20101102

न्युयोर्कबाट प्रकाशन हुदै आएको एभरेष्ट टाइम्स पत्रिका तेस्रो बर्षमा, वाषिर्कोत्सव समारोहको अवसर पारेर व्यक्तित्वलाई सम्मान !

अन्तराष्ट्रिय कलाकार मँच र नेपाल मदर डट कमका तर्फबाट तेस्रो बार्सिकोत्सबका अबसरमा एभरेष्ट टाइम्स सम्पूर्ण परीवारलाई हार्दिक बधाई र अझै लोकप्रियताकालागि हार्दिक शुभकामना पनि ।
 
 संयुक्त राष्ट्र संघका लागी नेपालका स्थायी प्रतिनिधि ज्ञान चन्द्र आचार्यले अमेरिकामा बसोबास गदै आएको नेपालीको रुचिलाई ध्यानमा राखेर न्युयोर्कबाट प्रकाशन हुदै आएको एभरेष्ट टाइम्स पत्रिकाले...
नेपाली समुदाय र नेपालको लागी महत्वपुर्ण योगदान पुर्‍याउदै आएको बताउनुभएको छ । 'नेपाली मन र नेपाली पन'बोकेर न्युयोर्कबाट प्रकाशन हुदै आएको एभरेष्ट टाइम्स पत्रिकाको बाषिर्कोत्सव कार्यक्रममा न्युयोर्कका विभिन्न समुदायको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 'सयौ थुङगा फुलका हामी 'राष्ट्रिय गानाबाट शुरु भएको कार्यक्रममा उपस्थित अतिथिहरुलाई शेर्पा लोक गायक देण्डी शेर्पा र बाल कलाकारहरु लामु शेर्पा, फुर्वा शेर्पा, सोनि शेर्पा, ल्हाक्पा शेर्पा र यालेन शेर्पाले टुङनाको संगीतसंगै गाएको समुधुर गीतले निकै आनन्दा प्रदान गरेका थिए । त्यस्तै विशेष अतिथि तथा पुर्व स्थानीय विकास मन्त्रि सुरेश मल्लले विदेशमा आएर पनि नेपाली समाजलाई अघि बडाउन एभरेष्ट टाइम्सले महत्वपुर्ण कार्य गरेकोमा खुसी व्यक्त गदै आगामी दिनको सफलताको लागी शुभकामना व्यक्त गर्नुभयो ।
लुम्बिनी विकास कोषका पुर्व सदस्य सचिव तथा एभरेष्ट टाइम्सका सल्लाहकार आङ दावा शेर्पाले नेपाललाई विश्वमा चिनाउने एभरेष्टको नामबाट प्रकाशित यो पत्रिकाको सफलता भनेकै हामी सवै नेपालीको साझा सफलता भएकाले यो पत्रिकाले सगरमाथा शिखरको जतिकै उचाई लिन सकोस भन्ने शुभकामना दिनु भएका थिए । प्राध्यापाक तथा सल्लाहकार डा.तारा निरौलाले नेपालीहरुको भावनालाई केन्दि्रत गर्न सफल न्युयोर्कको एक मात्र नेपाली पत्रिका एभरेष्ट टाइम्सले सधैभरि नेपालीको मन जितिरहने धारण व्यक्त गनुभयो । डा. निरौलाले एभरेष्ट टाइम्स पत्रिकाले नेपालको चिनारी दिनका साथे यो पत्रिकामा लेखेको समाचार र लेखहरुले नेपालीहरुको हितमा निकै उपलब्धिमुलक कार्य गरेको उल्लेख गदै आगामी सफलताको शुभकामना दिनु भएका थिए । 
जनजाती महासंघ अमेरिका- फिफना) का अध्यक्ष कर्मा गेल्जेन शेर्पाले नेपाली समुदायको हितमा सञ्चालन गदै आएको एभरेष्ट टाइम्सलाई सवैले सहयोग गर्नुपर्ने आजको दायित्व भएको बताउनुभयो । बौद्धधर्म गुरु डा. युला शेर्पाले पनि सात समुन्दै पारिको यो मुलुकमा बस्ने नेपालीहरुले आफनो भाषा, धर्म र सस्कृतिको संरक्षणकेा लागी पत्रिकाले महत्वपुर्ण योगदान दिदै आएको बताउनुभयो । त्यस्तै नेपाल अमेरिका पत्रकार संघ (नाजा)का अध्यक्ष कृष्ण शर्माले पेशागत हक हितसंगै हामी विदेशमा रहेपनि परम्परा सस्कृतिको निरन्तरताकेा लागी एभरेष्ट पत्रिकाले महत्वपुर्ण भुमीका खेलेको उल्लेख गदै सफलताको शुभकामना दिनुभएको थियो । अध्यक्ष शर्माले अमेरिकामा रहेका सवै नेपाली पत्रकारहरुले विदेशमा रहेपनि पेशागत रुपमा नेपाल र नेपालीको हितसंगै अघि बडनु पर्ने आजको आवश्यकता भएको बताउनु भयो ।
कार्यक्रममा एन्टाका अध्यक्ष तथा एनआरएन युएसएका कोषाध्याक्ष डा विनोद शाहले अमेरिकाबासी नेपालीको हितमा सञ्चालित एभरेष्ट टाइम्सले नेपालीहरु माझ उत्कृष्ठ पत्रकारिताको भुमीका खेलेकोमा धन्यवाद दिदै वषिर्कोत्सवको उपलक्ष्यमा शुभकामना दिएका थिए । त्यस्तै तामाङ सोसाइटी अफ अमेरिकाका पुर्व अध्यक्ष इन्द्र तामाङले नेपाली समुदायको हितमा एभरेष्ट टाइम्सले महत्वपुर्ण कार्य गदै आएको बताए । जनजाती युवा नेता दिपेस लिम्बुले अमेरिकाबाट पत्रिका निकाल्न सजिलो छैन तैपनि निकै संघर्षका साथ अमेरिकाबाट प्रकाशित हुदै आएको एभरेष्ट टाइम्सले नेपाली समुदायको हितमा निकै योगदान पुर्‍याउदै आएको धारण राख्दै आगामी सफलताको शुभकामना दिनु भएका थिए । कार्यक्रममा अन्तराष्ट्रिय नेपाली साहित्य समाजकी महासचिव गीता खत्री र समाजकी कोषाध्याक्ष कमला प्रसाईले कविता वाचन गदै शुभकामना मन्तव्य दिनु भएकी थिए । न्युयोर्कको नेपाली समुदायको तर्फबाट ९३ पटक रक्तादान गर्ने अर्जुन मैनालीले निस्पक्ष र निस्वार्थ ढंगबाट एभरेष्ट टाइम्सले नेपालीको मन जित्न सफल भएको बताउनुभयो ।
उक्त अवसरमा इण्डियन आइडल विजेता गायक प्रशान्त तामाङले एभरेष्ट टाइम्सले सधै सफलता हासिल गरोस भन्ने शुभकामनाका साथ 'हिउ भन्दा चिसा'भन्ने समुधुर गीत प्रस्तुत गर्नुभएका थिए । शेर्पा किदुगका अध्यक्ष छोङबा शेर्पाले पनि समुदायको हितमा लागेको एभरेष्टको उत्तराेतर प्रगतिको शुभकामना दिनुभएका थिए । जन सम्पर्क समितिका पुर्व अध्यक्ष आनन्दा विष्टले निस्पक्ष र निस्वार्थको पत्रकारिता गदै आएको एभरेष्ट टाइम्सले नेपाली माझ राम्रो छाप बसाएको बताउनुभयो । त्यस्तै समाजसेवी तथा युवा नेता बंसलाल तामाङले नेपाली मन र नेपाली पन जस्तै भावनाका साथ पत्रिकाले सही मार्ग पहिल्याएकोमा खुसी व्यक्त गदै शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा कलाकार तथा वृतचित्र निर्माता निर्देशक टसि हिमग्याब लामाले एभरेष्ट टाइम्सको शुभकामनासंगै जलवायु परिवर्तन र ग्लोबल वार्मिङको कारण हिमाली जनजीवन प्रभावित हुदै आएको बताउनुभयो । त्यस्तै युनाइटेड डेमोक्रेटिक युथ फोरमका अध्यक्ष टेक गुरुङले केही समय अघि न्युर्योकमा आयोजना भएको 'सेभ द हिमालयज' जस्तो पवित्र कार्यमा केही पत्रकारहरुले सत्य तथ्य नबुझी खराब दुस्प्रचार गरेको कार्यप्रति दुख व्यक्त गर्नुभएको थियो । नेपाल र नेपालीको हितमा गरिने त्यस्त कार्यक्रम र अभियानमा कुनै पनि नेपाली पत्रकारले खराब प्रचार गर्न नहुने उहाकोअनुरोध रहेको छ । उक्त अवसरमा पत्रिकाका प्रधान सम्पादक आङछिरिङ शेर्पाले नेपाली भाषा र सस्कृतिको संरक्षणका लागी समुदायमा पत्रिका प्रकाशन गरेको उल्लेख गदै आगामी दिनमा अझ रुचिकर बनाउने प्रयास गरिरहेको बताउनुभयो । उहाले उक्त अवसरमा पत्रिका यहासम्म आउनमा विज्ञापान दाता, पाठक र शुभचिन्तकहरुको सहयोगप्रति हार्दिक धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममा सम्पादक विष्णु पौडेलले स्वागत मन्तव्यको क्रममा विदेशको व्यस्त समयको भावजुद निकालेको पत्रिका भविष्यमा परिस्कृत गदै जाने मन्तव्य राखेका थिए ।उक्त अवसरमा गायक तिलक श्रेष्ठले पनि आधुनिक गीत गाएका थिए । त्यसैगरिकानुनविद रमेश श्रेष्ठले पनि सफलताको शुभकामना दिनुभएको थियो ।

एभरेष्ट टाइम्स सम्मान
एभरेष्ट टाइम्सले दोश्रो वाषिर्कोत्सव समारोहको अवसर पारेर नेपालमा रहेका दुई व्यक्तित्वलाई सम्मान गरियो । गीत, कविता र गजल मार्फत नेपाली भाषा साहित्यको संरक्षणमा उल्लेखनीय योगदान पुर्‍याउदै आएका नेपालका प्रकट पंगेनी ' शिव' लाई यस वर्षको एभरेष्ट सम्मान प्रदान गरेको छ । एभरेष्ट टाइम्स पत्रिकामा नियमित आर्कषक गजल लेख्दै आएका साहित्यकार पंगेनीलाई दुई सय डलर राशी सहित यो वर्षको सम्मान गरेको छ । त्यस्तै नेपाली महिलाको हितमा माइती नेपाल मार्फत १२ हजार नेपाली चेलबेटीलाई बेचविखानबाट उद्धार गरेवापत सिएनएनका नायकमा छानिएकी अनुराधा कोइरालालाई एभरेष्ट टाइम्सले विशेष सम्मान गर्ने निर्णय गरेको छ । उक्त सम्मान अनुराधा कोइराला न्युयोर्कमा आउने बेला दिने भएको छ । सगरमाथा रेष्टुरेन्टमा भएको उक्त बाषिर्कोत्सव कार्यक्रमको उदघोषण हिमाली श्वरहरु अनलाइन रेडियोका सञ्चालक सहदेव पौडेलले गरेका थिए । कार्यक्रमलाई सगरमाथा रेष्टुरेन्ट, मोक्तान डिजिटल भिडियो, डिजे जाङबु शेर्पा, कानुनविद रमेश श्रेष्ठ र कानुनविद खगेन्द्र क्षेत्रीले सहयोग गरेका थिए । एभरेष्ट टाइम्स पत्रिकाको अहिले अनलाइन पनि सञ्चालनमा ल्याएको छ । डब्लुडब्लु डट एभरेष्टटाइम्सन्युज डटकम मार्फत पनि अमेरिका र नेपालको समाचारहरु प्रकाशन गदै आएका छन ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक