20101128

प्रहरीले वाइसिएल शिविरमा छापा मारी सात व्यक्तिलाई नियन्त्रण

सभामुखसँग नेपाली काँग्रेस, एकीकृत नेकपा (माओवादी) का प्रमुख सचेतकहरुले संसद्को अधिवेशन शीघ्र डाक्न आग्रह, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संविधानसभा र व्यवस्थापिका संसद्को औचित्य समाप्त भएकाले ताजा जनादेश लिनुपर्ने धारणा
 प्रहरीले आज बालुवाटार टुँडालदेवीस्थित वाइसिएल शिविरमा छापा मारी सात व्यक्तिलाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर हनुमानढोकाका अनुसार विभिन्न व्यक्तिलाई सो शिविरमा लगी बन्धक बनाउने र आर्थिक लेनदेनसम्बन्धी कागज गराउने गरिएको भन्ने पीडितहरुको उजुरीका आधारमा त्यहाँ छापा मारिएको हो। यस विषयमा अहिले अनुसन्ध्ाान भइरहेको प्रहरीले जनाएको छ।व्यवस्थापिका–संसद्को अधिवेशन शीघ्र डाक्न पहलकदमी लिन प्रमुख दुई शीर्ष पार्टीका प्रमुख सचेतकहरुले सभामुखसँग आग्रह गरेका छन्। सभामुख सुवासचन्द्र नेम्बाङसँग आज अपराह्न नेपाली काँग्रेसका प्रमुख सचेतक लक्ष्मण घिमिरे र एकीकृत नेकपा (माओवादी) का प्रमुख सचेतक पोष्टबहादुर बोगटीले भेट गरी सो आग्रह गरेका हुन्। भेटपछि सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै व्यवस्थापिका संसद्को अधिवेशन शीघ्र बोलाउन सभामुखसँग माग गरेको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संविधानसभा र व्यवस्थापिका संसद्को औचित्य समाप्त भएकाले ताजा जनादेश लिनुपर्ने धारणा अघि सारेको छ। उक्त दलको आजदेखि ललितपुरमा सुरु भएको दुईदिने केन्द्रीय कार्यसमितिको बैठकले संविधान बनाउन नसक्ने संविधानसभा र बारम्बार निर्वाचन गरेर पनि प्रधानमन्त्री चयन गर्न नसक्ने व्यवस्थापिका संसद्को औचित्य नभएकाले दुवैलाई विगठन गरी ताजा जनादेशका लागि जनदबाब सिर्जना गराउन कार्यदिशा तय गर्ने भएको छ। बैठकमा पार्टी अध्यक्ष कमल थापाले प्रस्तुत गर्नुहुने राजनीतिक प्रतिवेदन र विभिन्न भातृ सङ्गठनका प्रतिनिधिले प्रस्तुत गर्ने साङ्गठनिक प्रतिवेदनमाथि पनि छलफल हुने प्रचार विभाग प्रमुख तथा सहमहामन्त्री राजाराम श्रेष्ठले जानकारी दिएका छन्।
आजका प्रमुख टेलिभिजन समाचार हेर्नुस् त दु:खद बाहेक एउटा मात्र पनि सुखद समाचार छैनन, होइन के भएको होला नेपाल !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक