20100925

पलायन हुनबाट रोक्न १६ सय माओवादी राजनीतिक दबाबमा जुवाघरमा आबद्ध, उद्योगी–व्यवसायीहरू माओवादीको यो शैलीप्रति सन्तुष्ट छैनन्

दोस्रो जनआन्दोलन ०६२/६३ को सफलतासँगै शान्ति प्रक्रियामा आएको नेकपा माओवादीले पार्टी निकट युवा तथा कार्यकर्ताहरूलाई राजधानीका आठवटा पाँचतारे होटल तथा क्यासिनो (जुवाघर) मा १६ सय बढी कार्यकर्तालाई आबद्ध गराएको छ । जनयुद्धमा सक्रिय रहेका तथा पार्टीप्रति आस्था राख्ने कार्यकर्ता पलायन हुनबाट रोक्न आफ्नो पार्टीले तारे होटल र उद्योग÷कलकारखानालाई रोजगारका लागि आकर्षक केन्द्र बनाएको कुरा माओवादीका एक नेताले स्वीकारे । शान्ति प्रक्रियामा आउनु अघि राजधानीका होटल, उद्योग तथा कलकारखानामा माओवादी समर्थित मजदुर तथा कर्मचारी छिटपुट रूपमा कार्यरत थिए तर खुल्ला राजनीति...
हुँदै संविधानसभा निर्वाचनपछि सबैभन्दा ठूलो दल बनेपछि माओवादीले आफ्ना कार्यकर्तालाई रोजगारीका लागि बढिजसो होटल तथा उद्योग कलकारखानामा आबद्ध गराएको हो । अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको सरकारमा श्रममन्त्री बनेका लेखराज भट्टका पालामा माओवादीले तारे होटलमा आफ्ना कार्यकर्तालाई धमाधम भर्ती गरेको थियो । भट्ट श्रममन्त्री भएपछि मात्रै माओवादीले हजार बढी कार्यकर्तालाई तारे होटलमा भर्ती गराएको थियो । राजनीतिक दबाबमा राजधानीका सोल्टी, अन्नपूर्ण, याक एन्ड यती, एभरेष्ट, सांग्रीला, ¥याडिसन, ह्यात तथा मल्ल गरी प्रत्येक होटलमा न्यूनतम डेढ सयदेखि तीन सयको हाराहारीमा माओवादी निकट मजदुर तथा कर्मचारी कार्यरत छन् । माओवादीको तुलनामा अन्य दलसँग आबद्ध मजदुर तथा कार्यकर्ताहरू भने न्यून छन् । माओवादी निकट ट्रेडयुनियन महासंघका अध्यक्षसमेत रहेका सभासद शालिकराम जमरकट्टेलले भने खुल्ला प्रतिस्पर्धाबाट नै मजदुरहरूले रोजगार पाएको बताए ।
माओवादीले जनयुद्धताका स्थानीय स्तर तथा आफ्नो पहुँच भएको क्षेत्रमा जुवा–तास खेल्न तथा जाँडरक्सी उत्पादनमा प्रतिबन्ध नै लगाएको थियो । माओवादी नेतृत्वकै सरकारका पालामा गृहमन्त्री वामदेव गौतमले क्यासिनो बन्द गराउने भन्दै प्रहरीलाई राजधानीको दरबारमार्गस्थित अन्नपूर्ण क्यासिनोमा छापा मार्न निर्देशन दिए लगत्तै वाईसीएल र माओवादी मजदुर संगठनहरू प्रहरीविरुद्ध प्रतिवादमा उत्रिएका थिए ।
तत्काल क्यासिनो तथा जाँडरक्सी उत्पादनमा रोक लगाउँदा हजारौं मजदुरहरूले रोजगारी गुमाउने भएकाले आफूहरू कुनै निर्णयमा पुग्न नसकेको वाईसीएल उपत्यका इन्चार्ज तथा सभासद चन्द्रबहादुर थापा सागरले बताए ।
माओवादीको एकलौटी सत्ता आएपछि क्यासिनो तथा मदिराजन्य पदार्थ उत्पादनमा रोक लगाउने पार्टीको रणनीति रहेको उनले खुलासा गरे । माओवादीले मजदुरहरूलाई बन्द, हड्ताल, चक्काजाम तथा अन्य विरोध लगायतका कार्यक्रममा प्रयोग गर्ने गरेको छ । तर उद्योगी–व्यवसायीहरू माओवादीको यो शैलीप्रति सन्तुष्ट छैनन् । काम छाडेर आन्दोलनमा जाने मजदुरहरूलाई ‘नो वर्क–नो पे’ को व्यवस्था गर्नुपर्ने व्यवसायीहरूको भनाइ छ ।
होटल तथा उद्योग कलकारखानामा कार्यरत माओवादी सम्बद्ध कर्मचारीहरू योङ कम्युनिस्ट लिग (वाईसीएल) तथा मजदुर संगठनसँग आबद्ध रहेको सागरले बताए । मजदुर संगठन र वाईसीएलले उनीहरूबाट मासिक लेवीसमेत उठाउँदै आएको छ । आफू समर्थित मजदुर÷कर्मचारीलगायतबाट उठाएको लेवी उपत्यकाका तीन जिल्लामा रहेका आफ्ना पूर्णकालीन कार्यकर्ताको भरणपोषणका लागि खर्च हुने सागरको भनाइ छ ।
वाईसीएल तथा मजदुर संगठनले आबद्ध कर्मचारी÷मजदुर तथा कार्यकर्ताबाट लेवीबापत न्यूनतम २० देखि माथि जति पनि रकम उठाउने गरेका छन् । सागरले उपत्यकामा मात्रै वाईसीएलका १६ सय पूर्णकालीन कार्यकर्ता रहेको र उनीहरूको भरणपोषण संगठनले नै गर्नुपर्ने भएका कारण लेवी उठाउनु परेको दाबी गरे ।
तर माओवादी इतरका राजनीतिक दलहरूले भने वाईसीएलको यो स्वरूपलाई अर्धसैनिक संरचनाका रूपमा भएको भन्दै चित्रण गर्दै आएका छन् । करिब ९ सय कर्मचारी रहेको नेपालकै सबैभन्दा पुरानो पाँचतारे होटल सोल्टीमा मात्रै माओवादीका ३ सय हाराहारी कर्मचारी÷मजदुर कार्यरत छन् । यसैको हाराहारीमा अन्य तारे होटलमा उनीहरू संलग्नता छ । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको सरकारका पालामा माओवादीले आफ्ना कार्यकर्तालाई राजनीतिक दबाबमा तारे होटलमा भर्ती गराएको थियो । पाँचतारे होटलका एक अधिकारीले वाईसीएल तथा मजदुर संगठनका नाममा माओवादीले आफ्नो खर्च होटल तथा कार्यरत कर्मचारीहरूबाटै चन्दा मागेर जुटाउने गरेको खुलासा गरे । उनका अनुसार करिब १६ सयको हाराहारीमा रहेका राजधानीका तारे होटलका मालिकहरूबाटै माओवादीले ‘चन्दा सहयोग’ भन्दै महिनामा लाखौं रकम उठाउँदै आएको छ । “चन्दा नदिए होटलमा नै कार्यरत कर्मचारी तथा कामदारमार्फत आन्दोलन गर्छन्, अनि बाध्य भएर चन्दा दिनुपर्ने बाध्यता छ,” ती अधिकारीले भने ।

मेरी बास्सैको नयाँ भाग हेर्नुस् ...!




No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक