20100926

प्रहरी कार्यालयवाटै प्रहरी एक सातादेखि बेपत्ता !

लमजुङको राईनास मोहोरियाकोट गाविस–१ बगुवा घर भई जिल्ला प्रहरी कार्यालय तनहूँमा कार्यरत प्रहरी जवान रवि पाण्डे एक सातादेखि बेपत्ता छन् ।उनी गत सोमबार विहान ९ बजेसम्म ड्युटीमा खटिएकै समयवाट कार्यालयवाटै बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत प्रहरी बेपत्ता भएको यो दोस्रो घटना हो । यस अघि अर्घाखाँची जिल्ला घर भएका प्रहरी जवान विष्णु क्षेत्री कार्यालयबाटै बेपत्ता भएका थिए । उनको अवस्था हाल सम्म अज्ञात छ । गत आइतबार राती साढे ९ बजे कार्यालय नजिकै रहेको डेराबाट ड्युटीमा गएको, विहान ९ बजेसम्म ड्युटी मै रहेको र त्यस पछि रवि सम्पर्कमा नआएको पाण्डेकी श्रीमती यशोधा पाण्डेले बताईन् ।
२० वर्षसम्म अमेरिकामा रहेर अनुभव सँगालेको अनिल पाण्डेलाई त पछार्ने कम्पनीहरु यहाँ खडा छन् भने...!
 हालै प्रकाशित तालिमको अवसरसम्बन्धी एक विज्ञापनमा नेपालीको रुचि देखिनु स्वाभाविकै छ । विज्ञापनले भन्छ यदि तपाईं अमेरिकामा हुनुहुन्छ र सानो-तिनो व्यापार-व्यवसाय गर्न चाहनुहुन्छ भने हामी तपाईंलाई निशुल्क तालिम प्रदान गर्दछौं सम्भावना र चुनौतीका बारेमा जानकार गराउँछौं । अमेरिकामा जीविकोपार्जनका लागि संघर्ष गरिरहेका हरेक नेपालीका लागि यस विज्ञापनले मनकै कुरा गरेको छैन त स्वाभाविक छ नेपाली समुदायको उत्थानका लागि यस प्रकारको प्रयास सदा......
 स्वागतयोग्य छ । नेपाली समुदायको समृद्धिका लागि यहाँ आएर लामो हण्डर खाँदै आफ्नो योग्यता बनाएका र अनुभवले खारिएका समाजसेवी भावनाले ओतप्रोत व्यक्तिबाट नै यस प्रकारको कल्याणकारी काम हुनसक्छ । अन्यथा आज निशुल्क सेवा त्यसमाथि अमेरिकाजस्तो पूँजीवादी मानसिकताको मुलुकमा कहाँ सम्भव हुन्छ र ! तर यस विज्ञापनको पछि लाग्नुभन्दा अहिलेलाई म आफ्नो त्यस्तो अनुभव सुनाउन चाहन्छु जसले यस्ता विज्ञापनको उपयोगिता सावित गर्दछ । नेपाली समुदाय बढी प्रतिस्पद्र्धी हुन सकेन भने नेपालीलाई पछारेर टाटपल्टिने समूहु को शिकार बन्नुपर्ने हुनसक्छ भन्ने सत्यबारे सजग गराउँछ ।
यस पङ्क्तिकारले केही महिनाअघि एक लेख यहाँहरुसमक्ष प्रस्तुत गरेको थियो र सोचेभन्दा बढी प्रशंसा पाएको थियो । विषय थियो अमेरिकामा घर किन्ने नेपालीहरु आर्थिक मन्दीका कारण कसरी समस्यामा परेका छन् । यसले आफ्नै उदाहरण दिएर सो कुराको पुष्टि गरेको थियो । अनुसन्धान र वस्तुवादी उदाहरणमा विश्वास गर्ने आजका सचेत पाठकहरुका लागि सो लेख वास्तवमै चित्त बुभुदो थियो । त्यस लेखमा भनिएजस्तै बढी रकम तिरेर अमेरिकामा घर किन्ने मजस्ता व्यक्ति आज घर बेच्न चाहे भने कम्तीमा एक तिहाइ मूल्य घट्न वाध्य छन् । घरकर्जाको किस्ता तिरिरहेका मजस्ता व्यक्तिले राज्यलाई जो कर तिर्छन् त्यो आज मूल्य घटेको सन्दर्भमा स्वाभाविक छैन । घरकर्जाको व्याजदरले पनि ढाट सेकिरहेको छ । घर बेचौं र ऋणबाट मुक्त होऔं भनेर सोच्ने होभने त्यो पनि असम्भव नै छ । किनभने बेचेको घरबाट आउने किस्तामा आफ्नो खल्तीबाट रकम थप्दै आपुूले पहिला घर किन्दाको बाँकी किस्ता बुझाउनुपर्छ ।
यही समस्यामा परेर उपचारको खोजीमा हतास मानसिकताका साथ चारैतिर हेरिरहेका मजस्ता अमेरिकावासीहरुलाई ठग्न यहाँ संगठित दुस्प्रयास भैरहेको छ । छु भन्दा पनि रहेछु भन्नु ठीक हुनेछ । किनभने आफै ठगिएपछि मात्र यस लेखकले त्यस्ता समूहको नियत चाल पायो र अरु नेपालीले आपुजस्तै ठगिनु नपरोस् भनेर यो लेख तयार पारेको छ । कुरा के भने घरको बयाज  जुन प्रतिशतमा भुक्तान गर्नु परिरहेको छ घरको मूल्य नै घटेको सन्दर्भमा त्यसको (मोड़ीफीकेसन) गर्नु पर् यो भनेर अभियानमा लागेका मजस्ता व्यक्तिलाई  बे ल ग्रुप का  प्रतिनिधि  

संग साथी मार्फत  इ मेल भेट भयो    उसले भन्यो तपाईंको बायज  दर हामी झण्डै आधाउधि घटाइदिन्छौं मोड़ीफीकेसन गरेर  अहिलेलाई चार हजार डरल शुल्क तिरेर हाम्रो कार्यक्रममा सरिक हुनुहोस् ! इनारमा डुब्न लागेको व्यक्तिलाई भर् याङ समाउँछस् भनेर सोध्दा कसले नाईं भन्थ्यो र ! आज interst दर घट्ला भोलि घट्ला भनेर एक वर्षजति कुरेपछि थाहा भयो त्यस समूहले गठन गरेको कम्पनी टाट उल्टियो भन्ने सार्वजनिक सूचना प्रकाशित भएछ । अमेरिकाको कानुन सबैलाई थाहै छ टाट उल्टिएको व्यक्ति÷संस्थाविरुद्ध कारवाही हुँदैन ।
 मेरो  चार हजार डलर पूर्णपात्रोमाथिको सुपाडी र भेटी सरह स्वाहा भयो । २० वर्षसम्म अमेरिकामा रहेर अनुभव सँगालेको अनिल पाण्डेलाई त पछार्ने कम्पनीहरु यहाँ खडा छन् भने प्रथम प्रयासमा रहेका नेपालीको अवस्था के होला यसरी धोका खाएपछि मैले एक पटक फेरि महसुस गरें मैले अब सबै कुरा जानिसकें भनेर अभिमान गर्नु ठूलो भूल हुनेरहेछ । घर-परिवारमा पनि यस प्रकारको घमण्डले आफन्तबाट पाउने प्रेम-सद्भावबाट समेत विाचत बनाउँछ । छोरा-छोरी र श्रीमान्-श्रीमतीबीच हार्दिक माया पाउन दिदैन । श्रीमान्-श्रीमतीको सम्बन्ध यौनसम्बन्धमा मात्र सीमित हुनपुग्छ । त्यसैले स्वाभिमानभन्दा बढी अभिमान पालेर बस्नु घातक सिद्ध हुन आउँछ । यद्यपि यस प्रकारको चरित्र निर्माणका लागि कुनै विशेष पाठशाला पाइँदैन जसले हामीलाई पाठ सिकाओस् । तर के भने यदि सफल व्यवसाय गर्न सकियो भने स्वाभावतः पारिवारिक सुख पनि पाउने अवस्था सिर्जना हुन्छ । त्यसैले आज अमेरिका छिरेका हरेक नेपालीलाई सफल व्यवसायी बनाउनु कसैले पछार्न नसक्ने तुल्याउनु आवश्यक छ । लेखको प्रारम्भमा मैले उल्लेख गरेको विज्ञापन त्यही भावनाका साथ प्रकट भएको छ । अन्त्यमा लेखक सबैमा अनुरोध गर्दछ मु भनेर अघि बढ्न खोज्यौं भने हामी कहीं पुग्न सक्ने रहेनछौं परिवार र समाजबाट पनि बाहिर हुत्तिने रहेछौं । हामी नेपाली समुदायु भन्न् भावनका साथ अघि बढ्न खोजियो भने मात्र यस कडा प्रतिस्पद्र्धामा अगाडि आउन सक्ने रहेछौं । मलाई डिसी नेपालको सहयोगमा http://www.ucsc-extension.edu/ ले गरेको प्रयास सराहनीय लागेको छ । शुभकामना ! -anilmelvin@hotmail.comhttp://www.motherlandnepal.org/

ANNOUNCEMENT
FOR
ANS EXECUTIVE COMMITTEE OFFICIALS’ NOMINATION
 
The America-Nepal Society is a nonprofit social and educational Established 1967 Washington, DC it is comprise of Nepalese, Nepalese-Americans, and friends of Nepal. It promotes understanding and mutual education among Nepalese and Americans and provides a focus for Nepal related events and concerns by sponsoring activities, discussions and sharing interested people.
 
Current ANS Executive Committee will be soon completing its 2 years of term. Now it’s time to have a fresh blood in the ANS to take the organization to the next level in order to better serve the growing Nepali community in the area. In order to elect a new Executive Committee, a four member Election Committee under the leadership of former ANS President Mr. Ram Malakar has been established under the terms of ANS Bylaws. The ANS Election Committee hereby as authorized by the ANS Bylaws Article VII, invites the nomination for the following positions.
 
(a)    President
(b)   Sr. Vice President
(c)    Vice President
(d)   Treasurer
(e)   Gen. Secretary
(f) Secretary
(g)     Communication Coordinator
 
With regard to the qualification of nominees, full dues-paying members who have been ANS members for at least a year during the past five years shall meet the qualifications to run for a position on the Executive Committee.  However, all persons running for a position on the Executive Committee shall be current on their dues at least seven days before the election. However, prior service on the ANS Executive Committee is desirable experience for the position of president but not a prerequisite. All interested candidates irrespective of prior service on the Executive Committee may be considered for the office of President.  Non-refundable application fee for the position of President is $100 and for other positions is $50. All candidates’ eligibility will be checked against membership and other criteria discussed herein.

Election Schedule is as follows:

      1. Application from candidates to be received by 5:00 pm EST of October 10, 2010.
      2. Withdrawal of candidacy by 5:00 pm EST of October 14, 2010.
      3. A list of final candidates for all positions will be published on October 20, 2010.
      4. Final voters list will be published on October 25, 2010.
      5.  Election is scheduled to be held on October 31, 2010 during Dashain Tihar Mela.
      6. Exact Venue for election will be decided later on and publicized.
      7. Election Results will be announced on the same day.


    Applications received after the specified time & date will not be honored.  ANS is a social, cultural and educational organization; therefore, any political involvement is strictly prohibited. We encourage everyone to renew their membership or be a new member to elect a dynamic Executive Committee.

Candidates’ nomination should be forwarded to Mr. Ram Malakar, Chairman of Election Committee at:  malakar_ram@hotmail.com as specified above. Please feel free to contact any of the Election Committee members as listed below, if you have any questions or suggestions.
We look forward for your cooperation and support.
Thank you.

ANS Election Committee 2010
Mr. Ram Malakar  - malakar_ram@hotmail.com
Mr. Hom Nath Subedi – hsubedi@gmail.com
Mr. Ghirish Pokharel – gpokhrel@gmail.com
Mr. Krishna Sob  - Krishnasob@hotmail.com


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक