20101025

नेपाल प्रहरीको खराब रेकर्ड ससस्त्र प्रहरीले तोड्दै, ससस्त्र प्रहरीको छबी बिगार्दै छन बर्तमान ससस्त्र प्रहरी महानिरीक्ष्यक !

सशस्त्र प्रहरीमा चोरी कन्टेनर काण्ड

काठमाडौं। सुरक्षा निकायका लागि आवश्यक सामान सप्लाई गर्ने ठेकेदारले नोट कमाउन कतिसम्म फट्याइँ र दुई नम्बरी काम गर्दारहेछन् भन्ने कुरा सशस्त्र प्रहरीलाई कन्टेनर सप्लाई गर्ने ठेक्का पाएका ठेकेदार जनार्दन केसीले पुष्टी गरेका छन्। ठेकेदार केसीले आफ्नो व्यापारिक संस्था जेनेटिक ट्रेडिङमार्फत् सशस्त्र प्रहरीको हाइटीस्थित यूएनको एफपीयूलाई सामान लानका लागि सप्लाई गरेका १७ वटा थोत्रा कन्टेनरहरु चोरीको भएको पोल अक्टोवरको पहिलो हप्ता कलकत्तामा भारतीय प्रहरीले पक्राउ परेपछि खुलेको कुरा गृह मन्त्रालय र प्रहरी हेडक्वाटर नक्सालमा चर्चाको विषय बनेको छ। सशस्त्र प्रहरीका बन्दोबस्तीका सामानले.....
 भरिएका र कलकत्ता पुर्या इएका ती १७ वटै कन्टेनर भारतबाट चोरी भएका र ती कन्टेनरहरु कलकत्तामा फेला परेपछि भारतीय प्रहरीले कव्जामा लिएको थियो। भारतीय प्रहरीले सशस्त्र प्रहरीका ती कन्टेनर कव्जामा लिएपछि सशस्त्र प्रहरीका हाकिमहरुमा पसिना छुटेको थियो। भारतमा चोरी गरेर नेपालको सशस्त्र प्रहरीका लागि बिक्री गरिएका ती १७ वटा सेकेन्ड ह्यान्ड थोत्रा कन्टेनरलाई रंगरोगन गरेर प्रतिकन्टेनर ८ लाख रुपैयाँमा ठेकदार केसीले सप्लाइ गरेको थाहा भएको छ। १ करोड ३६ लाख मूल्यका ती कन्टेनर यूएन मिसनका लागि सामान भरेर कलकत्ता हुँदै पानीजहाजबाट हाइटीतर्फ लान लागिएको थियो। भारतमा चोरिएका ती कन्टेनरको नम्बरबाट भारतीय प्रहरीले चोरीका भएको पत्ता लगाएको थियो। ती चोरीका १७ वटा कन्टेनर फरबेक्स एण्ड कम्पनी लि. का भएको प्रमाण फेला परेपछि भारतीय प्रहरीले आफ्नो कव्जामा लिएको हो। सशस्त्र प्रहरीका सामान कलकत्तामा २ हप्तासम्म अलपत्र परेपछि सशस्त्र प्रहरीका एसपी पुष्पराज केसी र डीएसपी दीपेन्द्र शाह काठमाडौंबाट असिनपसिन गर्दै कलकत्ता पुगेका थिए। चोरीको लफडामा फसेका ती १७ वटा कन्टेनर लिन निर्धारित समयमै आएको यूएनको पानीजहाज २ हप्तासम्म कलकत्तामा थन्किनु परेकोले यूएनले सशस्त्र प्रहरीलाई २० अक्टोवरमा एक लाख यूएस डलर (लगभग ७० लाख रुपैयाँ) दण्ड तिर्नको लागि पत्राचार गरेको कुरा गृह मन्त्रालय सूत्रबाट थाहा भएको छ। यस घटनाबाट सशस्त्रका हाकिमहरुको कमिसनखोर भ्रष्ट चरित्र नांगिएको छ भने ठेकेदारको चोरी, ढाँटछलकपटको पनि भण्डाफोर भएको छ। चोरीका कन्टेनर सप्लाइ काण्डले गर्दा सशस्त्र प्रहरीको त बदनाम भयो नै गरिव जनताले तिरेको करमा झण्डै ७० लाख चुना लाग्ने भएको छ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक