20100917

कङ्रेसको महाधिबेसनमा गएर धम्क्याउन खोज्दा प्रचन्ड बिरुद्ध हुटिङ, ओठ मुख सुक्यो प्रचन्डको, रामचन्द्रले गतिलै जबाफ दिए !

नेपाली कांग्रेसको १२ औं महाधिवेशन काठमाडौंमा भव्य रुपमा सुरु भएको छ। शुक्रबारको उद्‌घाटनमा प्रधानमन्त्री माधवकुमार नेपाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष झलनाथ खनाल.....
सहित विभन्न दलका शीर्ष नेता सहभागी भएका छन्। पाँच दिनसम्म चल्ने महाधिवेशनलाई एकता महाधिवेशनको रुपमा लिइएको छ। कङ्ग्रेस नेता रामचन्द्र पौडेलले माओवादी अध्यक्ष पुष्पकमल दाहालले हतियारको राजनीति त्यागेको बताउँदासाथ आफूले प्रधान मन्त्रीको उम्मेद्‍वारी फिर्ता लिने घोषणा गरेका छन्। 'तपाईं हतियारको राजनीति छाडेको घोषणा गर्नूस्, म तत्कालै उम्म्द्‍वारी फिर्ता लिन्छु'- त्यहीँ उपस्थित दाहालसँग उनले आग्रह गरे। माओवादी अध्यक्ष पुष्पकमल दाहालले माओवादीलाई निषेध गरेर यो देशको समृद्धिको परिकल्पना गरियो भने त्यो घातक हुने बताएका छन्। उनले आफूलाई गिरिजाप्रसादल शान्ति प्रकियामा ल्याएको हैन भनेपछि उनीविरुद्ध हुटिङ भएको थियो। कङ्ग्रेसको बाह्रौं अधिवेशन उद्‍घाटनका अवसरमा उनले असाध्यै सम्वेदनशील मोडमा कङ्ग्रेसको महाधिवेशन सम्पन्न हुन गइरहेको बताए। वीपी र गिरिजाप्रसाद कोइरालाई सम्झँदै दाहालले भने- 'वीपीले जीवनको उत्तरार्द्धमा राष्ट्रियता र लोकतन्त्रबारे गरेको विश्लेषणलाई ध्यान दिन चाहन्छु।'गिरिजाप्रसाद कोइरालाले मलाई शान्ति प्रक्रियामा ल्याएको हैन भनेपछि उनलाई दर्शकले हुटिङ गरेका थिए। गिरिजाप्रसाद कोइराला र मैले शान्ति प्रक्रिया सुरु गरेको हो- उनको भनाइ थियो।
नेकपा मालेका महासचिव सीपी मैनालीले माओवादीसँग गरेका सम्झौताअनुसार कामहरु अघि नबढिरहेको भन्दै देशमा तनाव बढिरहेको उल्लेख गरे। नेपाल सद्‌भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेपाली जनताका लागि आगामी दिन अझ चुनौतीपूर्ण हुनसक्ने बताउँदै लोकतन्त्रको संस्थागत गर्न सजग रहनुपर्ने बताए। महतोले हिन्दीमा भाषण गर्न थालेपछि दर्शकले हुटिङ गरेका थिए। रामचन्द्र पौडेलले 'उहाँलाई जुन भाषामा सहज हुन्छ त्यही भाषामा बोल्न दिनोस्' भनेपछि दर्शक शान्त भएका थिए। नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी महाधिवेशनले नेपाली कांग्रेसलाई राजनीतिक र लोकतान्त्रिक चिन्तनको धारमा उभ्याउन सक्ने विश्वास व्यक्त गरे। संयुक्त जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनता निरास भइसकेको बताउँदै बामपन्थी र प्रजातान्त्रिक शक्तिहरुबीच फेरि पनि एकताको खाँचो रहेको बताए।
Click on the slide!

म आउँदिन : नेपाली काँग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई बिहीबार नयाँ सडकमा पान खाँदै। उनले काँग्रेस महाधिवेशनमा सहभागी हुन अस्वीकार गरेका छन्। तस्बिरः विकास कार्की

 











- News/Photos : चन्द्रशेखर कार्की, भोजराज भाट / नागरिक

कांग्रेसको आसन्न १२औँ महाधिवेशन बाट नेतृत्व अर्को पुस्तामा र पार्टी को भबिश्य  ?                    -- सोम नाथ घिमिरे, न्यू योर्क, अमेरिका
    कांग्रेसको नेतृत्व १२औँ महाधिवेशनपछि अर्को पुस्तामा जानेछ। २१ सौ सताब्दी मा कांग्रेस को नेत्रित्व लिने नेता ले कांग्रेसलाई सामान्य अवस्थामा पनि प्रक्रिया र पद्धतिबाट चलाऊन जरुरी छ,  हठ र आदेशबाट  चलाऊने ति दिन हरु अब समाप्त नै पार्छु भन्ने अठोट गर्नु पर्छ।
    ०४६ साल को आन्दोलन पछी नेपाली कांग्रेस लाई धमिलो बादल को  स्थितिमा ल्याउनुको कारण नै हिजो  नेत्रित्व लिने नेता हरूको कमजोरी र नेतृत्व क्षमताको अभावको फलस्वरूप हो जस्तो लाग्छ।
मुलुक र कांग्रेसलाई बदलिएको परिस्थितिमा अघि बढाउने सोच, विचार र नेतृत्व क्षमता रहेको नेता ले नेृतत्वलाई स्थापित गर्नेछ  र राजनीतिक, सामाजिक एवं सांस्कृतिक रूपमा देशलाई गति  दिने छ। २१औँ शताब्दीको नयाँ परिस्थिति मा पनि पार्टी विभिन्न गुटहरूको स्वार्थले छियाछिया भएको छ र हाम्रा नेता हरु ले त्यसलाई निरुत्साहित गर्दै लान अत्यन्त जरुरी भएको छ।
बिपी कोइरालाको आदर्श र सिद्धान्तलाई पुनस्र्थापित गर्दै कांग्रेसलाई जीवन्त पार्टी बनाउन र कांग्रेसको संगठनलाई जुझारु बनाउँदै देशका समस्या र चुनौतीको सामना गर्नसक्ने सक्षम पार्टी निर्माण गर्नु अनी कांग्रेसलाई रूपान्तरण गर्दै मुलुकमा जारी राजनीतिक अन्योलको अन्त्य साथै लोकतान्त्रिक आन्दोलन र वैचारिक धारलाई जीवित राख्नु नै हाम्रो पार्टी को भबिश्य उज्ज्यालो हुनु हो। 
हाम्रो पार्टी नेपाली कांग्रेस सबैको साझा पार्टी हो त्यसैले जनजाति, आदिवासी, मधेसी, मुस्लिम, अल्पसंख्यक, महिला, युवा सबैको प्रतिनिधित्व हुनुपर्दछ ।  मूल्य, मान्यता र आदर्शको राजनीतिलाई पुनस्र्थापना गर्दै निष्ठावान, इमानदार कार्यकर्ता तथा निमुखा जनताका लागि भरोसायुक्त पार्टी बनाउन अती आवश्यक छ ।
समावेशीता, नयाँ विचार र एकताका लागि कांग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको छ । विभाजन, अनुशासनहीनता र भ्रष्टाचारी प्रवृत्ति लाई समाप्त पार्दै अगाडि बडे मात्र कांग्रेस नयाँ गति र विचारबाट अगाडि बढ्नेछ । परिवर्तित सन्दर्भमा पुरानै ढंगले कांग्रेस अगाडि बढ्न सक्दैन । । मै नै ठूलो हुँ । मै शासक हुँ । मै कांग्रेस हुँ भन्ने व्यक्तिवादी सोच हटाउनै पर्छ। यथास्थितिको सोच राखेर पार्टी कहिले उभो लाग्दैन अब का दिन् हरु मा। हाम्रो पार्टी, नेपाली कांग्रेस भित्र नाताबाद, कृपाबाद र परिवारबाद को अन्त्य हुनै पर्छ र कार्यकर्ता हरु ले पार्टी लाई गरेको काम को सइ मुल्याकन हुनै पर्छ। कसै लाई काखा र कसै लाई पाखा लगाउने प्रयास गर्‍यो भने हाम्रो पार्टी कापा हुँदै धेरै कम्जोर हुने छ।
पार्टी को बिधी,बिधान र निर्देशन् बिरुद्ध जस्ले कार्य गर्छ, तेस्तालाई सजाये दिने एउटा परीपाटी बसाउन अतन्त्य जरुरी भएको छ। तेस्ले  हामी हरु माज एउटा डर को भावना श्रीजना गर्छ र हामी सबै लाई अनुशासित बनाउछ। हाम्रा नेता हरु ले हिजो का गल्ती हरु लाई स्विकार्दै र सचाउदै आत्मसाथ अगाडि बडे भने हाम्रो पार्टी को भविश्य अती उज्ज्वल हुने छ।
१२ औ महाधिवेशनपछि  जसले पार्टीमा नेतृत्व लिन्छ, उस्ले नयाँ विचार, निती र कार्यक्रम ल्याएर, कार्यान्वयन गर्दै अगाडि बड्यो भने हाम्रो पार्टी २१ औ सताब्दी को उत्कृष्ट पार्टी बन्ने छ भन्ने मलाई लाग्छ।
१२औँ महाधिवेशनपछि कांग्रेस वास्तविक समावेशी र पद्धतिमा हिँड्ने पार्टी हुनेछ भन्ने हामी कांग्रेस्सी साथी हरुलाई ठुलो विश्वाश छ। अमेरिका का कांग्रेसी साथी हरु को बाह्रौं महाधिवेशन को पूर्ण सफलता को शुभकामना सहित न्यानो जए नेपाल।
--
Somnath Ghimire
Hello: 1-917-742-7566

झलनाथ एमाले र प्रचण्ड माओवादीको संयुक्त वक्तव्य

 एकीकृत नेकपा (माओवादी) र नेकपा (एमाले) ले अहिलेको प्रक्रियाको निरन्तरताले प्रधानमन्त्रीको निर्वाचनमा सकारात्मक निष्कर्षमा पुग्न नसक्ने ठहर गरेका छन् । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालबीच आज बिहान भएको संयुक्त बैठकले यो ठहर गरेको हो । बैठकपछि जारी संयुक्त विज्ञप्तिमा प्रधानमन्त्री पदका लागि व्यवस्थापिका संसदमा सातौँ पटकसम्म भएको असफल निर्वाचनले सम्पूर्ण स्वाभिमानी नेपालीलाई चिन्तित तुल्याएको उल्लेख गर्दै यही प्रक्रियाको निरन्तरताले सकारात्मक निष्कर्षमा पुग्न सकिंदैन भनिएको छ । उनीहरूबीच यस स्थितिमा प्रधानमन्त्रीका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ शिराबाट राष्ट्रिय सहमतिको आधारमा प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाउने उद्देश्यले उम्मेद्वारी फिर्ता लिने र पार्टी जारी निर्वाचन प्रक्रियामा सहभागी नहुने सहमति भएको छ । त्यसैगरी प्रधानमन्त्रीको निर्वाचन वर्तमान प्रक्रिया अन्त्य नभइ नयाँ प्रक्रिया आरम्भ नभएसम्म नेकपा (एमाले) निर्वाचन प्रक्रियामा सहभागी नहुने सहमति भएको बैठकपछि दुवै अध्यक्षद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।


America-Nepal Women Association of GreaterWashington DC (ANWA) is organizing  

YARD SALE - Fund Raising for Education

Your charitable contribution by cleaning out your closets, cabinets and storage, as well as your donation will lead the bright future of under privilege children in Nepal

Date:    SATURDAY, 25th of September, 2010
Time:    8:00am to 2:00pm
Venue: 18201 Contour Rd, Gaithersburg, MD 20877


Contact persons:

Sarala Pandey: 703-589-5296;
Meena Kandel: 703-939-5823;
Sharda S. Khati: 703-786-6503;
Bishnu Thapa: 571-214-2267;
Sunita Siwakoti: 240-506-3477;

यो कस्तो मानसिक विक्षिप्तता?
- शेखर ढुंगेल
कुनै बेला शान्ति र तपोभूमि भनि गर्ब गरिने देस नेपाल किन आज संसार लाइ लज्जित बनाउने गरि अशोभनीय कार्य गर्न प्रोत्साहित भएको छ ?यस्तो लाग्दछ नेपाल भन्ने देश 'अपराधि द्वारा अपराधि को लागि राज्य गरिएको देश हो " जहा मन्दिर होस् कि अदालत र नेता होस् कि जनता मा अपराधिक प्रवृति को मानसिकता ले साम्राज्य गरेको छ .

सरकार अपाहिज छ प्रहरी प्रशासन अपाहिज छ दण्ड हिनता को पराकास्ठा छ . " मानबिय मूल्य र मान्यता ' मा स्खलन आएको छ . यसै प्रशंग मा कुरो गर्दा केहि बर्ष अगाडी यु ट्युब मा नैजिरिया को एउटा समाचार देखेको थिए बोक्सी को आरोप मा ५ जना गरिब गाउले लाइ सामुहिक रुपमा कुट्दै पिट्दै आगो लगाएर मारेको ' त्यस बेला यो मन ले भनेको थियो के तिनी हरु मान्छे हुन् त्यस्तो क्रुर मन भएका ? आज देश को समाचार सुन्छु बलात्कार पछी टुक्रा टुक्रा गरि काटेको , सडक दुर्घटना भयो चालक लाइ कुटी कुटी खोला मा फ्यालेको , छिमेकी को झगडा छुट्याउन जाने बिच नै झगडा र एक को हत्या भएको यो प्रवृति मानसिक विक्षिप्तता न भए के हो ?बोक्सी भएको आरोप मा राजधानी मै गरिब महिला लाइ मानब मल मुत्र खुवाइयो . "गरिब कि छोरी तरुनी भए बेस्या र बुढी भए बोक्सी देख्ने हाम्रो निर्क्रिस्ट मानसिकता कहिले बदलिने ?यस्ता सैयौ चरम अमानबिय ब्यबहार को लामो सुची बढ्दै गएको छ नियन्त्रण र निरुत्साहित गर्ने चासो सरकार ले लिएको छैन . एक पछी अर्को त्यसतै अपराधिक कार्य गर्न हतोत्साहित गर्ने सजाय दिन प्रशासन चुक्नु नै यस्तो प्रवृति मौलाउनु को मुख्य कारण हो .

जनता मा प्रशासन र सरकार प्रति निस्पक्षता , इमान्दारिता छ र अपराधीले सजाय भोग्ने छ भन्ने विश्वास भयो भने कानुन हात मा लिने जोखिम कसैले उठाउदैनन . तर हामि को मा अपराध गरे पछी सजाय भोग्नै पर्छ भन्ने डर छैन उल्टो बचाउ का सय दाउ छन् . यो राजनीति मा अपराधिकरण भएको हुदा भएको हो भन्ने मा संका छैन अब कहिले नेपाल अपराधिक राजनीतिज्ञ बाट मुक्त हुने र समाज अपराध सुन्य मा बदलिने ? बिस्व इतिहास मा पढेका छौ धेरै क्रान्ति मध्ये अपबाद बाहेक हमेशा नागरिक र देश को सुन्दर भबिस्य कोरेका छन् धेरै क्रान्ति ले रास्ट्र लाइ सुशासन , सु निस्चितता , शान्ति र स्थायित्व दिएका छन् तर बिडम्बना नेपाल बिस्व कै अन्य देश मध्य धेरै क्रान्ति गर्ने देश हुनु को बाबजुद देश भने उल्टो बाटो हिडी राखेको छ . २०४६ साल को सफल आन्दोलन ले राजनैतिक स्वतन्त्रता त दियो तर सुशासन दिन सकेन उल्टो अस्तव्यस्तता , भ्रस्टाचार दियो , माओबादी को क्रान्ति ले जनता मा दबिएको दासत्व माथि उज्यालो त छर्यो तर अपराध को साम्राज्य खडा गरिदियो ,रास्ट्रीय विखण्डन को बिउ रोपिदियो , स्वाधिनता मा संकट निम्त्यायो र , रास्ट्रीय एकता मा बिचलन लेराएर देश लाइ असफलता को भिर मा पुर्याई दिएको छ .के हो क्रान्ति को परिभाषा बिकृति कि सु सस्कृति ?

अहिले समाज मा कानुन देखि डराउने कोइ छैन राज्य प्रति कसैको विश्वास छैन अपराधिक जत्था लाइ राजनैतिक दल हरुले समरक्षण दिएका छन् तब प्रश्न उठ्छ जनविरोधी काम गर्ने अपराधी लाइ बोकेर दल हरु कसको लागि राजनीति गरि राखेका छन् ?अपराधिको रक्षा र सुरक्षा कर्मी को दोहोलो काट्छन हाम्रा नेता हरु यो अवस्था मा हत्या , लुट , बलात्कार अपहरण ले प्रोत्साहन पाउने नै भयो .त्यसैले भन्नु पर्छ 'नेपाल भनेको अपराधी द्वारा अपराधिको लागि शासन भएको देश हो " होइन भने किन पाउदैन अपराधीले सजाय किन बढ्दै गएको छ यस्ता मानसिक बिक्षिप्तता पूर्ण अपराधिक घटना हरु ?

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक