20100902

पाँच करोडमा माओवादीले मालेका सभासद किनेको रहस्योदघाटन

माले महासचिव सिपी मैनालीले माओवादीले प्रचण्डलाई प्रधान मन्त्रीमा भोट दिन आफनो पार्टीलाई ५ करोड रुपैयाँको आर्थिक प्रलोभन देखाएको खुलासा गरेका छन्। 'मैले सो प्रस्ताव अस्वीकार गरेपछि उनीहरुले प्रलोभनमा पर्न लालायित सांसदहरुलाई साथ लिएर पार्टी विभाजन गर्न लगाए'- मैनालीले भने। भक्तपुर रफत सञ्चार क्लबले आयोजना गरेको कार्यक्रममा मैनालीले भने- आर्थिक प्रलोभनमा फस्न सक्ने ४ जना सभासदलाई खरिद गरेर उनीहरुले जगतबहादुर बोगटीमार्फत् पार्टी विभाजन गर्न लगाए। उनले एमालेको तटस्थ बस्ने निर्णयका कारण माओवादीले थप अरु पार्टीका सभासद किनबेच गर्ने मौका पाइरहने बताए र...
एमालेलाई निष्कर्ष पुग्न आग्रह गरे। माओवादीले मालेलाई जस्तै अरु पार्टीका सभासदलाई पनि आर्थिक प्रलोभन दिइ पार्टी विभाजन गराउने र आफू हिरो बनी लोकतन्त्र समाप्त गर्न खोजेको उनको भनाइ थियो। उनले सहमतीय सरकार गठन नभए पनि बहुमतीय प्रणालीबाट सरकार गठन गरे अकाश नखस्ने भन्दै संविधान निर्माण र शान्ति प्रक्रिया टुङ्ग्याउनका लागि भने सबै दललाई समेटेर सहमति गर्नुपर्ने बताए। आधा घण्टासम्म बोलेका माले महासचिव मैनालीले आगामी दिनमा माओवादीलाई विश्वास गर्न नसकिने भन्दै कुनै पनि हालतमा प्रधान मन्त्रीका लागि प्रचण्डलाई समर्थन नगर्ने पनि बताए। तीन दलको सहमति यस्तो आए पनि त्यो साना दललाई स्वीकार्य नहुने उनको भनाइ थियो।- रोशन शिल्पकार

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक