20101029

व्यवस्थापिका संसद १४ औं पटक पनि मुलुकका लागि प्रधानमन्त्री चयन गर्न असफल, १५ औ पटकको प्रधानमन्त्री चुनाव आउँदो सोमबार !!!

संसारकै नालायक नेपालका ६०१ भत्ता वाल सभासदहरु गिनिज बुकमा नाम लेखाउँदै ! 
व्यवस्थापिका संसद १४ औं पटक पनि मुलुकका लागि  प्रधानमन्त्री चयन गर्न असफल भएको छ । प्रधानमन्त्रीका एक्ला उम्मेदवार एवम् नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पौडेलको प्रस्ताव आज पनि बहुमतले अस्वीकृत भएको छ । पौडेलको पक्षमा जम्मा ९६ मत परेको छ । २ जना सभासदले विपक्षमा मतदान गरेका थिए भने ४० जना तटस्थ बसेका छन् । ५ सय ९९ जना सभासदमध्ये आजको संसद बैठकमा जम्मा १ सय ३८ जना उपस्थित थिए ।यसैबीच १५ औ पटकको प्रधानमन्त्री चुनाव आउँदो सोमबार हुने भएको छ । कार्यव्यवस्था परामर्श समितिको आजको बैठकले सोमबार अपरान्ह ३ बजेका लागि चुनावको मिति तोकेको हो ।प्रधानमन्त्री माधबकुमार नेपालले असार १६ गते पदबाट राजीनामा दिएपछि साउन ५ गतेयता निरन्तर प्रधानमन्त्रीको चुनाव हुँदै आएको छ । प्रधानमन्त्रीले राजीनामा दिएपछि देश कामचलाउ सरकारको भरमा चल्दै आएको छ ।
  जिल्ला शिक्षा कार्यालय महोत्तरीका शाखाअधिकृतलाई सशस्त्र हतियारधारी समूहले बिहीबार बिहान गोली हानी हत्या
जिल्ला शिक्षा कार्यालय महोत्तरीका शाखाअधिकृतलाई सशस्त्र हतियारधारी समूहले बिहीबार बिहान गोली हानी हत्या गरेको छ। प्रहरीले दिएको जानकारीअनुसार जनकपुर नगरपालिका-८ पगलाबाबा धर्मशालापछाडि बस्दै आएका शिक्षा कार्यालय महोत्तरीका शाखाअधिकृत ४० वर्षीय लालकिशोर झामाथि बिहान करिब ९-३० बजे...
गोली प्रहार भएको हो। स्थानीय प्रत्यक्षदर्शीका अनुसार घरबाट कार्यालय हिँडेका उनलाई घरभन्दा केही पर सशस्त्र हतियारधारी समूहले गोली प्रहार गरी भागेको थियो। पिठ्युँमा एक राउन्ड गोली लागेको र सो गोली पेटबाट निस्केको जनकपुर अंचल अस्पतालका चिकित्सकहरुले जनाएका छन्। उनलाई तत्काल जनकपुर अंचल अस्पतालमा भर्ना गरिए पनि अवस्था गम्भीर रहेका कारण जनकपुरकै रामजानकी मेडिकल कलेज अस्पतालमा रेफर गरिएको थियो। त्यहाँ पनि उपचार हुन नसकेपछि थप उपचारका लागि फिस्टेल एयरको हेलिकोप्टरबाट राजधानी पठाइएको थियो। काठमाडौंको महाराजगन्जस्थित शिक्षण अस्पताल पुर्याएलगत्तै डाक्टरहरुले उनलाई मृत घोषणा गरेका हुन्।

यता जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समूहका महासचिव बताउने उज्ज्वल मुक्तिले टेलिफोनबाट स्थानीय साचारकर्मीहरुलाई घटना आफूहरुले गराएको दाबी गरेका छन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक