20101130

ठेक्का वाईसीएललाई नदिएको भन्दै माओवादी र वाईसीएल कार्यकर्ताले खानेपानी आयोजनाका अध्यक्षलाई घेरा हाली कुटपिट गरे

एकीकृत माओवादीका कार्यकर्ताले पर्ूर्वी लमजुङको ढोडेनीस्थित महवीर खानेपानी आयोजना निर्माण समितिका अध्यक्षलाई कुटपिट गरेका छन् । खानेपानी आयोजनाको ठेक्का वाईसीएललाई नदिएको भन्दै पार्टर्ीीे ढोडेनी गाउँ कमिटी प्रमुख वसन्त भारती र वाईसीएल कार्यकर्ता एवं माओवादीका पर्ूवलडाकू नरेन्द्र गुरुङ सम्मिलित समूहले आयोजनाका अध्यक्ष शेरबहादुर बोगटीलाई कुटपिट गरेको हो । एमाले जिल्ला कमिटी लमजुङका सल्लाहकार सदस्यसमेत रहेका बोगटीको माओवादी कुटाइबाट नाक, टाउको, मुख, खुट्टालगायतका ठाउँमा चोट लागेको छ । उनको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । आइतबार राति ९ बजेतिर ढोडेनी-२, देउरालीमा रहेको जितबहादुर तामाङको घरमा खाना.....
खाइरहेका बेला माओवादी र वाईसीएल कार्यकर्ताले घेरा हाली कुटपिट गरेको पीडितले बताएका छन् । 'खानेपानी आयोजनाको कुरा गर्न तामाङको घर गएको थिएँ, अबेर भएपछि त्यहीँ खाना खाँदै थिएँ,' बोगटीले भने, 'एकैचोटि उनीहरू आएर कोही बाहिर बसे, वसन्त र नरेन्द्रले मलाई कुटे ।' पछि त्यहीँ नजिककैको ठेकेदार र तामाङ परिवारले उनीहरूलाई छुटाएको बोगटीले बताए । बोगटीसँगै रहेका खानेपानी आयोजनाका ठेकेदार तार्कुघाट हर्रर्ााेटका हर्रि्रसाद धितालको मोबाइलसमेत उनीहरूले लुटेर लगेका छन् । माओवादीले आफूसँग पनि मोबाइल मागेको तर नदिएको बोगटीले बताए ।
घटनाका सम्बन्धमा एकीकृत माओवादी लमजुङका सेक्रेटरी मोहनहरि पौडेलले जानकारी नपाएको बताएका छन् । उनीहरू एक आपसमा मदिरा पान गरी झगडा गरेको हुनसक्ने बताउँदै घटनालाई पार्टर्ीीण गर्न नहुने बताए । उनीहरू पहिलादेखि नै झगडा गर्ने गरेको र यस पटक पनि मदिरा खाएर त्यहीँ झगडा गरेको हुन सक्ने सेक्रेटरी पौडेलले बताएका छन् ।
अमेरिकामा ३० बर्षमा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.5 % वार्षिक,  यो बेला घर किन्ने बेला हो, तपाईंले पनि बिचार गर्ने कि !
 अमेरिकामा ३० बर्ष मा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.5 % वार्षिक । यो बेला घर किन्ने बेला हो । घर भएकाले दोस्रो घर किनेर राख्ने बेला हो । लगानी गरेर प्रतिफल कमाउने बेला हो । अमेरिकामा घर जग्गाको को भाउ बिस्तारै माथि जादै गरेकोले लगानी गर्नेहरुले प्रतिफल पाउने राम्रो अबसर छ, तपाईं ले पनि बिचार गर्ने कि ?? -
* Ram Prasad Khanal - Realtor®
Long and Foster Real Estate company
(Leading Real Estate Company in the world)
Cell - 703-419-0924, Email : rampdkhanal@gmail.com
Note : This Advertisement is only for those people who live and work in USA

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक