20101113

घाँटीमा गोली हानी छठ मनाइरहेका एक युवाको हत्या !

छठ मनाइरहेका एकजना युवाको जनकपुरस्थित अंगराजसर पोखरीमा शनिबार बिहान ३ बजेतिर गोली हानी हत्या गरिएको छ । जानकी चोकमा चस्मापसल गरेर बसेका २५ बर्षीय मुकेश दत्तको अज्ञात समुहले गोली हानी हत्या गरेको हो । राती जाग्रमा बसेका मुकेश र अन्य साथीहरु पोखरी किनारामा तास खेली रहेको बेला पैदल आएका एक समुहले उनको घाँटीमा गोली हानेको थियो । गोली लागेर ढलेका मुकेशलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो । गोली चल्दा करिव सय मिटरको दुरीमा नेपाल र सशस्त्र प्रहरी सुरक्षाका लागि खटिएका थिए । डिएसपी पोखरेलले भीड ठूलो रहेको र पडकाहरु पढ्की रहेकाले....
गोली चलेको अनुमान लगाउन नसिकएको बताए । गोली लागेर ढलेरपछि होहल्ला भएपछि मात्र प्रहरी थाहा पाएको थियो । त्यस क्षेत्रमा हजारौ तिर्थालु छठ मनाइरहेका थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक