20101127

पालुङटारको विस्तारीत बैठक समापन भएपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले भने "माओवादीलाई कसले भताभुङग बनाउन खोजेको ?"

'आफू सबैभन्दा ठूलो दलाल अनि अन्यत्र दलाल खोज्दै हिँड्छन् माओवादी' - रक्षामन्त्री
 एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो राजनीतिक प्रतिवेदन विस्तारीत बैठकबाट पारित हुन नसकेको अर्थ आफु पराजित भएको विश्लेषण गलत असत्य भएको प्रतिकृया दिएका छन् । गोरखाको पालुङटारको विस्तारीत बैठक समापन भएपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले भने -मैले पेस गरेको प्रतिवेदन पास गर्न असफल भएको भन्ने आरोप असत्य हो हामी प्रतिवेदन पारित गर्ने नीतिका साथ लागेको भए पारित हुनसक्थ्यो । उनले विस्तारीत बैठकमा प्रतिवेदनलाई लिएर अध्यक्ष वा उपाध्यक्षहरुको जित तथा हारेको नभएको बताए । अध्यक्ष दाहालले अध्यक्ष र उपाध्यक्ष तीनै जनाले जित्ने गरेर विस्तारीत बैठकले निर्णय गरेको दावि गरेको छ । प्रतिवेदनहरुमा सबै बिषय मिल्न....
नसेको बताउनु भएका माओवादी अध्यक्ष दाहालले अरु बिषयलाई केन्द्रीय समितिमा बृहत छलफल गरिने बताए । शान्ति प्रकि्रया र संविधान निर्माणको कुरालाई प्राथमिकतामा राखेको बताएका माओवादी अध्यक्ष दाहालले समयमा शान्ति प्रकृया टुङगोमा लाग्न नसके जनविद्रोहको नीति लिईने चेतावनी दिए । उनले शान्ति र संविधानका लागि परार्मशलाई जारी राखिने बताएको छ । माओवादीलाई भताभुङग बनाउन केही तत्व लागिपरेको बताएका माओवादीका अध्यक्ष दाहालले विस्तारीत बैठकले सबैको त्यो आकंक्षालाई चिरेको बताउ । यद्यपी उनले माओवादीलाई कसले भताभुङग बनाउन खोजेको हो त्यस बारेमा भने केही बताउनन् । यसैवीच अध्यक्ष दाहालले राजधानी फिर्ता भएलगत्तै राजनीतिक गतिरोधको अन्त्यका लागि पहल गरिने बताए । उनले सरकार निर्माणमा ब्यवधान भएको भन्दै ब्यवधान फुकाउन छलफल जारी रहेको पनि बताए ।

रक्षामन्त्री विद्यादेवी भण्डारीले अरुलाई 'विदेशी दलाल' बताउने माओवादी आफैं सबैभन्दा ठूलो 'दलाल' भएको बताएकी छिन् ।विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै भण्डारीले भनिन् – 'आफू सबैभन्दा ठूलो दलाल अनि अन्यत्र दलाल खोज्दै हिँड्छन् माओवादी', । रक्षामन्त्री भण्डारीले लडाकु समायोजनको औचित्य समाप्त भएको पनि बताइन् । सरकारको रेखदेख र तलबभत्ता खाएर बसेका लडाकु राजनीतिक गतिविधिमा संलग्न भएको बताउँदै भण्डारीले लडाकु समायोजनको अब कुनै औचित्य नरहेको टिप्पणी गरिन्। रक्षामन्त्री भण्डारीले माओवादीले शान्ति प्रक्रिया भंग गरिसकेको तर घोषणा गर्नमात्र बाँकी रहेको बताइन्। 'समझदारी भनेको दुई पक्षबीच हुन्छ, एउटा पक्षले नमाने हुँदैन', उनले भनिन्, 'माओवादीले सम्झौताको कार्यान्वयन गरेको छैन।' विस्तारित बैठकबाट सकारात्मक नतिजा लिएर आउने आशा गरेकोमा माओवादीले आन्दोलनको बाटोतिर लागेकोमा भण्डारीले आपत्ति जनाइन्। 'आन्दोलन भनेको कस्तो हो', उनले भनिन्, 'राष्ट्रिय स्वाधिनताका लागि पहिले आफू रुपान्तरण हुनुपर्‍यो।'
अमेरिकामा ३० बर्षमा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.25 % वार्षिक, यो बेला घर किन्ने बेला हो, तपाईंले पनि बिचार गर्ने कि !
 अमेरिकामा ३० बर्ष मा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.25 % वार्षिक । यो बेला घर किन्ने बेला हो । घर भएकाले दोस्रो घर किनेर राख्ने बेला हो । लगानी गरेर प्रतिफल कमाउने बेला हो । अमेरिकामा घर जग्गाको को भाउ बिस्तारै माथि जादै गरेकोले लगानी गर्नेहरुले प्रतिफल पाउने राम्रो अबसर छ, तपाईं ले पनि बिचार गर्ने कि ?? -
Call : Ram Prasad Khanal - Realtor®, Long and Foster
Cell - 703-419-0924, Email : rampdkhanal@gmail.com
Note : This Advertisement is only for those people who live and work in USA

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक