20101027

 बोल्दैछु पचास ताराको देशबाट - प्रेमा शाह
(नेपाली साहित्यिक इतिहासमा सधैं उज्ज्वल तारा बनेर रहिरहने एउटा नाम हो प्रेमा शाह । प्रेमा शाहका हर शब्द र हरफले नेपाली राष्ट्र, राष्ट्रियता र साहित्यलाई सधैं सधैं संगै बोकेर हिडिरहेको आभाष हुन्छ । यिनै साहित्यिक नक्षत्र, यिनै आधा आकाशको प्रतिनिधित्व गर्ने वरिष्ठ साहित्यकार, कवयित्री प्रेमा शाह -जो लोकप्रिय चलचित्र नायिका एवं अन्तराष्ट्रिय कलाकार मञ्चका उपाध्यक्ष जल शाहकी ममतामयी आमा पनि हुनुहुन्छ) को एउटा भावुक र साहित्यिक गहिर्राईमा डुबेको कविता आज तपाईका लागि यहाँ प्रस्तुत गरिएको छ । प्रेमा अहिले छोरी जलसंगै अमेरिकामा हुनुहुन्छ । आगामी दिनमा आमा प्रेमा र छोरी जल....
दुवैका साहित्यक रचनाहरु नेपाल मदर डट कमले प्रकाशित गर्ने अठोट पनि गर्दैछौं । धन्यवाद - सम्पादक)

बोल्दैछु पचास ताराका देशबाट
 - प्रेमा शाह
सपनामा गुराँसै गुराँस देेखेथे
व्यूँझिए
निद्रा  केही वेर
मेरो बन्द आँखाको थियो
मस्तिष्कको स्नायुले बाँध्न सक्दैन
चाहुन्जेल आश्वरुपता संगाल्न सक्दैन
म आफैं लट्पटिएको थिएँ
त्यस स्निग्ध लालीमा
आमाको छातीमा दूधले भिजेको बच्चा झैं
छोड्न चाहेको थिईन लालीलाई
बच्चाले आमाको
स्तनलाई झैं
तर
यो यौटा पटाक्षेप
ब्यूँझनु !
"मान्छे मान्छे खेल" को शुरुवात
अंक र दृश्यको समायोजन
ब्युँझाईले सुम्पेको
मनोरञ्जन,
बरु भनुँ
मन र मस्तिष्कको मल्लयुद्धले चुहाएको
पात्रता
पसिनाका फोहोरी थोपा
यौटा थोपा
धमीलोमा
अर्को थोपा
धमीलो अरु कोही
अरु नै केही
वीचैमा सुक्ने
या बाटो लाग्ने ?
आफू जस्तै फोहोरी सोच
वग्नुको बाटो
मल्लयुद्धको अखाडादेखि
कसले हो कोरिदिएको रहेछ
पलायनको धर्सो
कसले ढालिदिएछ
बाटोमा ठडिएको रुख
र, पन्छाइदिएछ
छहारी !
कती  धनी हुन्छ हाँगा हाँगा
 पात पात
विशाल विशाल
प्रवल प्रवल
जरा गडेको माटो
सवथोक सवथोक !
सबै सबै हरिएको
हरुवा माग्ने
त्यही रुख भएको ठाउँमा
त्यसैको प्रवलता मुनि
त्यही माथि माथि
हातमा रित्तो कतारो बोकेको
माग्ने म
मुर्खलेझैं
माटोलाईहेर्छु ट्वाल्ट्वाल्ति
अरु पनि त्यसै गर्दाछन
सिन्काले दाँत कोतर्दै
माटोमाथि आकारहीन रेखा खिचिन्छ
हाई काढिन्छ
अरु पनि त्यसै गर्दारैछन्,
आकाशबाट
एक बथान कौवा र्झछन
हाम्रा टाउका टाउकामा
चुच्चा  गाड्छन्
सञ्चो झैं लागेथ्यो
जुम्रा टिपेको झैं लागेथ्यो
गिदी खाँदै रहेछन्
ठुर्ङ्गाई आँखा सम्म पुग्दैछ
छातीसम्म र्सर्दैछ
रुख हुँदाको
प्रवलतामा  मुनि
यहिँ  माटोको आधार माथि
सपनाको गर्भ तुहाएर
व्यूझनुको अर्थ हराएर
र्सवहारा भईएको
आफू
आफू जस्तै जमात
कतारोसम्म पुग्दैछ
तुहिईदैछ जन्मीसकेर पनि
माटो मासिंदैछ
पैताला मुनि
मुसाको दुलै दुलो छ
मुसा राज छ
प्लेगको महामारी नियती बन्छ
यतै कतै घर दैलो थियो
मकै बारी थियो
सखाप भइसके सबै
भित्ता भइसके मान्छे
"रे" का पर्चा टाँसिएको भित्ता भईसके
श्रापितको गणनामा
म,
विरुपाक्ष त जाकिएको थियो
म त हीमशैली शैली थिएँ
उठेको उज्यालो थिएँ
कसरी बन्यो
भास म भित्र -
निर्वासन भईसकेछु
ब्युँझदा,
आफ्नै आँखा लाज मान्छन्
सपनाको पर्दा पनि रहेन
नग्नता !
मात्र देख्छु नग्नता
त्यही भोग्छु
के मासियो हिमालीवन
एक थुंगा गुराँस पनि झरेन
ढाकिन्थ्यो कि नग्नता
त्यो पनि भएन
गुराँसै फुलेन
कतै फुलेन
पोतिन पाईएन न लालीमा
न रसमा
ढुक्क हुन पाइएन
चोरिइसकेछन्
ऋतुहरु, मौसमहरु
ऋतु चोरहरुको गसपीमा
भयभीत भेट्छु
नियमहरु
पिँढींमा हातेकल थियो
त्यो समेत लुटिएछ
बाटुलीलाई चोलो सिइदिने रहर
ऊ  सितै बलात्‍कृत भएछ
धुरी छाउनु थियो
आँखा उघ्रदा
डढेलोले खाएछ
घर गोठ
माटो सम्म  खरानी भएछ
झसंग हुन्छु
आफू समेत खिया लागेको भएछु
थुपारिएछ खिया
हात हातमा
बोली पनि रहेन आफ्नो
कब्जामा परेछ
बाँधिईएछ
कथा भइएछ
अरुकै वाचन
अरुकै उच्चारित
अ शब्द
लगातारको बमन पछी
समाप्ति तिर लघारिईएछ
सकिनु 
कति हरुछ
हरु छ !
अर्को पटाक्षेप
दृश्य निर्वासनको
दोष "पलायन" को
नाम "मगुवा" को
यो बिझ्ने पगरी गुथेको म
पवित्र क्रस सम्म पुग्छु
म्वाई खान्छु क्राइष्टको शिरको काँढाको पगरीलाई
डाँडो कर्टाईएको छ
लघारेको छ आततायी दुर्दिनले
अपहरित राज्यको म
अर्कै निर्वासित राम
म राम
उ राम
जमात राम !
वादल वादल उड्दै
सागर सागर खोज्दै
हृोमिएको छु विराट कहालीभित्र
कहाली नै त हो
अपरिचय
भयभीत मन
काँप्दा काप्दै भुरुरु  उड्छ उज्यालोतिर
यहाँ पनि जंगल रहेछ
रुखपात उस्तै रहेछ
गुंड वनाउने आश जाग्छ
आस्वसपनाका केही फूल पाउँछु हांगाहरुमा
रित्तो कटारो
प्रकाशित भए झैं लाग्छ
पचास हीराका ताराको उज्ज्यालो
प्रस्टिन्छ  म भित्र
त्यही भर्न आएको देश
नीलो नीलो आकाशको देश
पानी पानीको देश
रुख र छहारीको देश
विधि विधान र विश्व्ासको देश
उर्जा पिण्ड
प्रकाशित हुन्छु
बढ्दै जान्छु
सडक सडक चौर चौर
मान्छे
अन्डा बनेर फर्फराएको देख्छु
गर्वित बन्छु आफू पनि
विस्मारित
राता नीला समानान्तर धर्का वीच
बाटो पहिल्याउँदै हिड्न खोज्छु
उज्याला तारामा  
छुटेका आलिंगन खोज्छु
अठोट र बाचा सम्झन्छु
मुटु 
पोल्नसम्म पोलेको छ
यतै यतै
मनले सधै छुटेका चन्द्र सुर्य खोजेको छ
टाढा टाढा
कतिकति टाढा
त्यहाँदेखि जंगल सुसाएको सुन्छु
पहाड  बोलेको सुन्छु
छुटेकाको आवाज
 मनभरी छेडिन्छ
 मर्माहित   हुन्छु
पीडाले जन्माउछ पुरुषार्थ
म जन्मन्छु लगातार लगातार
खियाबाट निख्रेर निस्कन्छु
हीराका तारा बनेको हुन्छु
आउँछु हीराको उज्यालो लिएर 
र्फकन्छु
तिनै आवाजको पडाडि
तड्कारो पदचाप लिएर
मलाई छुनुछ छिटै
ठड्याएर आएको झन्डा
र आर्द लाली वन
राम बनेर आउँछु
दिनै परे पनि अग्नि परीक्षा
सीता बनेर आउँछु
निर्वासन टुंग्याएर आउँछु
वल्कल फेरेर आउछु
ती भास भर्न आउछु
माटो माटोमा भाग्य रोप्न आउँछु
मेरो आकांक्ष्या त उस्तैहोला
संग्याउन आउँछु
माथि  नीलो नीलो भरी
डाँफे र परेवा उडाउन आउँछु ।

- २० अक्टोवर, २०१०
सल्ट लेक सिटी, युटाहा, अमेरिका 
(यो कबिता हामीले तीन चोटि दोहोर्याएर पढ्दा पनि अझ प्यास मेटिएन, अझै पढु पढुँ लाग्ने यि साहित्यिक हरफ का लागि हामी आभारी छौं कबयित्री एबम बरिस्ठ साहित्यकार प्रेमा शाह र पुलको काम गरिदिने, आमाको मुटु भरिदिने जल जस्तै निस्चल जल शाह प्रति । फोटोको अंगालोमा बाँधिएकि स्वप्न सुन्दरी यी बच्ची प्रेमा कि नातिनी र जल कि एक मात्र सुपुत्री हुन ,  यिनै प्रेमाकी असल सुपुत्री जो हरेक नेपाली जन जन कि आँखाकी नानी बनेकी छन उनै जल शाह का केही गीत र चलचित्र का लागि तलको यो लिंक क्लिक गरी हेर्न सक्नुहुन्छ  - नेपालमदर डट कम )

अनगिन्ती नेपाली चलचित्र कि लोकप्रिय नायिका जल का अरु गीत का लागि तलको यो लिंक् क्लिक गर्नुस्

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक