20100920

प्रचन्ड भन्छन "आउने चुनाबमा दुइतिहाइ ल्याउछौँ !"

जाने बेलामा माकुने सरकारले एउटा राम्रो निर्णय गर्‍यो
माओवादी अध्यक्ष पुष्पकमल दाहालले अबको आम चुनावमा माओवादीको दुई तिहाइ बहुमत आउने ठोकुवा गरेका छन् । उनले माओवादीको दुई तिहाइ बहुमत आउने डरले अन्य दलले षड्यन्त्र सुरु गरेको बताए । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा नवजनवादी मोर्चाबाट माओवादी प्रवेश गरेका नेताहरुको स्वागतका लागि आयोजना गरिएको कार्यक्रममा अध्यक्ष दाहालले क्रान्तिकारीबीच एकता गरेर विश्वमाझ नेपाली क्रान्तिलाई चिनाउनुपर्ने अवस्था आएको बताए, एमालेसँग भएको तीन बुँदे सहमति तथा अनमिनको म्याद...
थप र लडाकुलाई विशेष समिति मातहत ल्याउने सहमतिले जनतामा सकारात्मक सन्देश गएको दाहालले दोहोर्‍याए । अब कांग्रेस र माओवादीसँग नयाँ सहमित गरी अघि बढ्ने जानकारी दिंदै दाहालले संविधानसभा विगठन गर्ने सवै षड्यन्त्र विफल बनाउने उल्लेख गरे ।
यता माकुने सरकारले जाने बेलै सहि एउटा र नेपालीलाई मन पर्ने गतिलो निर्णय गरेको छ। सरकारले लवेदा, सुरुवाल, कोट र चोलो-सारीलाई 'नेपाली पोसाक' को मान्यता दिएको छ। लोकतन्त्र आएपछि पहिलो पटक नेपाली पोसाक तोकिएको हो। लोकतन्त्रअघि पुरुषलाई दौरा, सुरुवाल, कोट र टोपी, महिलालाई चौबन्दी चोलो र फरिया 'राष्ट्रिय पोसाक' थियो। नेपाल राजपत्रमा 'राष्ट्रिय पोसाक' नभनी 'नेपाली पोसाक' नाम दिइएको छ। 'नेपाली पोसाक भन्नाले नेपाली नागरिकले साविकमा लगाउँदै आइरहेको महिलाका निमित्त जुनसुकै शैलीको चोलो, सारी र जुत्तासहितको पोसाक र पुरुषका निमित्त लवेदा, सुरुवाल, कोट र टोपीसहितको पोसाक सम्झनुपर्छ,' राजपत्रमा भनिएको छ। निजामती कर्मचारी, सेना र प्रहरीलाई औपचारिक समारोहका निम्ति पोसाक तोकिएको गृहसचिव गोविन्द कुसुमले बताए। 'मन्त्रिपरिषद्ले भदौ पहिलो साता गरेको निर्णय हो,' उनले भने। एकीकृत माओवादी, मधेसवादी र जनजातिले नेपाली भाषा र दौरा सुरुवाललाई 'महेन्द्रवादी एउटै भाषा, एकै भेष' को नीति भनी विरोध गरेपछि सरकारले राष्ट्रिय पोसाक तोकेको थिएन। प्रधानमन्त्रीको सपथग्रहणमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले सर्ट, प्यान्ट, टाई र कालो टोपी लगाएपछि मन्त्रालयका सचिव, सहसचिवले समेत दौरा-सुरुवाल छाडेका थिए। नेपाली पोसाकमा भादगाउँले कालो टोपीलाई समेटिएको छ। 'ग्रे/कालो कोटसहितको औपचारिक पोसाकमा साविकबमोजिम नै चोलो, सारी/ लवेदा, सुरुवाल (सेतो) र टोपी (भादगाउँले) कालो रंगको हुनेछ,' राजपत्रमा छ। औपचारिक नेपाली पोसाकमा छालाको कालो जुत्ता तोकिएको छ।
संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार, दौरा-सुरुवाल र चोलो-फरिया छ सय वर्षअघिको मल्लकालभन्दा पुरानो पोसाक हो। 'प्रविधि नभएकाले त्यसबेलाको फोटो त पाइँदैन', जोशीले भने, 'पाटनको बालकुमारी, चाँगुनारायण, पशुपतिनाथ र गुहेश्वरी, तीनधारा पाठशालाको शिव मन्दिरमा रहेका ढुंगाको मूर्तिमा दौरा-सुरुवालै लगाएको देखिन्छ।' मल्लकालीन डिजाइन अहिलेभन्दा फरक रहेको जोशीले बताए।
राजपत्रमा निजामती, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पदाधिकारीका लागि औपचारिक समारोहमा सहभागी हुन छुट्टाछुट्टै पोसाक तोकिएको छ। राष्ट्रपतिलाई मानपदवी दिने समारोहमा सहभागी हुन निजामती कर्मचारीलाई 'आआफ्नो पद अनुसार ग्रे/कालोकोटको औपचारिक पोसाकमा पट्टासहित मानपद्वी सबै र अलंकार पदकहरू' सहित उपस्थित हुन तोकिएको छ। सेना, प्रहरीका व्यक्तिहरूले 'ट्युनिक, एक्युलेट, ग्याठ बुट, मानपद्वी २, अलंकार र पदक' पहिरिनुपर्नेछ, परेडमा भाग लिनेले भने खड्गसहित सहभागी हुनुपर्नेछ। राष्ट्रपतिबाट संसद् अधिवेशनलाई संबोधन हुने, प्रधानमन्त्रीलाई मानपदवी प्रदान हुने, विदेशी राष्ट्रका विशिष्ट व्यक्तिलाई मानपद्वी प्रदान हुने, अन्य विभुषण सुशोभन समारोह, प्रहरी र सशस्त्र प्रहरी दिवश समारोहमा सहभागी हुन निजामति कर्मचारीले 'ग्रे कोट/कालो कोटसहितको औपचारिक पोशाकमा पट्टासहित मानपद्वी र अलंकार पदकहरू' लगाउनुपर्नेछ। सेना, प्रहरीका व्यक्तिहरूले 'ट्युनिक, एक्युलेट, ग्याठ बुट, मानपद्वी २, अलंकार र पदक' पनि पहिरिनुपर्नेछ, परेडमा भाग लिनेले भने खड्गसहित सहभागी हुनुपर्नेछ। राष्ट्रपति सहभागी हुने इन्द्रजात्रा समारोहमा पनि उक्त विभुषण र पोशाक लगाउनुपर्नेछ। संसद्को रात्रीभोज, राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आयोजित रात्रीभोजमा सहभागी हुन निजामती कर्मचारीले कालोकोटसहितको औपचारिक पोशाकमा स्वल्पकारहरू तोकिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरीले कालोकोटसहितको औपचारिक पोशकमा ट्युनिक/सेरोमोनियल एक्युलेट, ग्याठबुट र तारिका लगाउन तोकिएको छ।
लोकतन्त्र, गणतन्त्र, प्रजातन्त्र र सहिद दिवस समारोहमा निजामती कर्मचारीले ग्रे/कालोकोटसहितको औपचारिक पोसाकमा तारिका लगाउनुपर्ने छ। सेना र प्रहरीले उक्त पोशाकमा ट्युनिक, एक्युलेट, रिबन, ग्याठबुट पनि लगाउनुपर्नेछ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक