20100927

नेपाली कांग्रेस केन्द्रीय समितिको लागि भएको निर्वाचनअन्तर्गत खुलातर्फको २५ सिट र अञ्चल तर्फको १४ सिटको नतिजा सार्वजनिक

कसको प्यानलबाट कसले जिते ?

नेपाली कांग्रेस केन्द्रीय समितिको लागि भएको निर्वाचनअन्तर्गत खुलातर्फको २५ सिट र अञ्चल तर्फको १४ सिटको नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार अञ्चलतर्फ संस्थापन पक्ष १४ सिटमा र देउवापक्ष ११ सिटमा विजयी भएको छ । यसैगरी अञ्चलतर्फको निर्वाचनमा संस्थापन ९ र देउवा पक्ष ५ स्थानमा विजयी भएको छ । यसअघि भएको आरक्षित  कोटातर्फको चुनावी परिणाममा देउवा पक्षले १२ र संस्थापनले १० सिटमा विजय प्राप्त गरेको......
छ । 
खुल्लातर्फको मतगणनाको परिणामअनुसार गगन थापा सबैभन्दा धेरै २०६१ मत प्राप्त गरी विजयी भएका छन् । यसैगरी अर्जुननरसिंह केसी २०३४ मत ल्याएर दोस्रो र खुमबहादुर खड्का १७९१ मत ल्याइ तेस्रो हुन सफल भएका छन् ।   

खुलातर्फ 
संस्थापन पक्ष
१. गगन थापा   २०६१
२. अर्जननरसिंह केसी  २०२४
३. सशांक कोइराला  १७६७
४. सुजाता कोइराला  १७३९
५. रामचन्द्र पौडेल  १७०३
६. रामशरण महत १६९९
७. शेखर कोइराला  १५३१
८. महेश आचार्य १५०१
९.  कृष्ण सिटौला  १३७३
१०. चन्द्र भण्डारी  १३६८
११. नारायण खड्का  १३४०
१२. बलबहादुर केसी  १२८६     
१३.कुलबहादुर गुरुङ  ११५५
१४. दीपकुमार उपाध्याय १०२०

देउवा पक्ष 
१. खुमबहादुर खडका  १७९१
२. प्रदीप गिरी  १७४१
३. बालकृष्ण खााड  १६०६
४. एनपी साउद   १५५६
५.मिनेन्द्र रिजाल  १४३५
६. प्रकाशशरण महत  १३८६
७.गोपालमान श्रेष्ठ   १२८६
८. पूर्णहादुर खड्का १२४६
९. ज्ञानेन्द्रबहादुर कार्की   १०६८
१०.शंकर भण्डारी  १२१९
११. मनमोहन भट्टराई  १०८०



अञ्चलतर्फबाट विजयी उम्मेदबार
संस्थापन पक्ष 
१. कोसी आमोदप्रसाद उपाध्याय १२७५
२. सगरमाथा रामकुमार चौधरी १०७५
३. जनकपुर आनन्दप्रसाद ढुङगाना ११५९
४.वाग्मती नवीन्द्रराज जोशी १३७५
५. लुम्बिनी कृष्णचन्द्र नेपाली १०८०
६.धौलागिरी अर्जुन जोशी १२८९
७.राप्ती दीपक गिरी १४०९
८.सेती बदि्र पाण्डे १११४
९.महाकाली दिलेन्द्रप्रसाद बडु १४२७


देउवा पक्ष 
१.मेची नरेन्द्रविक्रम नेम्वाङ १३००
२.नारायणी रमेश रिजाल १०८९
३.गण्डकी सुरेन्द्र पाण्डे १०१७
४.कर्णाली जीवनबहादुर शाही १३०८
५.भेरी किशोर सिंह राठौर १०४९
महिला समावेशीतर्फ 
महिला (६ सिटमा) 
देउवा पक्ष पुष्पा भुषाल (देउवा पक्ष) 
महालक्ष्मी उपाध्याय (डिना) (देउवा पक्ष)
अम्बिका बस्नेत (देउवा पक्ष) 
ईश्वरी न्यौपाने (देउवा पक्ष) 
मीना पाण्डे (संस्थापन पक्ष) 
कमला पन्त (संस्थापन पक्ष) 

दलिततर्फ 
दलिततर्फ पुरूष (३ सिटमा) 
मानबहादुर विश्वकर्मा (संस्थापन पक्ष)
मिन विश्वकर्मा (देउवा पक्ष)
जीवन परियार (संस्थापन पक्ष) 

दलित महिलाका (२ सिटमा) 
सुजाता परियार (देउवा पक्ष) 
कविताकुमारी सरदार (संस्थापन पक्ष) 


मधेशीतर्फ 
पुरुष (३ सिटमा) 
उमाकान्त चौधरी (संस्थापन पक्ष) 
अजय चौरसिया (देउवा पक्ष) 
महेन्द्र यादव (देउवा पक्ष) 

मधेसी महिलातर्फ (२ सिट)
पार्वती डिसी चौधरी (देउवा पक्ष) 
मिनाक्षी झा (देउवा पक्ष) 

आदिवासी जनजातितर्फ 
पुरुषतर्फ  (३ सिटमा) 
भिष्मराज आङदम्बे (देउवा पक्ष)
सूर्यमान गरुङ (संस्थापन पक्ष) 
धनराज गुरुङ (संस्थापन पक्ष) 
महिलातर्फ (२ सिटमा) 
सीता गुरुङ (देउवा पक्ष) 
रत्ना शेरचन (संस्थापन पक्ष) 

मुश्लिमतर्फ 

आफ्ताव आलम (संस्थापन पक्ष) 
आदरणीय शुभेच्छुकहरु
नमस्ते
हामी बाल्टिमोरमा आधार बनाएर कार्य गरिरहेका विभिन्न क्षेत्रका केही साथीहरु मिलेर विगत केही महिनादेखि ग्लोब नेपाल डट कम -www.globenepal.com_ को प्रकाशन आरम्भ गरेका छौं नेपालसँग सम्बन्धित समाचार स्थानीय गतिविधिलाई प्रमुख महत्वका साथ यथाशक्य चाँडो अपडेट गर्दै हामीले सूचना जानकारी प्रदान गर्ने प्रयास गरिरहेका छौं
ग्लोब नेपाल डट कम सामुहिक अवधारणाको सूचना तथा जानकारीमूलक अनलाईन खबरपत्रिका हो यसमा लेख,रचना सिर्जनालाई पनि हामीले समेटेका छौं साथै बाल्टिमोर आसपास हुने महत्वपूर्ण कार्यक्रमहरुको प्रत्यक्ष प्रसारण पनि हामीले गरिरहेका छौं
शुभेच्छुकज्यूहरु,
ग्लोब नेपाल डट कमको आरम्भपछि हामीले यही सेप्टेम्वर २२ तारिखदेखि परीक्षण प्रसारणको रुपमा साप्ताहिक नेपाली रेडियो कार्यक्रम नेपालमञ्च NepalManch को पनि प्रसारण आरम्भ गरेका छौं नेपालमञ्च रेडियो कार्यक्रम बाल्टिमोरबाट प्रसारण आरम्भ भएको पहिलो नेपाली रेडियो कार्यक्रम हो हाललाई साप्ताहिक रुपमा हरेक आइतवार ग्लोब नेपाल डट कममार्फत प्रसारण हुने यो कार्यक्रमलाई आगामी दिनमा अझ बढी प्रभावकारी बनाएर लैजाने प्रतिवद्धता व्यक्त गर्दछौं
हाम्रो कार्यक्रम सुनेर रचनात्मक सुझाव,सल्लाह प्रतिक्रिया दिनका लागि हामी आग्रह गर्दछौं
हाल ग्लोब नेपाल डट कमको टीममा पत्रकार गौतम दाहालका साथ प्राविधिक पक्षमा इञ्जिनियर नीरजमान श्रेष्ठ,सम्पादनमा यज्ञमान शाक्य व्यवस्थापनमा चेतन पौड्याल आवद्ध छौं यसैगरी रेडियो कार्यक्रम सञ्चालन पत्रकार दाहालकै पहलमा भईरहेको
धन्यवाद

यि हुस्सुहरुलाई................!


पारीलो घाम त्यो
हुस्सुहरुले छेके पछी
देशको भबिष्य
झन अन्योल भयो
कहिले कुहिरो भएर
कहिले तुवालो भएर
https://mail.google.com/mail/?ui=2&ik=039196dc56&view=att&th=12b3062f5804f235&attid=0.1&disp=inline&zw
 यि हुस्सुहरुले
आकाश  टेके पछी
देशको मुहार
झन अन्धकार भयो
न बोटको माया
न गोठको माया
यि हुस्सुहरुले
ढपक्क
न्यानो घाम छेके पछी
भिटमिन डि बाट
जनता झन  बन्चित भयो
अब यि हस्सुहरुलाई
घर घरबाट  राको बाल्दै
गाउँ गाउँबाट आगो फाल्दै
भञ्ज्याङ कटाउनु पर्छ
अगुल्टोले हान्दै
नौ डाडा कटाउनु पर्छ
देशलाई छाया पारेर
हिउले जस्तै
जनताको रगत चुस्ने
यि हुस्सुहरुलाई
राके जुलुसले
नेटो कटाउनु पर्छ
मुग्लान पठाउनु पर्छ ।      

   - प्रेम ओली 


 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक