20101112

केपी ओली को अहिलेसम्म कै आक्रामक भासण, प्रचन्ड र झलनाथ माथि गम्भीर प्रहार, माओवादीका फतुर कुरा सुन्ने पार्टी अध्यक्ष झलनाथ खनाल 'धतंगो' !, "तीनैजना सहितको वार्ता कहिल्यै सफल हुन्न"

"अध्यक्ष मण्डलको माओवादी प्रस्ताव देशमा झनै वितण्डा मच्चाउने चालबाजी, देशमा तमासा देखाउन के के बाँकी छ त्यो सबै देखाए भो।"
'दाहालजीको निसाना प्रधानमन्त्री कुर्सीमा छ, तर चावी हामीसँग छ।' 'हिंसाबाट मुक्त दाहाललाई हामी कुर्सी दिन तयार छौं, तर हतियारधारी प्रचण्डलाई कदापि चावी दिइन्न्।' 'दाहालको आँखामा कुर्सीमात्र देख्‍ने रोग' 'अर्जुनले चराको आँखा मात्रै देखेजस्तो दहालको दृष्टि कुर्सीमा टिकेको छ। देश, जनता, क्रान्ति, शान्ति केहि नदेख्ने मात्र कुर्सी देख्ने रोगले छोएको छ।' 'तीन दलका तीन ठूला नेताको ध्यान कुर्सीमा अडेको छ।' उनले कर्सी ताक्ने अन्य दुई नेता एमाले अध्यक्ष झलनाथ खनाल र कांग्रेस नेता रामचन्द्र पौडेल रहेका बताए। 'यि तीनैजना सहितको वार्ता कहिल्यै सफल हुन्न। कुर्सी कसैले छड्न मान्दैनन्।' : एमाले नेता केपी ओली...


एमाले नेता केपी ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल देशको राजनीतिक निकासमा बाधक बनेको आरोप लगाएका छन्। दाहालको दृष्टि प्रधानमन्त्रीको कुर्सीमा टिकेकोले निकास रोकिएको उनले बताए। उनले माओवादी सच्चिए कुर्सीको चावी सुम्पने बताए। प्रेस चौतारी पाल्पाले शुक्रबार तानसेनमा गरेको पत्रकार भेटघाटमा ओलीले भने, 'दाहालजीको निसाना प्रधानमन्त्री कुर्सीमा छ, तर चावी हामीसँग छ।' 'हिंसाबाट मुक्त दाहाललाई हामी कुर्सी दिन तयार छौं, तर हतियारधारी प्रचण्डलाई कदापि चावी दिइन्न्।' दाहाल प्रति निकै आक्रामक बनेका ओलीले भने, 'अर्जुनले चराको आँखा मात्रै देखेजस्तो दहालको दृष्टि कुर्सीमा टिकेको छ। देश, जनता, क्रान्ति, शान्ति केहि नदेख्ने मात्र कुर्सी देख्ने रोगले छोएको छ।' दाहालले माओवादीकै अन्य नेतालाई पनि प्रधानमन्त्रीको रुपमा स्वीकार्न नसक्ने मात्रै आँफूनै हुनुपर्ने जिकिर गरेको बताए।

उनले दहाल जस्तै अन्य दुईजनाले कुर्सी ताकेका बताए। 'तीन दलका तीन ठूला नेताको ध्यान कुर्सीमा अडेको छ।' उनले कर्सी ताक्ने अन्य दुई नेता एमाले अध्यक्ष झलनाथ खनाल र कांग्रेस नेता रामचन्द्र पौडेल रहेका बताए। 'यि तीनैजना सहितको वार्ता कहिल्यै सफल हुन्न। कुर्सी कसैले छड्न मान्दैनन्।'

उनले तीन नेता वाहेकको वार्ता टोली बनाएर समस्या समाधान निकाल्न सकिने बताए। 'अरुनै बसेर प्रधानमन्त्रीको टुंगो लगाउनु वेस हुन्छ।' उनले भने। ओलीले एमालेको आगामी केन्द्रिय कमिटि बैठकले निकास निकाल्ने दाबी गरे। बैठक पछि एमालेले नयाँ राजनीतिक चाल चल्ने उनको भनाई थियो। तर त्यो कस्तो चाल भन्ने उनले खुलाएनन्। बैठकले कांग्रेसका उमेद्वार पौडेललाई समर्थन गर्ने निर्णय लिने संभावनाका बारे सोधिएको प्रश्नमा उनले भने, 'कांग्रेसले एमालेलाई सघाउन पनि सक्छ, उस्लाई हामीले सघाउन पनि भयो।'

उनले अध्यक्ष मण्डलको माओवादी प्रस्ताव देशमा झनै वितण्डा मच्चाउने चालबाजी भएको बताए। 'देशमा तमासा देखाउन के के बाँकी छ त्यो सबै देखाए भो।' उनले भने, 'तीन नेतालाई कुर्सी चाहिएको छ भागवण्डा मिलाउन जे पनि गर्न सक्छन्।' उनले एकजना प्रधानमन्त्री बन्ने र दुईजना सह प्रधानमन्त्री बन्ने प्रस्तावमा समेत तीन नेताबीच छलफल चलेको सुनेर आँफूलाई लाज लागेको बताए। 'यौटा सरकारका तीन प्रधानमन्त्री बन्ने कुरा लाज लाग्दो कुरा हो।' उनले माओवादीका फतुर कुरा सुन्ने पार्टी अध्यक्ष झलनाथ खनाललाई 'धतंगो' को संज्ञा दिए। 'त्यस्ता कुरा सुन्दै हिंड्ने हाम्रै पार्टिका धतंगाहरु पनि उस्तै।' उनले भने।
ओलीले माओवादी बजेट ल्याउन सहमत नभए अध्यादेशबाट बजेट घोषण हुने बताएका छन्। उनले संसदको बाटो भएर बजेट ल्याउने विकल्प कम्जोर बनेको भन्दै अध्यादेशबाट बजेट ल्याउने ठोकुवा गरे।
लोकतान्त्रिक विधिबाट बजेट ल्याउने चाहनामा माओवादीले कुठाराघात गरेकोले अप्रिय बाटो रोज्नु परेको उनले बताए।
शनिबार अर्घाखाँचीको अर्घातोषमा शहिद हुमानन्द बन्जाडेको शालिक अनावरण गर्दै नेता ओलीले मंसिरको पहिलो सातामै बजेट जारि हुने बताए। उनले बजेट घोषणा गर्न सबै तयारि भैसकेको मात्रै माओवादीले मान्ला कि भनि कुरेको बताए।

'माओवादीले कतिसम्म धकेल्दोरैछ हामी हेर्दैछौं,' उनले भने, 'ढिकमै पुर्‍याओस् अनि हामि कसरि छक्यार बजेट ल्याईदिन्छौ देखिन्छ।' उनले अन्तिमसम्म माओवादीलाई सहमतिमा ल्याउन कोसिस गर्ने बताए। 'सहमति हुन्न भने बाटा अरुपनि छन्,' उनले भने।

ओलीले संसदलाई लाई माओवादीले पंगु बनाएको आरोप लागाए। 'संसदबाट सबै समस्याको समाधान हुँदैन। यो पंगु भैसक्यो। त्यसैले यहिँबाट निकास निकाल्छ भनेर बस्नु बेकार छ।' माओवादीले संसद चल्न नदिएको र बखेडा झिकेर पंगु बनाएको बताए। राष्ट्रपति शासनको संभावनाका बारे सोधिएको प्रश्नमा उनले 'पर्खेर हेर्न' भने।

माओवादी र एमाले नदीका दुई किनारा भएकाले दुई शक्तिबीच कहिल्यै एकता नहुने ओलीले प्रष्ट पारे। 'माओवादी कम्युनिष्ट नै हैन, अनि कसरी सहकार्य र एकता हुन्छ?' हत्या, हिंसा, लुट र अपहरणमा माओवादीको बानि भैसकेको भन्दै ठूलो अपराधिक गिरोह माओवादी भएको उनले आरोप लगाए। संविधानसभा समाप्त पार्ने र सर्वसत्तावाद लाद्ने मनसायमा माओवादी रहेको बताए। हिंसा त्यागेर सेना विघटन भए मात्रै माओवादीले सत्ताको बागडोर सम्हाल्न पाउने नत्र नपाउने उनको भनाई थियो।

ओलीले आगामी केन्द्रीय समिति बैठकले नयाँ निर्णय गर्ने र वर्तमान राजनीतिक गतिरोधको अन्त्य हुने बताए। तर कस्तो निर्णय हुने भन्ने केही खुलाएनन्।

एमाले पोलिटब्युरो सदस्य प्रदिप ज्ञवालीले माओवादीलाई हतियार र सेना छाड्न आग्रह गरे। 'यहि अवस्थामा माओवादीलाई सत्ता सुम्पनु मुर्खता हुन्छ।' उनले भने, 'माओवादीको मनसाय सबै दललाई समाप्त पारेर एकछत्र राज गर्ने रहेको छ, त्यो मनसाय कदापि पुरा हुनेछैन।'

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक