20100916

कङ्रेसका संस्थापक मध्येका एक, पूर्व सभापति भट्टराई 'बिस्फोट'

"म यस्तो निर्थक र नक्कली संस्था कथित गणतान्त्रिक कङ्ग्रेसको निमन्त्रणामा महाधिवेशनमा  उपस्थित हुनु बेकार संझी सो को जनाउ तपाँईलाई दिन चाहन्छु" 
- कृष्णप्रसाद भट्टराई
नेपाली कङ्ग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईले नेपाली कङ्ग्रेको भोलीबाट सुरु हुने महाधिवेशनमा नआउने जानकारी दिएका छन्। कङ्ग्रेसले पठाएको औपचारिक पत्रको लिखित जवाफ दिँदै भट्टराईले महाधिवेशनमा उपस्थित हुनुलाई 'बेकार' भनेका छन्। 'परम आदरणीय एवम्...
हाम्रो नेपाली समाज कायम रहेसम्म जीवित रहने खालको व्यक्तित्व रहेका नेताद्वय बीपी एवं गणेशमान सिंहलाई पनि विर्सीसकेको संस्था आजको कथित गणतान्त्रिक कङ्ग्रेसको निमन्त्रणा प्राप्त भएकोमा धन्यवाद,' भट्टराईद्वारा कङ्ग्रेसका कार्यबाहक सभापति सुशील कोइरालालाई लेखेको जवाफ पत्रमा अगाडि भनिएको छ, 'म यस्तो निर्थक र नक्कली संस्थामा उपस्थित हुनु बेकार संझी सो को जनाउ तपाँईलाई दिन चाहन्छु-यही पत्रद्वारा।'

बेबिलोनको बगैचामा ..............
        मित्र लाल पार्दे " हिमाल "

              पोल्यान्ड

बेबिलोनको बगैचामा मानवताको लाश पाँए  !   
बुद्धरुपी मन्दिरभित्र कसाइको बास पाँए   !

राम मर्दा बुद्ध रोयो क्राइस्ट मर्दा अल्लाह रोयो
तर आज राम अल्लाह लडाउने त्रास पाँए  !

युद्ध होइन बुद्ध भन्दै बाह्र  लाश हुँदा पनि
बुद्धको घरै भित्र बुद्धत्वको नाश पाँए  !

भाई भाईको लाशै लाशले सगरमाथा चुलिदा पनि
टुलु टुलु हेरिबस्ने रमितेकै मास पाँए  !

धेरै पटक लडी लडी लोकतन्त्र लिदा पनि
जनता अझै मालिक होइन नेताकै दास पाँए  !

साच्चै अन्याय र अत्याचारको बिरुद्धमा आवाज उठ्छ भने
कति मित्र जुर्मुराउथे मित्रहरुकै आश पाँए  !


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक