20101103

लामामाथि तीन-चारजनाको समूहले गोली प्रहार गरी रु एक लाख र युरो नौसय लुटी फरार, घाइते लामा मनमोहन मेमोरियल अस्पतालमा

आज दिउँसो राजधानीको त्रिदेवीमार्गमा सुन्दरीजल निवासी निमा लामामाथि तीन-चारजनाको समूहले गोली प्रहार गरी रु एक लाख र युरो नौसय लुटी फरार भएको छ । सडकमा हिँडिरहेको अवस्थामा उक्त समूहले लामामाथि गोली प्रहार गरी सो रकम लुटी फरार भएको प्रहरी प्रभाग लैनचौरले बताएको छ । लुटेराको खोजी भइरहेको र हालसम्म फेला नपरेको प्रभागले जनाएकोे छ । घाइते लामाको मनमोहन मेमोरियल अस्पतालमा उपचारार्थ लगिएकामा सो अस्पतालमा उपचार हुन नसकेपछि हाल वीर अस्पतालमा उपचार भइरहेको र उहाँ बोल्नसक्ने अवस्थामा रहनुभएको प्रभागले जनाएको छ ।
 पूर्व श्री ५ ज्ञानेन्द्र यही २९ गते भारततर्फ प्रस्थान गर्नुहुने
पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र यही कात्तिक २९ गते भारततर्फ प्रस्थान गर्नुहुने भएको छ। काठमाडौंबाट मुम्बई हुँदै जान लाग्नुभएका उहाँले राजस्थान र भारतका अन्य केही ठाउँको भ्रमण गर्ने कार्यक्रम रहेको बुझिएको छ। राजस्थानको जोधपुरस्थित नातेदारको वैवाहिक निमन्त्रणामा भारत जान लाग्नुभएका पूर्वराजाका साथमा पूर्वरानी कोमल र निजीसचिव सागर तिम्सिना रहनुहुनेछ। मङ्सिरको पहिलो हप्ताको विवाह सकेर गरिने अन्य भ्रमण भने कुन दिन कहाँ भनेर तय भइसकेको छैन। तर, केही धार्मिक स्थलहरूको भ्रमण र नातेदारहरूसँगको भेटघाट भने निश्चित भएको बताइएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक