20100921

नेपाली कङ्रेसका शुभचिन्तकहरुलाई दु:खद समाचार : त्रिसुलीमा कार खस्दा कांग्रेस महाधिवेशनबाट फर्कंदै गरेका तीनको मृत्यु , तीन घाइते

कांग्रेस महाधिवेशनमा सहभागी भएर पोखरा फर्कंदै गरेको कार बुधबार अपरान्ह त्रिसुली नदीमा खस्दा कांग्रेस कास्की क्षेत्र नं. २ सभापति कृष्ण पराजुली, युवराज पहारी, तेजप्रसाद दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा कांग्रेस कास्की जिल्ला सदस्य कास्की मदनबहादुर केसी, क्षेत्र नं. २ सभापति मधु बास्तोला र जोगेन्द्र बाटाजु गम्भीर घाइते भएका छन् । उनीहरुलाई शकुशल उद्धार गरी प्रहरीले उपचारका लागि भरतपुर अस्पताल पुर्‍याएको प्रहरी नायब निरीक्षक विनोद धितालले जानकारी दिए ।
शेर बहादुरलाई पछार्दै  शुशिल कोइराला कङ्रेस सभापतिमा निर्बाचित, बिचरा भिम बहादुरको बिजोग   !
कांग्रेस नयाँ नेतृत्वका लागि मंगलबार भएको चुनावी माहौल कुनै संसदीय निर्वाचनभन्दा कमी थिएन !
नेपाली काँग्रेसको १२ औँ महाधिवेशनले वर्तमान कार्यवाहक सभापति सुशील कोइरालालाई सभापति पदमा निर्वाचित गरेको छ। कोइरालाले १६५२ मत ल्याएका छन्, जुन पार्टी विधान अनुसार निर्वाचित हुन आवश्यक कूल मतको ५० प्रतिशत भन्दा बढी हो। उनका निकट प्रतिद्वन्द्वी शेरबहादुर देउवाले १३१७ मत मात्रै.....
ल्याए। सभापति पदका अर्का दावेदार पुराना तथा त्यागी नेता भीमबहादुर तामाङले भने मत स‍ं‍ख्यामा दोहोरो अंकपनि कटाउन सकेनन्। उनले ७८ मत मात्रै ल्याए। बुधबारदेखि अरु पदको मतगणना सुरु हुनेछ।

कांग्रेस नयाँ नेतृत्वका लागि मंगलबार भएको चुनावी माहौल कुनै संसदीय निर्वाचनभन्दा कमी थिएन ।
मतदानस्थल प्रज्ञाप्रतिष्ठान कमलादी र आसपास क्षेत्र उम्मेदवारका पर्चा, पम्पलेट, पोस्टर र भिजिटिङ कार्डले ढाकिएका थिए । त्रिचन्द्र कलेज अगाडिदेखि पुतलीसडक तथा दरबारमार्गदेखि कमलपोखरीसम्मको सडक पूरै पर्चा र पम्पलेटले छोपेको थियो ।
मतदानस्थलको प्रकृति हर्ेदा कुनै एउटा पार्टर्ीीेतृत्व चयनको चुनाव नभई दर्ुइ भिन्न दलको नेतृत्वको चुनावजस्तो लाग्थ्यो ।
सभापतिका उम्मेदवार सुशील कोइराला र शेरबहादुर देउवा प्यानलका र्समर्थकले आ-आङ्खना उम्मेदवारका पक्षमा तस्बिर तथा पर्चा बोकी नाराबाजी गरिरहेका देखिन्थे । बिहान ८ बजेदेखि मतदान हुने भने पनि पौने ११ बजेदेखि सुरु भएको थियो । कांग्रेस कार्यकर्ता तथा उम्मेदवारका र्समर्थकहरू बिहानैदेखि मतदानस्थल कमलादी पुगेका थिए ।
सभापति, महामन्त्री र कोषाध्यक्ष र ६१ केन्द्रीय सदस्य पदका लागि तीन सय ४० जनाले उम्मेदवारी दिएका थिए । सोमबार मध्यरात कोइराला प्यानल र देउवा प्यानलको टुंगो लागेको थियो । दुवै प्यानलमा नपरेका केन्द्रीय सदस्यका उम्मेदवारहरू स्वतन्त्र रूपले महाधिवेशन प्रतिनिधिहरूसँग मत मागिरहेका देखिन्थे ।
सभापतिका तीन उम्मेदवारमध्ये देउवा मतदान नसकिञ्जेल ५ बजेसम्म प्रतिनिधिहरूसँग मत मागिरहेका थिए । अर्का प्रत्यासी कोइराला भने अस्वस्थताका कारण मध्याह्न मात्र मतदानस्थल प्रज्ञाप्रतिष्ठान आएका थिए । तर, उनले लाइनमा बसेका महाधिवेशन प्रतिनिधिहरूसँग मत भने मागेनन् । त्यस्तै, सभापतिका अर्का उम्मेदवार भीमबहादुर तामाङले एक/दर्ुइचोटि मात्र महाधिवेशन प्रतिनिधिसँग आङ्खना लागि मत मागेका थिए । तामाङको समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका नरहरि आचार्य पनि दिनभर मत माग्न व्यस्त देखिन्थे ।
महामन्त्रीका उम्मेदवारहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह, तथा कोषाध्यक्षका दाबेदार चित्रलेखा यादव र पद्मनारायण चौधरी दिनभर महाधिवेशन प्रतिनिधिसँग मत मागिरहेका थिए । मत हाल्न लाइनमा बसेका प्रतिनिधि र मत माग्ने उम्मेदवार तथा तिनका र्समर्थकको संख्या बराबर थियो । कसले कोसँग मत मागेको हो, छुट्टयाउनै गाह्रो पथ्र्यो ।
केन्द्रीय सदस्यमा उम्मेदवारी दिनेमध्ये चर्चित नेताबाहेक आदिवासी, दलित, महिला, मधेसी तथा अञ्चलबाट उम्मेदवार दिएकाहरूले आङ्खनो नामभन्दा पनि क्रमसंख्यालाई विशेष ध्यान दिएका थिए ।
अजर्ुननरसिंह केसी, गोपालमान श्रेष्ठ, लक्ष्मण घिमिरे, बालकृष्ण खाँण, डा. प्रकाशशरण महत, मोहम्मद अफताव आलम, सुनील भण्डारी, चन्द्र भण्डारी, गगन थापा, शंकर भण्डारी, रामहरि खतिवडा, कमला पन्त, रीता खनाल, कृष्ण सिटौला, गोविन्दराज जोशी, नवीन्द्रराज जोशी, पम्फा भुसाल, गुरु घिमिरे, मीना पाण्डे, उमा रेग्मी, भीष्मराज आङदेम्बे, सुशील नाहटा, अजय चौरासिया, सीताराम मेहता, महेन्द्र यादव, प्रदीप पौडेललगायतका केन्द्रीय सदस्यका प्रत्यासीहरू दिनभर मत माग्नै व्यस्त रहे । कोइराला प्यानलका चारओटा उम्मेदवारको लिस्ट आएकाले कसलाई मत दिनेमा सो पक्षका मतदाता अन्योलमा परेका देखिन्थे ।
तर, केन्द्रीय सदस्यमै उम्मेदवारी दिएका रामचन्द्र पौडेल, खुमबहादुर खड्का, सुजाता कोइराला, डा. शशांक कोइराला भने मत माग्न देखा परेनन् ।
मतदानस्थल प्रज्ञाप्रतिष्ठानभित्र सञ्चारकर्मीलाई पस्न दिइएको थिएन । पत्रकारहरूले बाहिरै बसी समाचार संकलन गरेका थिए । दर्ुइ/चारजना फोटो पत्रकारलाई भित्र जान दिइए पनि अन्यलाई रोक लगाइएकोमा सञ्चारकर्मीहरूले निर्वाचन समितिको सो कदमको विरोध जनाएका थिए ।
मत हाल्न एक घन्टा
६४ जनाका लागि तीन सय ४० जनाको उम्मेदवारी परेकाले महाधिवेशन प्रतिनिधिलाई मत हाल्न झन्डै एक घन्टा लागेको थियो ।
पुराना र नयाँ अनुहारका नेतालाई मतदान गर्नुपर्दा एक घन्टा लागेको र्सलाहीकी महाधिवेशन प्रतिनिधि जानुदेवी अधिकारीले बताइन् । पार्टर्ीीई सञ्चालन गर्न सक्ने योग्य नेता छनोट गर्नुपर्दा धेरै समय लागेको बताउँदै उनलेे राजधानीसँग भनिन्, 'निर्वाचन प्रक्रिया निकै झन्झटिलो रहेछ ।'
मतदानस्थलभित्र क्यामरा र मोबाइल प्रतिबन्ध थियो । मत हाल्न भित्र पसेकाहरूले आङ्खनो मोबाइल बाहिरै राखेर जानुपर्ने भएकाले मतदान सकिएपछि मोबाइल खोज्नै व्यस्त देखिन्थे ।
मोबाइल बाहिरै राखेर जानुपर्ने भएकाले पुराना कांग्रेस नेता रामहरि जोशी घन्टौं लाइनमा बसेर मतदान नै नगरी घर फर्किएका थिए । पछि धेरैले आग्रह गरेपछि मोबाइल अरूलाई नै राख्न दिएर उनले मत हालेका थिए ।
चारओटा बुथमा मतपत्र खसाल्नुपर्ने भएकाले धेरै समय लागेको महाधिवेशन प्रतिनिधि भीम श्रीषले बताए । 'मलाई त मत हाल्न पौने घन्टा लाग्यो भने गाउँबाट प्रतिनिधि बनेर आएकालाई झन् कति समय लाग्यो होला,' उनले भने ।
त्यस्तै, मकवानपुरकी प्रतिनिधि लक्ष्मी श्रेष्ठले केन्द्रीय सदस्यको लामो सूची भएकाले मतदान गर्न समस्या भएको बताइन् ।
चुनावमा पहिले खुलातर्फा २५ केन्द्रीय सदस्य, त्यसपछि १४ अञ्चल सदस्य, अनि पाँचजना आरक्षित कोटा तथा सभापति, महामन्त्री र कोषाध्यक्षलाई मत हाल्नुपर्ने व्यवस्था गरिएको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक