( संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका नेपाल मदर डट कम www.NepalMother.com , जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं - Email : Info@Nepalmother.com)

20101130

बोलीको भर नभएका "पिपल पाते" प्रचण्डले फेरी यसरी बोली फेरे, बिस्तारित बैठकमा कार्यकर्ता सँग भारत सत्रु, बाहिर भारत मित्र !

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू भारतविरोधी नभएको बताएका छन् । नेपाल मामिलाका विशेषज्ञ मानिएका भारतीय प्राध्यापक एसडी मुनीसँग उनले सो कुरा बताएका हुन् । 'म भारतविरोधी होइन, मिडियाले भारतविरोधीको रूपमा प्रस्तुत गरेको मात्र हो,' प्रचण्डको भनाइ उद्धृत गर्दै मुनीले भने । विस्तारित बैठकबाट फर्केलगत्तै प्रचण्ड र मुनीबीच भेटवार्ता भएको थियो । मुनीले दिएको जानकारीअनुसार प्रचण्डले आफ्नो पार्टर्ीीे दस्तावेजमा भारतलाई प्रधान शत्रु भनी कहीं कतै किटान नगरेको बताउँदै मिडियाले हौवा फिजाएको दाबीसमेत गरेका थिए । मुनीका अनुसार माओवादी कहिल्यै पनि भारतविरोधी नभएको जिकिर प्रचण्डले गरेका थिए । 'आफ्नो पार्टर्ीीहिल्यै पनि भारतलाई प्रधान शत्रु मान्ने पक्षमा छैन,' रिपोर्र्टर्स क्लबमा सोमबार आयोजित साक्षात्कारमा प्रचण्डको भनाइ उद्धृत गर्दै मुनीले भने ।भारतकै कारण आफू सरकारमा जान नपाएको गुनासो गर्दै प्रचण्डले भारतसँग सधैं मित्रवत् व्यवहार गरेर जान आफू तयार रहेको बताए । नेपालको राजनीतिक गतिरोध अन्त्य...
नहुनुमा भारत दोषी नभई नेपालका राजनीतिक नेताहरू नै दोषी रहेको मुनीको भनाइ थियो । नेपाली माओवादीले भारतीय माओवादीलाई तालिम दिएको सम्बन्धमा भारतीय चासो स्वाभाविक रहेको पनि मुनीले बताए ।

0 comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________