20100928

पूर्वराजा ज्ञानेन्द्रलाई सांस्कृतिक एवम् धार्मिक कार्यक्रममा सहभागी हुन आंशिक रोक लगाए लगत्तै पूर्वयुवराज्ञी हिमानी शाहद्वारा एनजीओ दर्ता !

पूर्वराजा ज्ञानेन्द्रलाई सांस्कृतिक एवम् धार्मिक कार्यक्रममा सहभागी हुन आंशिक रोक लगाए लगत्तै पूर्वयुवराज्ञी हिमानी शाहले नागरिकको हैसियतले सामाजिक संस्था दर्ता गराउनुभएको छ। जिल्ला प्रशासन कार्यालय पुग्नुभएकी पूर्वयुवराज्ञी हिमानीले हिमानी ट्रस्ट नामक सामाजिक संस्था दर्ता गराउनुभएको हो। बालबालिका महिला युवा वृद्धा स्वास्थ्य शिक्षा रोजगारी र भवन निर्माणजस्ता उद्देश्य राखी दर्ता गराइएको सामाजिक संस्थाको मुख्य काम वृद्धा र अनाथ बालबालिकाको सेवा गर्नु रहेको छ। सर्वसाधारण सबैका लागि खोलिएको उक्त संस्थामा सेवा गर्ने भावनाले आउने जोकोहीलाई पनि प्रवेश खुला गरिएको छ। पूर्वयुवराज्ञी हिमानी स्वयम्ले पत्रकारसम्मेलन आयोजना गरी संस्थाको उद्देश्य कार्यक्षेत्र र कार्यालय स्थापनालगायत सबै विषयमा जानकारी दिने तयारी भइरहेको बताइएको छ। संस्थाको अध्यक्ष आफैं रहेको तदर्थ समिति गठनपछि हिमानी शाहले विभिन्न जिल्लामा जिल्ला शाखा खोल्नेसमेत विधानमा उल्लेख गरिएको छ।
अमेरिकाको भर्जिनियामा सय वर्ष पछि गत बिहीबार मृत्युदण्ड मार्फत ज्यान गुमाउने पहिलो महिला बनिन टेरेसा लेविस
वासिंगटन,क्षमादानका लागि गरिएको अन्तिम प्रयास अमेरिकी सर्वोच्च अदालतबाट अस्वीकृत भएपछि ४१ वषर्ीया टेरेसा लेविस यही बिहीबार अमेरिकाको भर्जिनियामा मृत्युदण्ड मार्फत ज्यान गुमाउने पहिलो...
महिला बनिन । मृत्युदण्ड खारेजीको पक्षमा वकालत गर्नेहरूले उक्त सजाय किन त्रुटिपर्ूण्ा छ भन्ने कुराको खास उदाहरणका रूपमा लेविसलाई प्रस्तुत गरेका छन् । आमा र हजुरआमा बनिसकेकी यी महिलाको मानसिक स्थिति ठीक नभएको र उनलाई प्रयोग गरेर चलाख अपराधीले काम फत्ते गरेको जिकिर पनि उनीहरूले गरेका छन् । तर, आईक्यूको स्तर ७० वा सोभन्दा माथि रहेको आधारमा लेविसलाई भर्जिनियामा अदालती प्रक्रियाका लागि उपयुक्त मानेर कारबाही अघि बढाइएको थियो । उनले आङ्खना पति र सौतेनी छोराको हत्याका लागि दर्ुइजना पुरुषलाई भाडामा लिएको अभियोग स्वीकार गरेको बताइएको छ । उनले तीन लाख ५० हजार डलरको जीवनबिमा पोलिसी हात पार्न सो अपराध गरेको स्विकारेकी हुन् ।
उनी भर्जिनियामा झन्डै सय वर्षो अवधिमा प्राणदण्डबाट ज्यान गुमाउने पहिलो महिला बनिन । यसअघि सन् १९१२ मा भर्जिनिया क्रिस्चियन नामकी एकजना १७ वषर्ीया अश्वेत युवतीलाई करेन्ट लाग्ने कर्ुर्सर्ीी राखेर प्राणदण्ड दिइएको थियो ।
घटना विवरणअनुसार लेविसले रोद्नी फुलर र माथ्यु साल्लेनबर्गरलाई वालमार्ट सुपरस्टोरमा भेटेकी थिइन् । त्यसपछि २२ बर्सर्ेेाल्लेनबर्गरसँग उनको प्रेमसम्बन्ध सुरु भएको थियो । उनले आङ्खनी १६ बर्सर्ेेोरीलाई अर्का १९ बर्सर्ेेुवक फुल्लरसँग प्रेम गर्न प्रोत्साहित गरेकी थिइन् ।
तिनै युवकहरूले उनका लोग्ने र सेनामा जागिरे २५ वषर्ीय सौतेनी छोरालाई मारेको उनले स्विकारेकी हुन् । आफूले पिट्सिलभानिया काउन्टीस्थित घरको ढोका खुलै राखेर उनीहरूलाई हत्या गर्न सघाएको पनि उनले स्वीकार गरिन् । सो अपराधमा ती तीनै जनालाई दोषी ठहर गरिएको छ । गोली हानी हत्या गर्नेमध्येका एक पुरुषलाई भने आजीवन कारावासको सजाय सुनाइएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक