20101003

'प्रचण्डको योजना सबै दलका नेताले बुझेका छन्, तर एमाले अध्यक्ष झलनाथ खनाल किन बुझ्दैनन् ' - कोइराला

कांग्रेस सभापति सुशील कोइरालाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' संसद्बाट प्रधानमन्त्री चयन गर्न नदिई लोकतान्त्रिक पद्धतिलाई नै निकम्मा बनाउने योजनामा लागेको दाबी गरेका छन् । कांग्रेस सभापतिमा निर्वाचित भएपछि पहिलो पटक संवाददातासँग कुरा गर्दै कोइरालाले संसद्बाट प्रधानमन्त्री चयन हुनै नदिने प्रचण्डको योजना सबै दलले बुझे पनि एमाले अध्यक्ष झलनाथ खनालले नबुझेको जिकिर गरे । उनले प्रश्न गरे, 'प्रचण्डको योजना सबै दलका नेताले बुझेका छन्, तर एमाले अध्यक्ष झलनाथ खनाल किन
बुझ्दैनन् -' कोइरालाले संसद्बाट प्रधानमन्त्री चयन नगरिए मुलुकमा राजनीतिक शून्यता आउने चेतावनीसमेत दिए । उनले यस्तो चुनौतीलाई बुझेर नै माओवादी र एमालेले प्रधानमन्त्रीका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिन आग्रह गरेको बताए । शनिबार कोइरालानिवास महाराजगन्जमा आयोजित साक्षात्कारमा कोइरालाले भने, 'शान्ति प्रक्रियाको सुरुआतमा नेतृत्व गरेकाले संविधान निर्माण र शान्ति प्रक्रियालाई निष्कर्षा पुर्‍याउनका लागि कांग्रेसलाई नै नेतृत्वको अवसर दिनर्ुपर्छ ।' कांग्रेसकै सहयोग र र्समर्थनमा माधवकुमार नेपाल प्रधानमन्त्री बनेको स्मरण गराउँदै उनले कांग्रेस नेता पौडेललाई प्रधानमन्त्री बनाउन अब प्रधानमन्त्री नेपालले पनि मुख खोल्नर्ुपर्ने बताए । एमालेको तटस्थताका कारण प्रधानमन्त्री नेपालले राजीनामा दिएको तीन महिना बितिसक्दा पनि प्रधानमन्त्री चयन हुन सकेको छैन । प्रधानमन्त्रीका प्रत्यासी माओवादी अध्यक्ष प्रचण्डले उम्मेदवारी फिर्ता लिएपछि पौडेल एक्लो उम्मेदवार हुन् । तर पनि आवश्यक बहुमत जुटाउन नसकाले उनी प्रधानमन्त्री हुन सकेका छैनन् ।
कांग्रेस सभापति कोइरालाले संविधानसभाको कार्यकाल एक वर्षथप गर्दा शान्ति सम्झौताबमोजिमका सबै काम पाँच दिनभित्र गरिसक्ने भनेको माओवादीले हालसम्म कुनै पनि काम नगरेको आरोप लगाए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक