20100925

बुद्धको जन्म भारतको लुम्बिनीमा भएको र नेपाल भारतकै एक प्रान्त भन्ने कुरा गलत भएको ३५ देशका प्रतिनिधि र अमेरिकनलाई बुझाउदा !

३५ भन्दा बढी देशका करीब  ६  हजार मानिसको उपस्थितिमा अमेरिकामा चौथो अन्तराष्ट्रिय शान्ती समारोह सम्पन्न   
अमेरिकाको भर्जिनिया क्याटलेट स्थित भियत्नामीहरु द्वारा निर्मित बिशाल बुद्ध मन्दिर परिसरमा हिजो करीब ३५ देश भन्दा बढी बाट सहभागी एबम अमेरिकनहरु द्वारा चौथो अन्तरराष्ट्रिय शान्ती समारोह एबम शान्तिका लागि प्राथना कार्यक्रम भब्य रुपमा सम्पन्न भयो । बेलुकी ५ बजे देखी शुरु भै राती करीब १० बजे सम्म चलेको...उक्त सम्मेलनमा क्रिस्चियन, बुद्धिस्ट, क्याथोलिक, ईस्लाम, हिन्दू लगायत का प्राय सबै धर्म र समुदायका मानिस हरुको ठुलो उपस्थिती थियो। नेपालको लुम्बिनीमा जसरी बुद्धको पूजा र प्रार्थना गरिन्छ त्यसरिनै अमेरिका स्थित यस् भियत्नामी मन्दिर मा पनि पूजा र प्रार्थना गरिएको थियो। ३५ भन्दा बढी देश र प्राय सबै धर्म समुदायबाट सहभागिता जनाइ विश्वमा शान्तिका लागि प्रार्थना गरिएको उक्त बिशेष समारोहलाइ सम्बोधन गर्दै अन्तराष्ट्रिय कलाकार मन्चका अध्यक्ष्य रामप्रसाद खनालले भगवान गौतम बुद्धको जन्म भुमी नेपालको लुम्बिनी रहेको र नेपाल कसैको प्रान्त नभै एउटा स्वतन्त्र सार्बभौम राष्ट्र हो भन्दै अमेरिकी तथा अन्य विश्व समुदाय लाई स्पस्ट हुन आग्रह गर्नुभयो । वहाँले नेपाल वा बुद्धको जन्म भुमी लुम्बिनी भारतमा पर्छ भनी अमेरिकामा पाठ्यक्रममा राखिनु दुर्भाग्य भन्दै सच्याउन आग्रह गर्नुभयो । खनालको मन्तब्य पछी प्राय सबैले जिब्रो टोक्दै समर्थन जनाएका थिए । कार्यक्रममा प्राय सबै धर्म समुदायबाट मन्तब्य र सांगितिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो , यती ठुलो र करीब ६ हजार मानिस् को भिडमा नेपाली ३ परिवार मात्र सहभागी देखिए। कार्यक्रमका केही भिडियो र फोटोहरु तपाईंका लागि तल जस्ताको तस्तै प्रस्तुत छन।
/OBJECT>

1 comment:

  1. Desh sarkar/raj neta bihin vaeko mauka ma bideshi haru le afno sworth pura garna ka lagi thari-thari ka chal-khel gareko yo paribesh ma hami nepali jahan/juntaun ma chhaun tyahi bata yasari nai kehin vaepani garaun vanne vawana sabai
    ma yasari nai jagos vanne anurodh gardachhu.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक