100906

माओवादी भित्र हलचल, हेरौं अझ को को तानिने हुन ! 'प्रचण्ड थैव हत्या प्रकरण' का आरोपी सुजित विकले हत्या स्वीकार गरे, सर्वोच्च अदालतद्वारा माओवादी सभासद्लाई सर्बस्व सहित जन्मकैद फैसला
सर्वोच्च अदालतले ज्यान मारेको अभियोगमा माओवादी सभासद् बालकृष्ण ढंुगेललाई र्सवस्वसहित जन्मकैद हुने फैसला गरेको छ । करिब १२ वर्षघिको एक अभियोगमा सर्वोच्च अदालतका न्यायाधीशहरू तपबहादुर मगर र राजेन्द्रप्रसाद कोइरालाको संयुक्त इजलासले सभासद् ढुंगेलमाथि सो सजाय सुनाएको हो । ओखलढुंगास्थित तारबारी गाविसका भुवन भन्ने उज्वनकुमार श्रेष्ठलाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा उनीमाथि त्यस्तो सजाय सुनाइएको हो । श्रेष्ठको १० असार २०६५ मा हत्या भएको थियो । श्रेष्ठलाई गोली प्रहार गरेर हत्या गरेको अभियोगमा सभासद् ढुंगेललाई ओखलढुंगा जिल्ला अदालतले ११ असार २०६३ मा र्सवस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । जिल्ला अदालतले फैसला गर्दा उनी भूमिगत...
थिए ।
राष्ट्रिय राजनीतिलाई नै तरंगित पारेको 'प्रचण्ड थैव हत्या प्रकरण' का आरोपी सुजित विकले हत्या स्वीकार गरेका छन् । उनले थैवमाथि आफैले गोली चलाएको पनि प्रहरी बयानमा भनेका छन् । अनुसन्धानमा सक्रिय प्रहरी स्रोतका अनुसार उनले हतियार ल्याइदिने, हत्या गर्न सहयोग गर्ने र हत्याका बेला मोटरसाइकलमा सँगै गएका व्यक्तिका सबै विवरण प्रहरीलाई दिएका छन् । विकको बयानअनुसार हतियार उपलब्ध गराउन सहयोग गरेको अभियोगमा माओवादीका अवध मधेस राज्य समिति सदस्य तथा रुपन्देही क्षेत्र नम्बर-१, का इन्चार्ज उदय पुनलाई प्रहरीले पक्राउ गरिसकेको छ । विक पक्राउ परेको चौंथो दिन पुन पक्राउ परेको स्रोतको दाबी छ । उनको बयानका आधारमा प्रहरीले केही व्यक्तिको खोजी गरिरहेको छ । विकको बयानका आधारमा प्रहरीले माओवादीका थप चारजना कार्यकर्तामाथि उच्च निगरानी गरिरहेको छ । उनीहरू सबैको मोबाइल केही दिनदेखि 'अफ' रहेको जानकारी पनि प्रहरीले दिएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक