20100904

एक जना होनाहार नेपाली कलाकार, अर्थबिद, नेपाली समुदायमा चिरपरिचित मित्र डा. शैलेश भण्डारीको अचानक निधन  !
एक जना होनाहार नेपाली कलाकार, अर्थबिद, नेपाली समुदायमा चिरपरिचित मित्र डा. शैलेश भण्डारीको अचानक निधन भएकोछ अमेरिकाको  बाल्टिमोरमा ।जर्मनटाउनमा छोरा र श्रीमतीका साथ बसोबास गर्दै आउनुभएका भण्डारी नियमित चेक जाँचका लागि चिकित्सकको पुग्नुभएको र त्यहाँ पुग्दा ज्यादै  पेट दुख्न थालेपछि तत्कालै भण्डारीलाई मेरिल्याण्डस्थित गेथेसवर्गमा रहेको सेड्रि्रोभ अस्पताल लगिएको थियो, अझ गारो भएपछि...
सेड्रि्रोभ अस्पतालबाट शुक्रबार विहान पाँच बजे हेलिकप्टरबाट मेरिल्याण्डस्थित बाल्टिमोरमा रहेको युनिभर्सिटी अफ मेरिल्याड चिकित्साशास्त्र अध्ययनसंस्थानमा पुर्याइएकोमा भण्डारीको शुक्रबार विहान दश बजे निधन भएको छ । सामाजिक तथा धार्मिक कार्यमा समेत सक्रिय भण्डारी अमेरिकी जनगणना विभागमा पूर्णकालिन र आंशिक रुपमा स्टेयरयुनिभर्सिटीमा प्राध्यापनमा संलग्न हुनुहुन्थ्यो । सर्वनाम नाट्य समुहसँग संबद्ध मित्र डा. शैलेश भण्डारीको निधन प्रती अन्तराष्ट्रिय कलाकार मन्चका तर्फबाट अध्यक्ष्य रामप्रसाद खनालले दु:ख र हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै शोक सन्तप्त परिवार जन प्रती हार्दिक समबेदना प्रकट गर्नुभएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक