20100903

कमल थापासँग उनकै घरमा पुगेर हारगुहार मागेका प्रचन्डले फेरी लोकेन्द्र बहादुर र पशुपती सम्सेर सँग पनि गुहार मागे !

माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पक्षमा मत दिन आग्रह गर्दै शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरुसँग छलफल गरेका छन् । लोकन्थलीस्थित राप्रपा नेता लोकेन्द्रबहादुर चन्दको निवासमा चन्दसहित राप्रपा अध्यक्ष पशुपतिशम्शेर जबरासाग छलफल गरेका छन् । भेटमा राजनीतिक गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको राप्रपाले जनाएको छ । चन्द, राणा र दाहालबीच प्रधानमन्त्रीको निर्वाचन, शान्तिप्रक्रियाका...
विषयमा छलफल भएको अध्यक्ष राणाले बताए ।राणाका अनुसार अध्यक्ष दाहालले यही भदौ २० गते हुने प्रधानमन्त्री निर्वाचनमा आफूलाई सघाउन आग्रह गरेका थिए । राप्रपाले पाँच चरणको निर्वाचनमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई मत दिंदै आएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक