20100912
संविधानसभाका ६०१ जना सभासद्हरुलाई प्रमुख जिल्ला अधिकारीमार्फत् साडी, ब्लाउज, चुन्नी, सिन्दूर सहित श्रृङ्गार सामान, चुरा पठाइयो
महिला फोरम, नवलपरासीले सभासद्हरुलाई महिलाले लगाउने कपडा र श्रृङ्गारका सामग्री पठाएका छन्। महिला फोरमले प्रमुख जिल्ला अधिकारीमार्फत् साडी, ब्लाउज, चुन्नी, सिन्दूरसहित श्रृङ्गार सामान संविधानसभामा प्रतिनिधित्व गर्ने ६०१ जना सभासद्का लागि पठाएको हो। प्रत्येक राजनीतिक दलको नेतृत्व पुरुषले गरिरहेको र संविधानसभामा पनि पुरुषको वर्चस्व हुँदाहुँदै पनि संविधान निर्माणप्रति इमान्दार र सक्रिय नरहेकाले महिलाले प्रयोग गर्ने सामग्री पठाइएको महिला फोरमले जनाएको छ। जनताले संविधान निर्माण गर्नका लागि चुनेर पठाएका सभासद्ले सत्ताको लोभमा मात्र लागेकाले महिला फोरमले प्रजिअलाई ज्ञापनपत्र बुझाउँदै संविधान निर्माण गर्न नसके राजीनामा दिन माग गरेको छ।-नागरिक

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक