20100929

अमेरिकामा कसरी आफनै विजनेश स्थापना गर्ने ??

क्यान युएसएद्धारा आयोजित अमेरिकामा कसरी आफनै विजनेश स्थापना गर्ने बारे कार्यशाला गोष्ठि क्यालिफोर्निया सम्वाद्धाता, सेप्टेम्बर२७ ,  क्यान युएस ए र नेपालको युवाको संयुक्त आयोजनामा यहि...
सेप्टेम्वर २६, मा क्यालिफोर्नियाको अल्भीसो स्थित गोल्ड विजिनेश सेन्टरमा सम्भवत पहिलो पल्ट नेपाली समुदायमा नेपालीहरुकै सक्रियतामा कसरी साना व्यवसायीको सन्चालन गर्ने भन्ने बारेमा एक कार्यशाला गोष्टिको आयोजना गरिएको थियो जस्मा यस क्षेत्रका धेरै नेपालीहरु ज्ाो नया व्यवसाय खोल्ने अवसरमा लागेका हरुलाई जानकारी मुलक कार्यशाला गोष्टिको आयोजनाले धेरैलाई उत्साहित समेत बनाएको छ । साथै  संस्थाको नया कार्य समितीको घोषणा समेत निर्वाचन आयुक्त दोर्जे लामा, आमोद पोखरेल लगायतका टिमले र्सार्वजनिक गरेका थिए ।


 प्रदिप खनालले सन्चालन गरेको उक्त कार्यक्रममा र्सवप्रथम दिपक नेउपानेले स्वागत मन्तव्य राखेका थिए भने संस्थाका अध्यक्ष विनित शर्माले यस कार्यशाला गोष्ठिको औचित्य र संस्थाको बारेमा प्रकास पारेका थिए ।  स्थानिय व्यवसायीहरुले आफना अनुभवहरु सुनाउदै अमेरिकामा साना विजिनेशहरु ग्ार्दा आईपर्ने कठिनाई, चुनौति तथा अवसरका बारेमा बोलेका थिए  जस्मा पर्यटन क्षेत्रको बारेमा गोविन्द शाहिले लामो समय देखि यस क्षेत्रमा भोगेका तिता मिठा घटना सुनाउनु भएको थियो। , रेस्टुराँको बारेमा राजेन थापाले सबैलाई आफनै व्यवसायमा लाग्न र यस चुनौतिलाई आत्मासात गर्न मनभित्रैबाट जोश जागर र हौसलाका साथ आत्माविश्वास जगाउन सबैलाई आग्रह गर्दै,केहि गर्छु भन्नेलाई यो देशमा अवसरै अवसर रहेको भन्दै सबैलाई प्रोत्साहन दिनु भयो, त्यसैगरि ग्यास स्टेशन तथा खुद्रा स्टोरहरुको बारेमा उद्दव गिरी, डे केर सेन्टरको बारेमा इश्वरी पन्त, कानुनी प्रावधानहरुको बारेमा यज्ञ नेपाल, इन्टरनेटमा आफनो व्यवसायलाई कसरी लैजाने र त्यस्को लाभ कसरी लिन सकिन्छ भन्ने बारेमा विजय निरौलाले बोलेका थिए ।
अहिले नेपाली समुदाय यस क्षेत्रमा बडेको र धेरैले आफनै व्यवसाय कसरी सन्चालन गर्ने भन्ने बारेमा सहि जानकारीको अभाव खढकि रहेको बेलामा यस प्रकारको कार्यशाला गोष्टिले धेरैलाई फाईदा भएको जानकारी उपश्थित धेरैले जनाएका थिए भने पुराना तथा स्थापित व्यवसायिहरुले आफनो व्यवसायमा भोगेका तिता मिठा अनुभवहरुले धेरैलाई प्रोत्साहन तथा हौशला समेत दिएको जानकरी धेरै सहभागिहरुले एक अर्कासित गरि रहेका थिए । त्यसैगरि कार्यक्रममा आफुलाई कसरी यस यहाँ दक्ष र सक्षम बनाउन अनलाईन तथा र्सर्टिफीकेट कोर्शहरुले मदद पर्ुयाउछ भन्ने बारेमा युसी सान्ताक्रुजका एनडी हाउले जानकारी गराएका थिए । त्यसैगरि केहि महिना देखि केहि बर्षम्ममा पुरा हुने थुप्रै लाभदायक कोर्शहरु भएकोले त्यसमा रुचि राख्नेहरुलाई सोझै नजिकका कलेज तथा विश्वविधायलयका प्रमाणपत्र तहको कोर्शमा भर्ना भएर लाभ लिन समेत आग्रह गरेका थिए भने अ निउ अमेरिका नाम संस्थ्ााको तर्फाट अमेरिकामा आएका अन्य देशका मानिसहरुलाई भनि तयार पारिएका विभिन्न शेवामुलक शिक्षा, रोजगार तथा व्यवसायको तालिमको बारेमा समेत जानकारी गर्राईएको थियो । कार्यक्रमको अन्तमा आफना जिज्ञाशाहरु समेत राख्न सबैलाई अनुरोध गरिएको थियो सबै आफनो अनुभवहरु ब्ाडन र सहयोगगर्न जुटेको भान धेरैले महशुश गरेका थिए ।कार्यक्रमको अन्तमा शुरेश ओझाले सबैलाई धन्याद दिएका थिए साथै कार्यक्रममा विभिन्न व्यसायहरुको प्रायोजनमा राफल चिटठा खोलेर परस्कार समेत प्रदान गरिएको थियो ।- By Dhurba Thapa

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक