20101101

अब त अतिनै भयो बा ! १५ औं पटक को चुनाव परिणाम पनि हात लाग्यो सुन्य, अब फेरी १६ औं चरणको प्रधानमन्त्री निर्वाचन हुँदै रे !

प्रधानमन्त्री निर्वाचनमा एक्ला उम्मेदवार कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल आज १५ औं पटक पुनः पराजित भएका छन् । प्रधानमन्त्रीको उम्मेदवार पौडेलको पक्षमा जम्मा ९६ र विपक्षमा २ मत परेको सभामुखले सदनलाई जानकारी गराएका थिए । १ सय २९ सभासद् उपस्थित मतदान प्रकि्रयामा ३१ सभासद् तटस्थ बसेका थिए । प्रधानमन्त्री चयनका लागि पुनः १६ औं चरणको निर्वाचन कात्तिक १८ गते दिउँसो ३ बजे हुने भएको छ । ५ सय ९९ सदस्यीय सदनमा बहुमत भन्दा बढि स्थान ओगट्ने माओवादी र एमाले मतदानमा भाग नलिने पूर्व निर्णयमा अडिग रहेकाले पौडेल पुन पराजित भएका हुन् । सातौं पटकसम्म माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगै प्रतिस्पर्धा गरेका कांग्रेस संसदीय दलका नेता पौडेलले त्यसयता ८ वटा निर्वाचनमा एक्लो पराजय भोग्दै आएका हुन्। एक्लै भए पनि उनलाई निर्वाचित हुन सदनको कुल सदस्य संख्याको बहुमत अर्थात तीन सय सभासद्को समर्थन आवश्यक पर्छ । गत असार १६ मा प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिएयता मुलुक कामचलाउ सरकारको भरमा छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक