20101125

"मलाई साथ दिइयोस, एक वर्षमा नेपालमा मात्र होइन, विश्वमै चमत्कारीक परिवर्तन ल्याउन सक्छु" - नेपाली बाबा
नेपाली बाबा, वहाँनै पहिलो भविश्यवाणी गर्ने बाबा हो जसले राजा वीरेन्द्रको सपरिवारलाई वंशनै खतरामा छ, यो यो गरिबक्सियोस भन्दा राजा वीरेन्द्रले नगर्दा केही समयपछि राजदरवार हत्याकाण्ड भयो । वहाँ त्यही बाबा हो जुन बाबाले "राजतन्त्र खतरामा छ, यो यो गरिबक्सिएन भने राजतन्त्र समाप्त हुन सक्छ" भनेर तत्कालीन राजा ज्ञानेन्द्रलाई पर्ूव भविष्ण्वाणी सुनाउनु भयो, त्यो गरिएन, राजा ज्ञानेन्द्रसहित......

२३८ वर्षो राजतन्त्र समाप्त भयो । वहाँले संसारमै पहिलो पटक ओवामाले चुनाव जित्ने भविष्यवाणी गर्दा मान्छेले हाँसेर उडाए तर ओवामाले अमेरिकामा चुनाव जितेर राष्ट्रपति भए । यी र यस्ता सयौं भविष्यवाणी पूरा भएको देख्नेहरु नेपाली बाबाका परमभक्त छन् । एउटा अद्भुत क्षमता भएका, "नेपाललाई मात्र होइन संसारलाई बदल्न सक्छु" भन्ने साहसी र दैवी शक्ति प्राप्त नेपालका एक मात्र "जगदाचार्य" नेपाली बाबा अर्थात पं. तेजनाथ शर्मासँग अमेरिकाबाट संचालित लोकप्रिय नेपाली अनलाई पोर्टल नेपाल मदर डट कमका प्रधानसंपादक रामप्रसाद खनालले अमेरिकामै लिनु भएको सनसनीपर्ूण्ा अन्तर्वार्ता तल प्रस्तुत छ ः-

० नेपाली बाबा यहाँलाई हामीले यहाँको परिचय बारे सोध्यौ भने के भनेर परिचय दिन चाहनुहुन्छ ?
 - मलाई मेरो जन्म नाम तेजनाथ शमार्, साधनाकालमा कठिन साधना, १३ किलोमिटरको त्रिकोण परिक्रमा, साधनको रुपमा दैनिक ४ वा ५ पटक, महिनौं वर्षौ ५२ या ६५ किलोमिटर हिड्दा त्यहाँका स्थानीय भक्तले नै नेपाली शरिर भएको नाताले नेपालीबाबा भनेर बोलाउन थाले जो अब संसारले जान्ने नाम नेपाली बाबा नै मुख्य परिचयको नाम हुन गयो ।
 ० कति वर्षभयो धार्मिक क्षेत्रमा लाग्नु भएको ?
 - धार्मिक क्षेत्रमा पर्ूण्ा लागेको २०३४ साल बैशाखबाट । जब पहिलो यज्ञमय जीवनको शुभारम्भ भयो ।
० अन्न र फलफुल खान छोडेको कति वर्षभयो र किन छाड्नु भएको ?
- अन्न खान छोडेको करिव ३९ वर्षभयो । यो एक विशेष संकल्पको रुपमा शारिरिक साधनाको रुपमा छाडे जस्को कुनै बाध्यात्मक कारण छैनन् ।
०  जगदाचार्य नेपाली बाबा यो पदवी कसरी पाउनु भयो नि ?
-जगदाचार्यको पदवी सन् १९८६ अन्तर्रर्ााट्रय शान्ति वर्षछि घोषणा भयो, त्यही सन्को १५ नोभेम्बर देखि १५ दिसम्बर ३३२ दिन तक ११००० -एघार हजार) व्राम्हणद्वारा विश्वशान्तिको लागि साङ्ग गायत्री पुरश्चरण महायज्ञ ३२ दिनको यस युगकै सबैभन्दा ठूलो यज्ञ भारतको उत्तर प्रदेश मर्ीजापुर विन्ध्याचलमा म आफू वाचञ्जेल विश्वयुद्ध हुन दिन्न भनेर यज्ञ गराउने दृढताका साथ लागेको वेलामा विश्वधर्म संसदले विश्वका सात जना लाई शंकराचार्यज्यूहरुले गर्नुपर्ने कार्य भारत बाहिर आप\mनो आध्यात्मिक दायित्व बहन गरुन भनेर मनोनयन गरे अनुसार मलाई नेपालको तर्फाट विश्वशान्तिको लागि असत्य मानिएको कार्य सम्पन्न गर्ने प्रयत्नको लागि जगदाचार्य पदले विश्वशान्ति र मानव हितमा कार्य गरिरहन यो जिम्मेवारी दिइएको हो ।
० यहाँले बोलेको भविष्यवाणी के को आधारमा कसरी हुन्छ ?
- यदि मेरो हृदयले माता विन्ध्यवासिनीको चरण कृपाका आधारमा यस्तै हुन्छ भनेर बोलिदिएमा त्यो फरक परको छैन । त्यसैले धेरै कठिन कुरा पनि विगतमा पुग्न गए तर्सथ सत्य मान्नै पर्ने हुन्छ ।
० भारतका हिन्दु राजनेताहरु थुप्रै यहाँका भक्त छन् रे नि - को को छन् ?
- मेरा सर्म्पर्कमा आएका जसलाई परेको बेला मातासंग उनीहरुका लागि पर््रार्थना साधना अनुष्ठान पनि गरे र म प्रति वहाँहरुको अति नै सम्मान युक्त सम्बन्ध रह्यो । प्रथम स्वर्गीय भारतकी प्रधानमन्त्री श्रीमतर्ीर् इन्दिरा गान्धी त्यस्तै स्वर्गीय प्रधानमन्त्री पी.भी. नरसिंह राव, स्वर्गीय प्रधानमन्त्री चन्द्रशेखर, प्रधानमन्त्री एच.डी. देवेगौडा लगायत धेरै जना, विजेपीका भूतपर्ूव अध्यक्ष राजनाथ सिंह आदि रहे ।
० नेपालमा पनि राजा देखि नेतासम्म सबैले बाबालाई खुव मान्छन् भनिन्छ, को को आउछन् बाबासंग ?
- नेपालमा पनि स्वर्गीय राजा वीरेन्द्र तथा ज्ञानेन्द्र र भूतपर्ूव प्रधानमन्त्रीहरु लोकेन्द्रजी, र्सर्ूयवहादुर थापा, शेरवहादुर देउवा, स्वर्गीय गिरिजा प्रसाद कोइराला आदि सबैसंग सम्बन्ध रहृयो । सक्दो सबैलाई आशिर्वादयुक्त आध्यात्मिक सहयोग गर्ने कोशिस गरें ।
० तत्कालिन राजा वीरेन्द्रलाई बाबाले भनेको नमान्दा दरवार हत्याकाण्ड, ज्ञानेन्द्रलाई भनेको नमान्दा राजतन्त्र नै गयो भनिन्छ नि, कत्तिको सत्य हो ?
- निश्चित समयमा उचित सल्लाह र देखेको विवेकयुक्त प्रस्ताव राख्ने गरेको हुँ । धर्म र सांस्कृतिक आधारशिलालाई नपत्याएको खण्डमा यस्तै विपरित परिणामको सामना गर्नुपर्न हुन्छ जो त्यस्तै भयो पनि ।
० ओवामाले अमेरिकाको राष्ट्रपति पदमा चुनाव जित्छन् भनेर भन्ने पहिलो यहाँ नै भविष्यवेत्ता हुनुहुन्छ, कसरी ठ्याक्क मिलाउनु हुन्छ?
- अमेरिकाका वर्तमान राष्ट्रपति ओवामाले नै जित्ने कुरा चुनाव अगाडि नै लिखित रुपमा परिणामको प्रतिशत आंकडा सहित भविस्यवाणि गरेको थिएँ, ठाउँठाउँमा इमेल नै पठाएको थिए, थुप्रै मिडियाहरुले प्रकाशित गरेका थिए, जो शत प्रतिशत सत्य रहृयो ।
० यहाँ जस्तो विद्वान भविष्यविद, संस्कृतविद, हिन्दर्ुधर्मको पर््रवर्तक, अब भन्नुस त नेपाल कतातिर जाला - हिन्दु धर्म, हिन्दु राष्ट्र, राजा फर्किएलान वा नफर्किएलान् ?
- नेपाल सदैव हिन्दु राष्ट्र हो । त्यही रुपमा प्रतिष्ठित गर्ने प्रतिवद्धता मेरो संकल्प हो । अब राजा र राजसंस्थाको बारेमा केही बोल्नु भन्दा पनि नेपालको संस्कृति तथा यहाँको भूभाग भौगोलिक संरचना र जन जीवनको संस्कारशैली र प्राकृतिक मौलिक व्यवस्थाले निर्दिष्ट गरेको कुरा भविष्यमा र्फकन सक्दैन भन्न सकिन्न ।
० यहाँको पारिवारिक कुरा पनि जान्न मन लाग्यो, पारिवारिक कुरा बताउन मिल्छ ?
- मेरो पिताको नाम स्व. टिकाराम घिमिरे, ३५ वर्षन्याय सेवामा रहेर अवकाश पछि जीवन पर्यन्त वकालत पेशा र सामाजिक सेवासहित बाचुञ्जेल मेरा संकल्पमा प्रोत्साहन युक्त आशिर्वाद सहित साथ दिनु भयो । आमाको नाम हो कोमलकुमारी घिमिरे, अहिले मेरो आश्रम नजिकै सतुगंलमा रही साँझ विहान माता विन्ध्यवासिनीको अर्चना सेवा गर्नुहुन्छ । मेरी धर्मपत्नी शिवकला घिमिरे आप\mनो गृहराज्य सम्हालेकी छन् उनी तानसेनको घरमा छन् । मेरा तीन छोरा, जेठा गणेशप्रसाद शर्मा, वुहारी सरिता शर्मा एक नातिनी सुश्री निर्विन्ध्य र एक नाती । माहिला श्री रामचन्द्र शर्मा, एम्.कम्. अहिले सि.ए. अन्तिम वर्ष बुहारी सीता शर्मा । कान्छो छोरा डा. शंकर शर्मा घिमिरे अहिले यही अमेरिकाको क्यालिफोर्नियामा मर्सर्ेेमा रेसिडेन्सी गर्दै अविवाहित । छोरी गायत्री भण्डारी ज्वाईर् इ. वासुदेव भण्डारी, नाती निश्चल भण्डारी यो परिवार हो ।
० बाबा धर्मको परिभाषा यहाँ कसरी गर्नुहुन्छ ?
- धर्म कर्तव्यको धारणा, जन्मदेखि मृत्युसम्म जीवनलाई अनुशासित स्वस्थ व्यवस्थित राखेर सदर््कर्तव्यको पथमा निरन्तर क्रियाशील हुन प्रेरित गर्ने सजग गराउने नैतिक चरित्रमा आवद्ध रही स्वकर्तव्यको पालनामा डोर्याउने प्रकृतिको नाम नै धर्म हो ।
० नेपालको धार्मिक अवस्था र यसको भविष्य नि ?
- नेपालको धार्मिक अवस्था अहिले हामीहरु जस्तै यस क्षेत्रमा लागेका कर्मठ सन्त महात्मा विद्वानको सटिक प्रयत्न र पहुँच नपुगेको कारणले सून्यमा स्थित छ र यसलाई सही अवस्थामा पुर्याउन निकै कठिन परिश्रमयुक्त सामूहिक प्रयत्न हुनु जरुरी छ । मेरो प्रयास पनि यही हो । म विश्वास युक्त प्रयत्नमा छु, यस्ाको भविष्य हुनुपर्ने स्थितिमा पुर्याउने सुखद कामना बोकेर हिडेको छु ।
० यहाँले अहिले के के गर्दै हुनुहुन्छ, र के के लक्ष्य छ ?
- मेरो लक्ष्य अनुरुप श्री विन्ध्यवासिनी आध्यात्मिक संघ नामको धार्मिक संस्थाको माध्यम र सम्पर्ूण्ा भक्त सहयोगीको मन वचन कर्म तन मन धनको श्रद्धायुक्त सहयोगबाट आध्यात्मिक विश्वविद्यालय आध्यात्मिक अस्पताल, श्रीयन्त्रमय नौतले माता विन्ध्यवासिनी सहित शक्तिको अद्वितीय मन्दिर, ५०० कोठाको धर्मशाला, बृद्धाश्रम, लगायत संरचना निर्माण गरी आध्यात्मिक क्षेत्रबाट जनहितमा मानवीय पक्षका अति आवश्यक सामाजिक सेवा जसवाट सम्पर्ूण्ा नेपाल र नेपाली स्थिर शान्ति समुन्नत समृद्ध राष्ट्रको रुपमा नैतिक अनुशासित विश्व समुदायलाई पर्यावरणीय चुनौतीपर्ूण्ा शुद्धताको लागि सद्प्रयत्न गर्ने आदि कार्यहरुका लागि काठमाडौंको सतुंगलमा करिव ४० रोपनी जग्ग्ाामा लक्षित संकल्प पूरा गर्न अद्यपी २४ रोपनी जग्गा खरिद भै अस्थायी माताको मन्दिर यज्ञशालामा विगत २०६१ सालबाट धार्मिक आध्यात्मिक कार्यहरु करिव ३०/३५ व्राम्हणहरुबाट सञ्चालित भैरहेको छ र बाँकी जग्गाको लागि भूमिदान प्राप्त गरी बाँकी निर्माणको कार्य श्रि्र पूरा गर्न सबै सहयोगी श्रद्धालु भक्तहरुसंग अनुरोध प्रयत्न अगाडि बढीरहेको छ ।
० यहाँको यस्तो महान उद्देश्यमा नेपालका यहाँका भक्त नेताहरु, सरकारका मन्त्रीहरुले कत्तिको सहयोग गरेका छन् ?
- जनता जति आत्मिय र सहयोगी छन् त्यही नै मेरो पर्ूण्ा आधार हो, अरु दिवा स्वप्न मात्र हो । दुखका साथ भन्नर्ुपर्छ, अपेक्षित सहयोग प्राप्त भएको छैन ।
० नेपाली जनमानसबाट कत्तिको सहयोग पाउनु भएको छ ?
- जनमानस नर्ैर् इश्वरको प्रत्यक्ष रुप हो । जनमानसको प्रत्यक्ष सहयोग बाटै जति प्रगती भयो त्यसैको परिणाम हो ।
० नेपाली संचार माध्यमहरु बाट नि ?
- नेपाली संचार माध्यमले धर्मको मर्म व्याख्या र यस्को मानवीय पक्षको नैतिक वैज्ञानिक धरातल जान्न बुभ\mन धेरै समय लाग्छ यदि तपाईको जस्तो विचार र सहयोग प्राप्त भयो र नेपाली संचार माध्यमले जुन दिन यो सद्चेष्टा बुभ\mने र बुझेर साथ सहयोग गर्ने प्रयत्न गर्नेछन् त्यसैदिन पहिला नेपाल र नेपालीको उद्धार हुनेछ । अहिले त विग्रिएको राजनीति राजनेताको पछि दौडदैमा होशै छैन की हामी के गरि रहेका छौं ।
० हिन्दु धर्ममाथि हर क्षेत्रबाट आक्रमक भैरहेको छ, हिन्दु अधिराज्य त्यो पनि सकियो, के भन्नुहुन्छ बाबा यसमा ?
- यसमा मेरो मौलिक मनाई हाम्रो कार्य कमजोरी र धार्मिक क्षेत्रबाट सामाजिक क्षेत्रमा सेवाभावले जान नसक्नु नै यो स्थितिको मूल कारण हो । मेरो मान्यतामा नेपाल सदा हिन्दु अधिराज्य हो र सदा त्यही नै रहनेछ किन कसरी त्यो मेरा सद्प्रयत्नयुक्त कार्यले भवियष्मा निश्चित देखाउने परिणाम हो ।
० अबको धार्मिक भविष्य के हो त नेपालको उसो भए ?
- आगामी २/३ वर्षा नयाँ वैज्ञानिक परिभाषामा धार्मिक व्याख्या आचरण अभ्यास र यसमा निहित कार्यशैलीले प्रभाव पार्ने क्रियाशिलताले सुखद परिणाम ल्याउनेमा म विश्वस्त छ ु।
० यहाँ यस्तो अद्भूत धार्मिक शक्ति र माताको आशर्ीवाद प्राप्त बाबा, नेपालको लागि बाबाले के गर्नु हुन्छ त ?
- म मेरो नेपाललाई विश्वकै र्सवश्रेष्ठ दैवी गुण र चरित्रले पोषित परिभाषित अनुशासन कर्तव्यपरायण नैतिक निष्ठा आस्थालर्ेर् इश्वरको रुपनै मेरो राष्ट्रिय समाज हो, राष्ट्रको निःस्वार्थ सेवा नर्ैर् इश्वरको मूल पूज्ाा आराधना अनुष्ठान रुप महायज्ञ हो भन्ने भावालाई प्रतिस्थापित गर्ने यो प्रयत्न नै सतुंगलमा बन्ने विश्वकै उत्कृष्ठ आध्यात्मिक मानवीय सेवा केन्द्रको स्थापना र यहाँ गरिने मूलकार्य हो जस्ाले यो भावनालाई निश्चित र्सार्थक तुल्याउने छ ।
० धर्म मान्नेलाई र धर्म नमान्नेलाई फरक फरक ढंगले तपार्ँइले सन्देश दिनु पर्दा कसरी दिनुहून्छ ?
- धर्म शब्दको व्याख्या जान्नु र नजान्नुमा फरक पर्ने भाव हो । आस्तिक या नास्तिक शब्द तर्सथ जीव कहिल्यै पनि धर्म रुप धारणा साश्वत प्राकृतिक स्वभाववाट अलग हुन सक्दैन अज्ञानता वश उसले यस अर्थलाई नजाने पनि उ यानी व्यक्ति प्रकृतिको नियम, गुण, अवस्थााट बाहिरन सक्दैन, यदि प्रकृतिको शाश्वत नियम जो उसलाई बाँच्नको लागि नै अपरिहार्य छ । त्यसैले अज्ञानी भएर हैन ज्ञानी भएर यसलाई विवेक युक्त अध्ययन गर्ने प्रयत्न गरौं स्वयं नै धर्म अधर्मको व्याख्या रहस्य खुल्न थाल्छ ।
० कति देश घुम्नु भयो ?
- अमेरिका नवौं पटक यो यात्रा । ७ पटक यू.के.मात्र, र अन्य देशहरुमा पनि धार्मिक सचेतनाका लागि घुमें र घुम्दै छु ।
० पैदल यात्रा कति/कहाँ कहाँ भयो रे ?
- अहिलेतक २०४५ सालमा नेपाल अधिराज्यको मेची महाकाली, महाकाली मेची ७५ जिल्ल्ााको १२१ दिनमा परिक्रमा । २०४८ सालमा नेपालको मुक्तिनाथदेखि भारतको कन्याकुमारी ११८ दिनमा पैदल यात्रा । २०५० सालमा भारतको कन्याकुमारीदेखि द्वाराका हुँदै वद्रीनाथ सम्म १६८ दिनमा पैदल यात्रा गरि अहिले सम्म मेरो पैदल यात्रा ७९५०० किलोमिटर पुगेको छ ।
० कति शिष्य बनाउनु भएको छ ?
- शिष्य भनेर संख्यात्मक भन्दा पनि यस महायज्ञमा कुनै पनि भावले सहयोग दिने सबै मेरा आत्मिय सहयात्री र माताको सेवा गर्ने सहयोगी भक्त परिवार करोडौं छन् भन्ने म मान्दछु ।
० अवको भावी ठोस योजना १, २, ३ गरेर भन्दा कसरी के कुरा प्राथमिकतामा राख्नु भएको छ -३ वटा कुरा) ?
- संकल्पित मन्दिर सहित आध्यात्मिक विश्वविद्यालय, आध्यात्मिक अस्पताल । यो भन्दा पहिलो कार्य नेपालको श्रि्र स्थायी शान्ति र नेपालीहरुको एकता राष्ट्रप्रति समर्पित हुने प्रतिबद्धताका लागि सबैलाई सजग र उन्ुमख गराउने प्रयत्न ।
० विदेशमा वस्ने नेपालीहरुले धर्म संस्कृति भुलेका त छैनन् - के छ बाबाको अनुभव ?
- भुलेका छैनन्, सकारात्मक भावना पाएको छु । वर्तमान ५० वर्षसम्ममा केही न केही छ नै । ३० वर्षमुनिकामा शनैःशनैः । ठोश हामी मध्ये कसैले केही गरिएन भने भविष्य अनिश्चितमा परिणत हुनेछ । प्रयत्न भएमा हाम्रो राष्ट्र संस्कार संस्कृतिबाट पोषित नै रहन सक्ने स्थिति छ । प्रयत्न सबैको आवश्यक छ ।
० नेपालका राजनीतिक दल र नेताहरुलाई बाबाको सन्देश ?
- मेरो नेपाल मेरो नेपालीको सुखद भविष्यको लागि म नेपालमा जन्मेको हुँ, नेपालकै लागि निःस्वार्थ राष्ट्रको लािग त्याग गरेर पद प्रतिष्ठा र स्वस्वार्थ त्यागेर सबैको विचार भावनालाई समेटे एकै परिवारको प्रेमभावालई आत्मसात गर्ने केहीमात्र पनि अभ्यास गरिदिउन भोली नै नेपालको लागि नयाँ भाग्योदयको र्सर्ूय उदाउनेछन् ।
० अन्त्यमा नेपाल मदर डट कमको तर्फाट अरु थप कुनै भन्नु पर्ने छुट कुरा छन् कि ?
- मलाई मात्र नेपाली आमाको छोरा नेपालकै लागि केही गरी मरौं भन्ने नेपाली ठानेर आप\mना अभिव्यक्त राखी अति ठूलो सत्य सहयोग पुर्याई दिनु भएकोमा सदा यो नेपाल मदर डट कम आप\mनो सद्उद्देश्यमा अझै स्तुत्य कार्य गरेर सम्पर्ूण्ा नेपाली तथा विश्व मानव प्राणीको हितमा काममा आओस उही आशिर्वाद र शुभकामना दिन चाहन्छु । यस्ाका सम्पर्ूण्ा पाठक र द्रष्टा लाई पनि यहाँहरु सबैको मनोकामना पर्ूण्ा होस भगवती विन्ध्यावासिनीको कृपा बनिरहोस यही सदा र्सवदा तपाईको लागि म पर््रार्थना गरिरहने छु ।
० यो विशेष अन्तर्वार्ताका लागि बाबालाई हार्दिक धन्यवाद र आभार व्यक्त गर्दछौं  !
- जीवनको यस यात्रामा अमूल्य अवसर दिएर मेरो -एक सामान्य नेपाली) संकल्य र प्रयत्नशील यात्राका अभिव्यक्ति सबै सामु यथार्थ राख्ने अवसरका लागि म र मेरा संकल्पका कुनै पनि नेपाल र नेपाली धर्म र संस्कृति, विश्व र विश्वको काममा र्सार्थक हुन सकेमा यो सहयोग नै स्तुत्य सहयोगको ऋणी रहने छु । धन्यवाद श्री रामप्रसाद खनालजी तपाईको सद्प्रयत्न हामी सबैको लागि र्सार्थक होस् । पुनः सबैमा नमन र पर््रार्थना मेरो वर्तमान राष्ट्रको शीघ्र शान्ति र स्थायित्वका लागि दैनिक १ मिनेट माताको चरणमा पर््रार्थना स्वरुप मात्र ९ पटक यो एक श्लोक पढिदिने गर्नुहुन अनुरोध गर्दछु ।
"नमो देव्यै महादेव्यै शिवायै सततं नमः ।
नमः प्रकृत्यै भद्रायै नियताः प्रणताःस्य ताम् ।।"

जगदाचार्य नेपालीबाबा्
संस्थापक
श्री विन्ध्यवासिनी आध्यात्मिक संघ
२३ नाभेम्वर २०१०
हाल भर्जिनिया अमेरिका
मो. ७०३८७००७८३

जगदाचार्य नेपाली बाबा जसलाई बिरेन्द्र सहित   राजपरिवार हत्याकाण्डको मात्र होइन राजतन्त्रकै भबिस्यका बारेमा भबिस्यबाणी गर्दा, ओबामाले चुनाव जित्ने भबिस्यबाणी गर्दा हाँसेर उडाउँथे मान्छेहरु, तर भबिस्यबाणी सबै पुरा भए, पुराहुँदैछन !!!
                                                 बाबा भन्नुहुन्छ "मेरो कुरा सुनियोस, हेरियोस, साथ मात्र दिए मैले महिना दिन देखी बर्षदिन भित्रमा नेपालको समस्या समाधान गर्न सक्ने शक्ती म मा छ, तर साथ दिने र पत्याउनेहरु चाहियो !" यी र यस्ता बिषयमा एउटा सनसनीपूर्ण अन्तर्वार्ता लिनुभएको छ नेपाल मदर डट कमका सम्पादक रामप्रसाद खनालले अमेरिका स्थित आफ्नै निवासमा, चर्चित र नेपालकै एक मात्र "जगदाचार्य" नेपाली बाबा सँग, अन्तर्वार्ता जस्ताको तस्तै भिडियोमा तल प्रस्तुत छ ।   

 अमेरिकामा ३० बर्षमा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.25 % वार्षिक, यो बेला घर किन्ने बेला हो, तपाईंले पनि बिचार गर्ने कि 

 अमेरिकामा ३० बर्ष मा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.25 % वार्षिक । यो बेला घर किन्ने बेला हो । घर भएकाले दोस्रो घर किनेर राख्ने बेला हो । लगानी गरेर प्रतिफल कमाउने बेला हो । अमेरिकामा घर जग्गाको को भाउ बिस्तारै माथि जादै गरेकोले लगानी गर्नेहरुले प्रतिफल पाउने राम्रो अबसर छ, तपाईं ले पनि बिचार गर्ने कि ?? -
Call : Ram Prasad Khanal - Realtor®, Long and Foster
Cell - 703-419-0924, Email : rampdkhanal@gmail.com
Note : This Advertisement is only for those people who live and work in USA










for more other related news about Nepali baba please click these links





“Give me support. I can bring magical change not only in Nepal, but the whole world with in a Year"
- Jagadacharya Nepali Baba
 (Pandit Tejnath Sharma)
 
Nepali Baba , he is the same Baba who was the first to forecast that King Birendra and his whole family and the dynasty is in danger and advised him to do certain things , but King Gyanendra didn’t heed his advice and the Palace Massacre followed after some time. He is the same Baba who made the forecast “ Monarchy is in danger, if you don’t heed my advice, monarchy may end” to the then King Gyanendra, his advice was not heeded and monarchy ended with Gyanendra after 238 years. He was ridiculed when he made the prediction of Obama’s victory at the elections, but Obama became the president after winning the elections. After seeing fulfillment of these and other hundreds of predictions, many Nepalis have become ardent devotees of Baba. Here follows the sensational interview of Nepali Baba, the only “Jagadacharya” from Nepal, alias Pandit Tej Nath Sharma with mystical powers, who proclaims boldly “ I can change not only Nepal but the whole world” by the chief editor Ram Prasad Khanal of the popular on line Nepali portal http://www.nepalmother.com/ during his tour in the US. ः-

Nepali Baba, how would you like to respond if we asked your introduction?
 - My birth name is Tej Nath Sharma, because of difficult sadhana during training; 13 kilometer triangular walk 4-5 times a day for exercise, walking 52 or 65 kilometers for months every year, local devotees started calling me Nepali Baba as I had a tough Nepali physique  and now the world knows me mainly by the name of Nepali Baba.
 How long have you been active in religious activities?
 - I have been active in religious filed since 2034 Baisakh ( April, 1977) when first I first started doing yagyas.
How long has it been since you stopped eating grains and fruits and why did you do it?
- It has been about 39 years since I stopped eating grains. This has been a special pledge for control of physiologic functions, it does not have any spiritual reasons.
  Nepali baba, How did you get the title of Jagadacharya?
-Title of Jagadacharya was bestowed in 1986 after International Peace Year. In the same year, Sanga Gayatri Yagaya , the largest Yagya officiated by 11.000 Brhamans was organized in Mirzapur, Bindhyachal for 32 days from November 15 to December 15. This was the largest Yagya organized with the determination that “ I will not let another world war happen in my life” Parliament of World Religions bestowed the title of Jagadacharya on seven people for carrying out the spiritual duties of Sankaracharyas by spreading spiritualism in regions outside India. I was selected from Nepal for my efforts in preserving world peace and welfare of mankind and assigned the responsibility to continue them.
What are your predictions based on and how are they done?
- When my heart tells me what’s going to happen, based on my devotion to Mother Vindabashini, then I say it and it has always come true. That’s why many difficult to believe predictions have come true and it needs to be believed.  
Is it true that many Hindu leaders of India are your devotees, who are they?
- I have prayed to Mata Vindhabasini for many people, who have come in contact with me, in their hours of need, and I had very honorable relationship with them.  Many leaders including late PM’s  Mrs. Indira Gandhi, P.V. Narsingh Rao, Chandrashekhar, H.D. Devgouda and Past President of BJP Rajnarh Singh were my devotees.
It is said that many including kings and political leaders in Nepal were your devotees, who comes to see you Baba?
- I had excellent relationship with late kings Birendra & Gyanandra, and ex PM’s Lokendraji, Surya Bahadur Thapa, Sher Bahadyr Deuba, Late Girija Prasad Koirala and many others. I tried helping them with spiritual guidance and blessings.
Is it true that King Birendra faced Palace massacres and Gyanendra lost monarchy for not heeding your advice?
- I had given proper advice and thoughtful proposals at the appropriate times. One has to face adverse consequences for not trusting religious and cultural fundamental principles and so it happened too.
You are the first one to predict the victory of Obama at the US presidential elections, how did you make it exactly right?
- I had predicted the victory of President Obama longtime ago in writing and with percentage numbers also, had sent emails to many. Many publications had published it and it came true hundred per cent.
You are a very learned man, future predictor, Sanskrit scholar, and advocate of Hinduism, please tell us where will Nepal go? Will it return to Hindu religion, Hindu nation and will the King come back or not?
-Nepal is always a Hindu nation. It is my pledge to maintain the same status. Rather than speak of king and monarchy, it can not be said that what is based on Nepali culture, its geographical terrain and belief systems of its population and natural fundamental conditions, can not return in the future.
Am interested to know about your family, will it be all right to  speak of it?
- My father’s name is Late Tikaram Ghimire who retired after 35 years of service with the Court system and practiced law and social welfare. He encouraged me in my spiritual pursuits with blessings. My mother’s name is Komal Kumari Ghimire, who currently lives near my Satungal Ashram and attends Vindhabasini Pooja in the morning and evening. My wife Shivakala Ghimire looks after family property and lives in Tansen.  I have three sons; eldest Ganesh Prasad Sharma , daughter in law Sarita Sharma, one grand daughter Miss Nirbighna and one grandson. Second one Ram Chandra Sharma M.A and currently in the final year of MBA, daughter in law Sita Sharma. Youngest son Dr. Shankar Sharma Ghimire, is currently doing his residency program in Mercr and is a bachelor. Daughter Gayatri  Bhandari, Son in law Inspector Basudev Bhandari and grandson Nishal Bhandari. That’s my family.
Baba, how do you define religion?
- Idea about religious duty; religion is the name ascribed to the concept of being in compliance with moral values, leading a life of fulfilling own duties, being actively engaged in good action by leading a disciplined and well managed life from birth to death.
What about the status of religion in Nepal and its future?
- Status of religion in Nepal, is zero because efforts of people like us, religious leaders, scholars, mahatmas  have not been enough to come to fruition and it’s necessary to work very hard in making it a community effort. This is also my attempt. I am confident that that I am carrying a good message of taking it to where it rightfully belongs in the future.
What are you doing now and what are your goals?
- As to my goals, I am currently working on establishing a spiritual university, spiritual hospital, nine story Temple of Vindhabasini, 500 room Dharmasala, Briddhshram, through the organization Vindhabsini Adhyatmik Sangh with the help of all devotees who have pledged their heart and soul. This will provide essential social services and help in establishing a peaceful and wealthy Nepal and thus establishing Nepal as a model of  prosperity and guardian of high moral values. For this I have targeted 40 ropanis of land and by this time 25 ropanis of land have already been purchased and a temporary temple and Yagyasala have been established in 2003t and 30-35 Brahmin priests are performing daily religious rites. Rest of the land will be acquired through a program of “land Donation” and attempts are ongoing to complete the rest of the project as soon as possible. I am making a call to all my devotees for help to complete this project.
How much help has been provided by your devotee political leaders and government ministers in such an illustrious program?
- Public has been very supportive and helpful. That’s my foundation of support. Rest is day dreaming. It is painful to say expected assistance has not been available.
How much support have you received from Nepali public?
- A man is the direct image of the God. What has been achieved so far is the result of direct help from ordinary public.
How about Nepali media?
- It will take long time for Nepali media to understand the meaning of religion and its moral and scientific basis of humanism. If help and support like yours can be obtained and the day Nepali media will understand this excellent program and will try to be helpful, that will be the first liberation of Nepal and Nepali. They don’t have for anything other than  following rotten politics and the politicians, no time for what we are doing.  Hindu Dharma is under attack from every area, Hindu State has come to an end, what do you say Baba?
- My take on this is that our weakness in being proactive and failure to go from religious activities to social services are main reasons foe this state of affairs. In my thinking,  Nepal is always a Hindu State and will be always remain a Hindu State because it will be the result of all of my good work in years to come.
In that case, what is the future of religion in Nepal ?
- I am confident that in the next 2-3 years religion will be explained and practiced in scientific terms And it will bring excellent results.
Baba, you have such unmatched religious power and blessings of Mata Vindabasini, what can you do for Nepal?
- I am going to make my Nepal the best in Daivi (Godlike) characteristics, character nourished by moral values, disciplined, dutiful, and trusting in moral values. Image of God is my national society. Selfless service to the nation is the worship to the God, Performing of many Yagyas. I am going to spread this message from the world’s best Center for Spiritualism and Human Service al to be established in Satungal. Main task of this center will be to strengthen feeling of this type of service to the nation.  
How will you send you message to those who are religious and those who are atheists.?
- It’s more a feeling whether you know how to explain religion or not. Atheisthe  or religious, living beings can never be separate from nature or religion. He may not know it because of ignorance, but he can not be outside of the laws of nature, laws of nature are very essential for ling. Therefore we can not continue to remain ignorant, we must try consciously to do thoughtful studies and mysteries of religion will begin to be clear.
How many countries have you traveled to?
 - Nine times to US, seven times to UK. I have gone to many other countries also spread the message and will continue to do so.

How much have you walked and where have you gone?
- Up to now, I have walked all over seventy five districts from Mechi to Mahakali in in 121 Days in 1988. I have also walked in 1990 from Muktinath of Nepal to Kanyakumari of India in 118 days. I have also walked from Kanyakumari to Dwaraka and then to Badrinath in 1992 in 168 days. By this time, I have walked 71,500 kilometers.
How many disciples do you have?
- Rather than counting how many disciples I do have, I like to think that I have millions of individuals and families who have supported me and worked with me in organizing Mahayagya and serving Mata Vindyabasini.
Of all your plans, if you have to prioritize them as 1,2,3, how will you prioritize them?
- Vidyabasini temple with University for Spiritualism & Hospital caring for both mind and body. Even before this, my work in establishing permanent peace in Nepal and Unity of purpose among all Nepalis for commitment to progress of the country.
Have the Nepalis living outside Nepal forgotten religion and culture, What is your experience Baba?
- No, they have not forgotten. I have found positive feelings. It’s there among 50 years old. But slowly, it’s eroding among those thirty years or less. If we do not do anything concrete , there will be uncertainty in the future. If attempts are made, our country can preserve its culture and traditions. Everyone has to work on it.
Any message for political parties and political leaders in Nepal?
- My Nepal, I have been born for bringing a happy future to Nepal, I will renounce position, prestige, and self interests, I will incorporate everyone’s interests and love everyone as my family; If everyone adopts this motto and works on it, it will be the dawn of a new era in Nepal.
Lastly, do you have any thing to add to what Nepal mother.com has asked you?
-You have helped me a lot by letting me express my views that we are sons of Nepal and we want do something for Nepal in our lifetime. I want to give my blessings and best wishes to nepal mother.com and wish that it be able to continue its illustrious work for the welfare of all Nepalis and mankind all over the world. I wish all its readers and patrons that their wishes be fulfilled, they have the protection of Mata Vindabasini and I will be always praying for you for this.
I want to express my thankfulness and gratitude to you, Baba for this special interview !
- I am very indebted to you for giving me this opportunity to present my pledges and express my ideas to all and highly appreciate your giving me your valuable time at this stage of life. If any part of my pledges dealing with Nepal Nepali religion and culture can be useful for the good of the world, this will be great help I will highly appreciate. Thank you, Shree Ram Prasad Khanalji, Let your efforts be successful for all of us. Again, my Namakar to all and my request that everyone dedicate one minute daily to pray to Mata Vindabasini and recite the following Sloka for peace and stability of Nepal:
"नमो देव्यै महादेव्यै शिवायै सततं नमः ।
नमः प्रकृत्यै भद्रायै नियताः प्रणताःस्य ताम् ।।"

Jagadacharya Nepali Baba
Founder,
Shree Vindabasini Adhyatmik Sangh
23 November, 2010
Virginia, USA (currently)
M. Tel . 703-870-0783

Jagadacharya Baba, whom people ridiculed when he made predictions not only of Massacare of King Birendra and his family  but also the end of the monarchyand Victory of Obama at the US presidential elections, but now all predictions have come true and many others also will be!!!
                                                 Baba says "My ideas be heard, and tested, If supporet is received, I have power to resolve the problem of Nepal within months to a year, but I need people to believe me and give me company. " Ram Prasad Khanal, editor of neapl mother.com has taken a sensational interview in his own residence in US. Interview with highly publicized and only one Jagadachrya of Nepal is presented (unedited) below. 

this interview is published in Kantipur's Saptahik too.

1 comment:

  1. sarai ramro lago yo interview ramprasad ji kasari baba lai gharma layouna safalhunu bhayo

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक