20101127

‘अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावले वाम आन्दोलनमा रायमाझी पथ आउने पो कि हो भन्ने आशंका लाग्यो ।’ : डा. बाबुराम

भट्टराईले अध्यक्ष दाहालको प्रतिवेदनलाई ‘मिठो तरकारीमा गोबर घोल जस्तो’ भन्दै आलोचनासमेत गरे
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराइले अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको नेतृत्वलाई चूनौती दिएका छन् । गोर्खाको पालुङटारमा शनिबार सम्पन्न बिस्तारित बैठकमा प्रस्तुत अध्यक्ष प्रचण्डको प्रतिवेदनमा फरम मत राख्दै भट्टराइले आफूले नेतृत्व लिन सक्ने हिम्मत सहित फरक मत राखेको बताए । भट्टराईले प्रचण्डको प्रतिवेदनको भारतसँग प्रधान अन्तर्विरोधका विषयमा फरक मत राखेका छन् । भट्टराई तत्काल भारतलाई प्रधानसत्रु भन्न नहुने पक्षमा रहेका छन् । भट्टराईले अध्यक्ष दाहालको प्रतिवेदनलाई ‘मिठो तरकारीमा गोबर घोल जस्तो’ भन्दै आलोचनासमेत गरे। प्रचण्डको प्रतिवेदन रिमिक्सको संज्ञा दिदै भट्टराइले भन्नुभयो, ‘अध्यक्षको प्रस्तावले वाम आन्दोलनमा रायमाझी पथ आउने.....
पो कि हो भन्ने आशंका लाग्यो ।’ यसैगरी मोहन वैद्य किरणले पनि प्रचण्डको प्रतिवेदनको ईतिहासको मूल्याङकन र कार्यदिशाका विषयमा फरक मत राखेका छन् । वैद्यले चूनवाङ बैठक यताको कार्यनीतिप्रति प्रचण्डले सबै जस आफूले मात्रै लिन खोजेको भनेर आलोचना गरे । करिव १ घण्टा १५ मिनेट बोलेका बैद्यले १ घण्टा अध्यक्षको आलोचनामै विताएक थिए ।
अमेरिकामा ३० बर्षमा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.25 % वार्षिक, यो बेला घर किन्ने बेला हो, तपाईंले पनि बिचार गर्ने कि !
 अमेरिकामा ३० बर्ष मा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.25 % वार्षिक । यो बेला घर किन्ने बेला हो । घर भएकाले दोस्रो घर किनेर राख्ने बेला हो । लगानी गरेर प्रतिफल कमाउने बेला हो । अमेरिकामा घर जग्गाको को भाउ बिस्तारै माथि जादै गरेकोले लगानी गर्नेहरुले प्रतिफल पाउने राम्रो अबसर छ, तपाईं ले पनि बिचार गर्ने कि ?? -
Call : Ram Prasad Khanal - Realtor®, Long and Foster
Cell - 703-419-0924, Email : rampdkhanal@gmail.com
Note : This Advertisement is only for those people who live and work in USA

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक