20100904

चिनिया पक्षद्वारा माओवादी अध्यक्ष्य प्रचन्डलाई प्रधानमन्त्री बनाउन एक करोडका दरले ५० सभासद किन्न ५० करोड सहयोग प्रस्ताब

बार्ता सुन्नुस् जस्ताको त्यस्तै, महरा भन्छन "यो होइन"    
 प्रधानमन्त्री चुनावका लागि एकीकृत नेकपा माओवादीका तर्फबाट कृष्णबहादुर महराले चिनियाँसँग ५० करोड रुपैयाँ मागेको भनी नेपाल वान लगायतका टेलिभिजन च्यानलले दुई

पक्षबीच भएको टेलिफोन रेकर्ड प्रसारण गरेका छन्। महराले चिनियाँसँग प्रति सभासद एक करोड रुपैयाँका दरले उक्त रकम मागेको टेलिभिजन च्यानलहरुले शुक्रबार सार्वजनिक गरे। महरा र चिनयाँसबीच भनिएको कुराकानीबारे स्वतन्त्र पुष्टि हुन बाँकी छ। महराको जस्तै स्वरबाट चिनियाँ लवजका व्यक्तिसँग कुराकानी भएको प्रसारित रेकर्डमा सुनिन्छ। दुबै...
वार्ताकारको अंग्रेजी भाषा कमजोर छ। वार्ताको विवरण :

- मि. महरा, मेरो एकजना साथी तपाईंहरूलाई सहयोग गर्ने सोच्दैछ, तर ऊ नेपाल आउन सक्दैन। त्यसैले, हामी अन्त कुनै ठाउँमा भेट्न सक्छौं कि?
महरा : उसलाई कहाँ भेट्न सजिलो पर्ला?
- तपाईंलाई हङकङ सजिलो पर्छ?
महरा : ऊ कोसँग भेट्न चाहन्छ?
- यो विषयमा कि तपाईं, कि तपाईंको अध्यक्ष। अरू हुन्न।
महरा : हाम्रो अध्यक्षलाई यताउता गर्न अप्ठ्यारो पर्छ। उहाँ हङकङ जानुभयो भने सबैले हल्ला मच्चाउनेछन्। किनकि, उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो र अहिले प्रधानमन्त्रीका उम्मेदवार पनि हुनुहुन्छ।
- त्यसो भए तपाईं मेरो साथीलाई भेट्न उहाँको प्रतिनिधि भएर आउनुहुन्छ?
महरा : म तयार छु। म जहाँ पनि जान सक्छु। तर, यो सन्देश हाम्रो अध्यक्ष प्रचण्डलाई पुर्‍याउनैपर्छ। यदि तपाईंले प्रचण्डलाई सन्देश पठाउनुभयो भने उहाँले सम्पूर्ण अधिकार मलाई दिन सक्नुहुन्छ।
- ठिक छ, मिस्टर महरा। हामी माओवादीलाई ५० सिट दिलाउन कसरी मद्दत गर्न सकिन्छ भन्नेबारे छलफल गर्न सबभन्दा पहिला तपाईंलाई भेट्ने सोच्दैछौं।
महरा : सबभन्दा राम्रो ठाउँ चीन हुन्छ। चीन भन्नाले छेन्दु। यो ठाउँमा भेटे कसैले थाहा पाउँदैनन्।
- यो एकदमै सम्वेदनशील विषय हो। हामी सरकारलाई यसमा जोड्न चाहँदैन। तपाईंले बु‰नुभयो होला नि, म के भन्दैछु।
महरा : त्यसो भए सिंगापुर। हङकङमा धेरै नेपाली छन्। सिंगापुर नै ठिक हुन्छ।
- ... मलाई साथीसँग गफ गर्न दिनुस्।
महरा : हङकङ पनि हुनसक्छ ... साँझ म तपाईं फोन गर्छु।
- तपाईं मलाई हङकङ हुन्छ कि हुँदैन भने दुई दिनमा बताउन सक्नुहुन्छ ?
महरा : फोनमा?
- अँ, म यही नम्बरमा तपाईंको फोन कुर्नेछु।
महरा : तपाईंले आफ्नो स्रोतबाट यसबारे हाम्रो अध्यक्षलाई जानकारी दिनुहोला।
- मतलब हामीले तपाईंको अध्यक्षसँग कुरा गरौं भन्ने चाहनुहुन्छ?
महरा : हुन्छ, म फोन गर्छु।

महरा : तपाईंको सल्लाहअनुसार मैले अध्यक्षसँग गफ गरेँ। हामीले यसबारे छलफल गर्‍यौं। के अरू कसैले पनि अध्यक्षसँग कुराकानी गरिरहेको छ?
- मलाई थाहा छैन। मेरो तर्फबाट अहिलेसम्म यो कुरा म, मेरो साथी र तपाईंलाई मात्र थाहा छ।
महरा : मैले अध्यक्षसँग गफ गरिसकेँ। उहाँले भन्नुभयो, चुनाव आउन चार दिनमात्र बाँकी रहेकाले बाहिरबाट कम्तिमा ५० जना सभासद् चाहिएको छ। ५० जना सभासद्का लागि हामीलाई प्रतिव्यक्ति कम्तिमा एक करोड रुपैयाँ चाहिन्छ।
- प्रतिव्यक्ति एक करोड रुपैयाँ?
महरा : अँ।
- ठिक छ। - source Nagarik

गीतकार गीता खत्रीको गीति संग्रह सम्झनाका तरेली” को लोकार्पण
https://mail.google.com/mail/?ui=2&ik=039196dc56&view=att&th=12ae6f9e7bed3102&attid=0.1&disp=inline&realattid=f_gdm8vor60&zw
नेपालबाहिर रहेर नेपाली कवितागीतगजल सिर्जना गर्दै नॆपाली कवितामा आफ्नो पहिचान खोज्ने
स्रष्टा गीता खत्रीको गीत सङ्ग्रह सम्झनाको तरेलीको २०६७ भदौ ४ गते शुक्रबार अगष्ट २० २०१० राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा विमोचन गरियो । नारीसाहित्य प्रतिष्ठानद्धारा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैराग्ाी काइँलाले उक्त कृति लोकार्पण गर्नुभएको थियो । सोही कार्यक्रममा कुलपति काइँलाले नारीसाहित्य प्रतिष्ठान र सरस्वती सङ्गीत निकेतनका तर्फबाट सम्मान प्रदान गर्नुभएको थियो ।
https://mail.google.com/mail/?ui=2&ik=039196dc56&view=att&th=12ae6f9e7bed3102&attid=0.2&disp=inline&realattid=f_gdm8w0tr1&zw
प्रतिष्ठानकी अध्यक्ष गीता कार्कीको अध्यक्षतामा सम्पन्न सो समारोहमा प्रमुख अतिथि वैरागी काइँलाले छोटो र आकर्षक विधा गीतमा गीताले जीवनका विविध आयामको सरल र सङ्क्षिप्त प्रस्तुति दिएर सफलता हासिल गरेको बताउनु भयो । वरिष्ठ गीतकार डा। कृष्णहरि बरालले गीताका गीतमा देशप्रेमआकाङ्क्षा विछोड हर्ष पीडा दर्शन प्रेम विरह आदि विषय प्रसङ्गहरु उल्लेख भएको बताउनुभयो । वरिष्ठ समालोचक डा।गोविन्दराज भट्टराईले डायस्पोरिक साहित्यका माध्यमबाट आफ्नो मातृभूमिप्रति अगाध प्रेम र श्रद्धाभाव व्यक्त गरेको चर्चा गर्नुभयो । सो कार्यक्रममा नारीसाहित्य प्रतिष्ठानका सल्लाहकार रामप्रसाद दाहाल संरक्षक गीताकेशरी नाट्यकर्मी हरिबहादुर थापा बाबा बस्नेतसन्ध्या पहाडी लगायतका व्यक्तिहरुले आफ्ना विचार व्यक्त गर्नुभएको थियो भने गीतकार श्रीमती गीता खत्रीले आफ्नो सिर्जना यात्राबारे बताउँदै एउटा रचना वाचन गर्नु भएको थियो । गीतकार खत्री अन्तराष्ट्रिय नेपाली साहित्य समाजको महासचिवजस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा नारीसाहित्य प्रतिष्ठानले वधाइ ज्ञापन गरेको थियो ।
https://mail.google.com/mail/?ui=2&ik=039196dc56&view=att&th=12ae6f9e7bed3102&attid=0.4&disp=inline&realattid=f_gdm8ww7i3&zw

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक