मैले त अमेरिकामा बसेर नेपालीहरु कुरौटे मात्र बनेको पाएँ
![](http://hamrosamaj.net/wp-content/uploads/2008/12/anil-pandey-california-1.jpg)
- अनिल पाण्डे
अमेरिकामा केही समययता सगरमाथाको नाम अलि बाक्लै सुन्न थालिएको छ । नेपालीहरुले ुआइुएम अ सिटिजन अफ द कन्ट्री ह्वेयर इज माउन्ट एभरेष्टु भन्दै विदेशीलाई परिचय दिने गरेका कारणले सगरमाथाको नाम सुन्ने गरिएको होइन । केही समयअघिसम्म नेपालबाट विविध कार्यक्रममा गाँसिएर अमेरिका आएका नेपालीहरु...
यसै शैलीमा आपुनो परिचय दिने गर्थे । तर त्यसरी परिचय दिनेहरुले बारम्बार मुखभरिको जबाफ पाउन थाले । ुयस यु बिल्ड द माउन्ट एभरेष्ट १ु भनेर विदेशीहरुले कटाक्ष गर्दै प्रतिकि्रया जनाएपछि सगरमाथाको आडमा आपुना अकर्मण्यता लुकाउँदै परिचय दिने नेपालीहरु जिल्ल परे । ुमेरो आकाशमा चन्द्रमा छु भनेर नाक फुलाउनुजस्तै सगरमाथा र गौतमबुद्धका नाममा गौरव गर्नु हो भन्ने चेत उनीहरुलाई खुल्यो । जसमा आपुनो केही योगदान नै छैन त्यसमा फुर्ती लडाउनुको के अर्थविश्वमा तेस्रो ध्रुव पनि भनेर पुकारिने सगरमाथा वातावरण विनाशका कारण आज चर्चामा आएको हो । जलवायुको परिवर्तनका कारण पृथ्वीमा बढ्दै आएको तापमानले सगरमाथा धौलागिरि अन्नपूर्ण माछापुच्छ्र्र्ेआदि हिमालयहरु रित्ता पहाडमा रुपान्तरित हुने क्रममा छन् । यही जानकारी विश्वलाई दिने प्रयास अमेरिकामा पनि भैरहेको छ । ुहिमालय बचाऊ को नारासहित संयुक्त राष्ट्रसंघको भवनअगाडि न्यूयोर्कमा प्रदर्शनी गरिनु विश्वलाई एकसाथ सन्देश दिने राम्रो विचार हो । २१ सेप्टेम्बरको एक दिन राष्ट्रसंघको ६५ औं महासभालाई देखाउने उद्देश्यले गरिएको जुलुस प्रदर्शनीमा २९ जना सगरमाथा आराहीहरु नै सरिक हुने कार्यक्रम प्रभावका दृष्टिले सामान्य हुन पनि सक्तैन ।
जोखिमपूर्ण पर्वतारोहणमा सरिक चर्चित व्यक्तित्वहरु अगाडि उभिएर गरिएको प्रदर्शनी आम नागरिकका लागि स्वभावतः आकर्षणको विषय हुन्छ । यस प्रदर्शनीलाई सफल बनाउन अमेरिकास्थित नेपाली राजदूतावासले १६ सेप्टेम्बरकै दिन अमेरिकामा रहेका गैरआवासीय नेपालीलाई आह्वान गरिसकेको थियो । वातावरणप्रति संवेदनशील विभिन्न संघ-संस्था तथा व्यक्तिहरुको सहभागिताका कारण यसको संख्यात्मक आकार पनि प्रभाव दिने स्तरको हुने नै भयो ।
अमेरिकाको यो प्रदर्शनी नेपालका हिमालहरुमा हिउँ हराएको बेला भएको त छ नै साथमा राजनीतिक अस्थिरताले सगरमाथा चुमेको समयमा पनि भएको छ । सात-सात पटकसम्म प्रधानमन्त्रीका लागि भएको संसदीय निर्वाचनबाट पराजित उम्मेदवारमध्ये एक पुष्कमल दाहाल प्रचण्डले थाकेर मैदान छोड्ने घोषणा गरेको र अर्का एक प्रत्यासी नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल अलमलमा परिरहेका बेला यो प्रदर्शनीको कार्यक्रम आयोजना हुन पुगेको छ । पौडेलले पनि तत्काल मैदान नछोड्ने हो भने असोज १० को आठौं चरणको निर्वाचनमा एक सय २० सांसद् मात्र निर्वाचन प्रकि्रयामा सरिक हुने सम्भावना छ । एमाले र माओवादीमध्ये एकले पनि साथ निदंदा कुनै पनि अवस्थामा रामचन्द्रलाई बहुमत पुग्दैन । मधेशी जनअधिकार फोरम तमलोपाआदिले सघाउँदा पनि पौडेललाई ३०१ पुग्दैन । तापनि यी हरफ लेख्दासम्म उनले मैदान छोड्ने र नयाँ प्रकि्रयाबाट प्रधानमन्त्री चयन गर्न मार्गप्रशस्त गर्ने निर्णय गरिसकेका छैनन् । यस्तो तरल राजनीतिले मुलुकलाई अन्योलग्रस्त बनाइरहेकै बेला आयोजित यस प्रदर्शनीले नेपालप्रतिको थप आकर्षण बढाएको छ । राजनीतिक अस्थिरताको मुलुकमा स्थिर हिमालयहरु छन् भन्ने सन्देश विश्वले पाएको छ वा पाउने छ ।
वस्तुतः नेपालमा अस्थिरभन्दा स्थिर प्रकृतिका वस्तुहरु नै धेरै छन् । दुर्भाग्यवश राजनीति वा व्यवस्थापन पक्ष अस्थिर रहेका कारण नेपालको छवि संसारमा एक अस्थिर प्रकृतिको मुलुकका रुपमा स्थापित भएको हो । नेपालको कला धर्म संस्कृति परम्परा भौगोलिक स्थितिआदि स्थिर छन् । यसको अस्तित्वमाथि कसैले चुनौती दिन सक्दैन । सानो उदाहरण जो निकै नयाँ पनि छ लिने हो भने केही साताअघि मात्र अमेरिकाबाट नेपाल फर्केको हास्य-व्यंग्य टेलिश्रृंखला तीतो सत्यको कलाकार टोलीलाई सम्झन सकिन्छ । कलाकार तथा सर्जक दीपकराज गिरी दीपाश्रीआदिको टोली अमेरिकामा रहेका नेपालीलाई पनि चलचित्रमा समेट्ने उद्देश्यले सातसमुद्र नाघेर यहाँ आएको हो । आपुनो मुलुकप्रति उनीहरुको चिन्ताको स्तर हेर्दा चिन्तारहित कोही छ भने नेपालमा राजनीतिज्ञहरु मात्र छन् भन्न करै लाग्छ । कलाकारको छातीभरि देशप्रेम सगरमाथा जस्तै अटल भएर कुँदिएको प्रष्ट अनुभव गर् यो यस पङ्क्तिकारले ।
यस लेखकलाई पातालतिर अड्किएका एक कलाकारका रुपमा प्रस्तुत गर्दै दीपकराज गिरीले चिन्दा प्रकट गर्नुभयो “अनिलजी मैले त अमेरिकामा बसेर नेपालीहरु कुरौटे मात्र बनेको पाएँ खालि यताको कुरा उता उताको कुरा यता ल्याउने कुरौटे । काम चािहं गतिलो केही पनि गर्न सकेको होइन ।” म दीपकजीको टिप्पणीप्रति गम्भीर भएँ हो वास्तवमा अमेरिकामा आएर नेपालीले आजसम्म गरेको काम भनेको कुरा नै हो । मुलुकको राजनीतिक अस्थिरताको कुरा सुन्यो यता ल्यायो अरुको आलोचना गर् यो । तर आफु ले चाही मुलुकको समृद्धि र स्थायित्वका लागि केही योगदान दिन नसक्यो । यही होइन अमेरिकामा रहेका नेपालीको मूल काम कुरा ठूला गर्ने र काम भने सानो पाउने । अमेरिकाको विज्ञान-प्रविधि उच्च शिक्षा र सामाजिक रुपान्तरणमा नेपालीको पहुँच ते ती धेरे आज सम्म छैन ।
विश्वको तेस्रो ध्रुव सगरमाथाको देश नेपाल आज कहाँ छ यस प्रश्नको जबाफमा हामीले भन्नैपर्छ अधिकांशतः निरपेक्ष गरिवीको रेखामुनि दुर्गम गाउँहरुमा परित्यक्त जीवन बाँचिरहेको छ । बाँकी नेपाल खाडी मुलुकमा दासजस्तो जीवन जिइरहेको छ । केही लामो छलाङ लगाउन सक्नेहरु अमेरिका र युरोपतिर छरिएका छन् तर स्थायित्व सिर्जना गर्ने उचाइ हासिल गरेका छैनन् । सगरमाथा स्थायित्वको प्रतीक हो तर नेपालीहरु अस्थायी जीवन लतारिरहेका छन् । यसलाई स्थायी बनाउन सगरमाथा र देशका सिर्जनशील कलाकारबाट सबैले पाठ सिक्नु आवश्यक छ ।
रेडियो दोभानको दशौ वार्षिक वनभोज कार्यक्रम मेरिल्याण्डको “क्याविनजोन रिजनल पार्क” मा सम्पन्न
![Radio Dovan 14](http://nepalmediacafe.com/site/wp-content/uploads/2010/09/Radio-Dovan-141.jpg)
वाशिंटन डिसी मेट्रो क्षेत्रमा विगत दश वर्ष देखि संचालनमा रहेको संचार माध्यम रेडियो दोभानको दशौ वार्षिक वनभोज कार्यक्रम मेरिल्याण्डको “क्याविनजोन रिजनल पार्क” मा यहि सेक्टेम्वर १९ तारिकका दिन सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि अमेरीकाका लागि नेपाली राजदुत शंकर शर्मा (पिएचडी)ले समुदाय, सामुदायिक संघ संस्था र संचार माध्यमका अन्तर सम्वन्धका वारेमा चर्चा गर्नु भयो । कार्यक्रमका अतिथि महावाणिज्यदुत प्रेमराजा महतले व्यक्तिले समुदाय निमार्ण गर्ने र समुदायले व्यक्तिको प्रगतिमा सहयोग पुर्याउने कारण हामीले समुदायको उन्नतिमा ध्यान पुर्याउन सक्नु पर्छ भन्ने भनाई आफ्नो मन्तव्यको क्रममा व्यक्त गर्नुभयो । कार्यक्रममा रेडियो दोभानका कार्यक्रम संचालीका गोमा संग्रौला र संस्थापक सदस्य निरञ्जनमान सिंह रेग्मीले पनि आ आफ्नो मन्तव्य राख्नु भयो । समुदायका संघ-संस्था र विषेश गरी संचार माध्यम विच ऐक्यवद्धता हुन जरुरी रहेको भनाई राख्दै रेडियो दोभानका कार्यक्रम निर्माता मुक्ती दवाडिले कार्यक्रम संचालन गर्नु भयो । आफ्नो संचार संस्था जस्तोसुकै परिस्थितीमा पनि समाजको सकारात्मक सहयोगका लागि तयार रहने अभिव्यक्ति सभापतिको आसनवाट रेडियो दोभानका संस्थापक अध्यक्ष नगेन्द्र पौडेलले राख्नु भयो । कार्यक्रममा डिसी मेट्रो वरपरका वासिन्दाको उल्लेखनिय उपस्थिती रहेको थियो ।
![Radio Dovan 2](http://nepalmediacafe.com/site/wp-content/uploads/2010/09/Radio-Dovan-29.jpg)
may be you are just around those type of people.
ReplyDelete