20101129

थरुहट तराई जनता दलले सशस्त्र बिद्रोह शुरु गरेको घोषणा, सशस्त्र बिद्रोहलाई माओवादी बिरुद्ध केन्द्रित गर्ने !

Breaking News......
माओवादीबाट बिद्रोह गरेकाद्वारा माओवादी माथि नै जनकार्बाही गर्ने घोषणा, आखिर प्रचन्ड र बाबुरामहरुनै आफ्नै शिस्यद्वारा खतरामा !   
माओवादीले ठानेको होला हामीले ठीक गरेका छौं, तर उसका गलत गलत कदम ले देश र जनता मात्र होइन उ आफै पनि नराम्ररी फस्दै गरेको र फस्दै गएको सबैका अगाडि छर्लङ छ। हत्या, अपहरण, चन्दा आतंक, कुट पिट, जनता का सम्पत्ती कब्जा यो बाहेक माओवादीले राम्रो के नै गर्न सकेको छ र ? माओवादीले तयार गरेका यिनै अपराधी चेलाहरु अब माओवादीका लागि निकै महँगो पर्ने भएका छन। माओवादी बाट सन्काहा मातृका मात्र होइन धेरै नेता कार्यकर्ता र लडाकुले बिद्रोह गर्दै प्रचन्ड र बाबुरामहरुलाई नै जनकार्वाही गर्ने घोषणा आउने क्रममा फेरी अर्को घोषणा आएको छ । थरुहट तराई जनता दलले सशस्त्र बिद्रोह शुरु गरेको घोषणा गरेको छ। संगठनका अध्यक्ष रेडसनले सशस्त्र बिद्रोहलाई माओवादी बिरुद्ध केन्द्रित गर्ने बताएका छन्। आफ्नो कार्यक्रममा उनले आक्रमण, कब्जा र जनकारवाही गर्नेसम्मका योजनाहरु रहेको बताए। उक्त संगठनले सशस्त्र बिद्रोहको शुरुवातमा धनगढी स्थित रेडियो जनअवाजमा आक्रमण र लुटपाट गरेको जनाएको छ। थरुहट तराई जनतादलको अध्यक्ष रेडसन भनेका को हुन भन्ने अधिकारिक रुपमा पुष्टि हुन नसकेपनि यो संगठनको नेतृत्व लक्ष्मण थारु रोशनले गरेको खुलासा भएको छ। 'हामी केहि जना बसेर राजनीतिक उद्देश्यका साथ शुरुमा रेडियो जनअवाज एफ एम कब्जा गर्ने निर्णय गरेका हौं।' जिल्ला प्रहरी कार्यालयमा हिरासतमा रहेका रामकृष्ण चौधरीले भने - 'आक्रमण गर्ने...
लगायत पार्टीका योजना लक्ष्मण थारुले बनाएको हो।' थरुहट जनता दल नामको भूमिगत संगठन लक्ष्मण थारु कै नेतृत्वमा सक्रिय रहेको उनले बताए। रेडसन भनेर बिज्ञप्ती निकालेपनि रेडसन यहि हो भनेर कसैलाई थाहा नभएको उनले बताए। एफ एम आक्रमण गर्दापनि रोशनकै नेतृत्वमा आफू सहित एक समुह आएको उनले बताए। अध्यक्ष रेडसन काल्पनिक नाम भएको र रोशनले नै यो बिज्ञप्ती पठाएको उनले बताए। बिगतमा माओवादीमा सक्रिय रहेका रोशनको नेतृत्व रहेको थरुहट जनता दल नामको संगठनले माओवादी अध्यक्ष प्रचण्ड गुट बिरुद्ध जनकारवाही चलाउने चेतावनी दिएको छ। प्रचण्डको पक्षमा वकालत गरेकोले जनकारवाही स्वरुप नै रेडियो जनअवाज माथि आक्रमण गरेको संगठनका अध्यक्ष रेडसनले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ। २ हजार थारु लगायत हजारौ जनताले बगाएको रगतमा मोज गरेको उल्लेख गर्दै माओवादीबिरुद्ध शसक्त प्रतिरोध जनकारवाही अगाडि बढाइने बिज्ञप्तीमा उल्लेख छ।
राष्ट्रियताको वकालत गर्ने तर भित्र भित्रै आत्मसमर्पण, दलाली र चाप्लुसी गर्ने प्रचण्डको जीवनशैली बनको छ। जसले गर्दा थारु लगायत जनजातीले धोका पाएको छ। वदलाभावले होइन, प्रचण्डका बिरुद्ध शसस्त्र बिरुद्धमा उत्रिनुको बिकल्प छैन।- बिज्ञप्तीमा उल्लेख छ। प्रचण्डका पथमा प्रचारवादी गरेकाले जनकारवाही स्वरुप रेडियो जन अवाज कब्जामा लिएको जनाएको छ।
मंसिर ५ गते साँझ १५। १६ जनाको एक समुह आएर धनगढीमा रहेको रेडियो जन अवाजमा आक्रमण गरेर लुटपाट गरेको थियो। एफ लुटपाटमा संलग्न अभ्यास लगायतका ४ जनलाई प्रहरीले पक्राउ गरिसकेको छ। अभ्यास पनि बिगतमा माओवादीका बिग्रड कमाण्डर हुन। मंसिर १५ गतेवाट संबिधानसभाको सभासदलाई थरुहट भुमीमा प्रवेश निषेध गरिने पनि बिज्ञप्तीमा जनाइएको छ। प्राकृतिक सम्पदा काठ, वालुवा, ढुंगा तस्करी गर्नेलाई पनि जनाकारवाही गरिने उल्लेख गरिएको छ। बिज्ञप्तीमा सर्वजातिय प्रतिनिधत्वको राष्ट्रिय राजनैतिक सम्मेलन गर्नुपर्ने, जातिय जनसंख्याको आधारमा राज्यको सम्पुर्ण निकाय, अंग र तहमा पुर्ण समानुपातिक प्रतिनिधित्व तत्काल लागु गर्नुपर्ने र थरुहट सम्पुर्ण कार्यायमा थारु भाषा अनिवार्य लागु गर्नुपर्ने ३ माग राखको छ। केहि महिना अघि काठमाण्डौमा यौनकाण्डमा चर्चा आएका रोशन यस क्षेत्रमा थरुहट जनतादलले एफ एम आक्रमण र लुटपाट गरेपछि पुन चर्चामा आएका छन।

1 comment:

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक