20101119

बजेट आउन सकेन, संसदमा माओवादी गुण्डाराज ! माओवादी सभासदहरुले अर्थमन्त्रीमाथि हातपात गरे, अर्थमन्त्री सुरेन्द्र पाण्डेले बोकेको बजेट बाकस माओवादीका सभासदहरुले खोसे !

Breaking News..........Update........
बजेट प्रस्तुत गर्न संसदमा पुगेका अर्थमन्त्री सुरेन्द्र पाण्डेले बोकेको बजेट बाकस माओवादीका सभासदहरुले खोसेका छन् । सो क्रममा माओवादी सभासदहरुले अर्थमन्त्रीमाथि हातपात गरेका छन् । माओवादी सभासद्हरुले रोष्ट्रम घेराउ गरेपछि व्यवस्थापिका संसद्को बैठक आगामी मंसिर १६ गतेसम्म स्थगित भएको छ ।
माओवादीको विरोधकाबीच सरकारले बजेट ल्याउने !
News Update......
माओवादीको विरोधकाबीच सरकारले बजेट ल्याउने भएको छ । संविधानसभा भवनमै शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नियमित प्रक्रियाबाटै बजेट ल्याउने निर्णय गरेको छ । अहिले कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । बैठक सकिएपछि व्यवस्थापिका-संसद्को बैठक बस्ने छ ।
जबरजस्ती बजेट ल्याए संसद् घेराउ गर्ने माओवादी चेतावनी
हिस्स बुढी खिस्स दाँत : माओवादी उदन्डताका कारण आज पनि बजेट आएन, देश र जनता माथि गम्भिर खेलवाड !
Breaking News........
आफूले राखेका प्रस्ताव सत्तारुढ दलहरुले नमानेको भन्दै माओवादी नेताहरु संसद् भवनबाट बाहिरिए !
आफूले राखेका प्रस्ताव सत्तारुढ दलहरुले नमानेको भन्दै माओवादी नेताहरु संसद् भवनबाट बाहिरिएका छन् । उनीहरुले जबरजस्ती बजेट ल्याए संसद् घेराउ गर्ने चेतावनी दिएका छन् । गोकर्णमा भएको शीर्ष बैठकमा बजेट ल्याउने सहमति जनाएको माओवादीले शुक्रबार बसेको स्थायी समिति बैठकपछि सहमति जनाएको थियो । माओवादीले संविधान संशोधनका लागि राष्ट्रपतिबाट बाधा अड्काउ फुकाएर नभइ अन्य उपाय खोज्नुपर्ने र संविधान संशोधन गर्दा दुई तिहाई मात्र बजेट ल्याउनुपर्ने उल्लेख गर्नुपर्ने अडान राखेको थियो ।
सरकारले 'व्ल्याकमेलिङ' गरेको भन्दै माओवादी नेताहरु संसद् भवनबाट...........
बाहिरिएका छन् । अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष बाबुराम भट्टराईलगायत शीर्ष नेताहरु संसद् भवनबाट निस्किएका छन् ।
संसद्बाट बाहिरिएका माओवादी स्थायी समिति सदस्य देवप्रसाद गुरुङले जबरजस्ती बजेट ल्याउन सरकारले 'व्ल्याकमेलिङ' गरेको आरोप लगाए । बजेट ल्याए संसद् घेर्ने उनले चेतावनी दिए ।
माओवादी संसद्बाट बाहिरिएपछि अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । मन्त्रिपरिषद्मा सहमति भए सरकारले शुक्रबार राति नै बजेट संसदमा पेश गर्नेछ ।

माओवादीले संविधान संशोधनका लागि राष्ट्रपतिबाट बाधा अड्काउ फुकाएर नभइ अन्य उपाय खोज्नुपर्ने अडान राखेपछि शुक्रबार पेश हुने भनिएको बजेट अन्यौलमा परेको छ । राष्ट्रपतिबाट बाधा अड्काउ फुकाउन यसअघि सहमति जनाएको माओवादीले शुक्रबार बजेट प्रस्तुत हुनुअघि कुरा फेरेपछि बजेट अन्यौलमा परेको छ । माओवादीले सरकारले पूर्ण बजेट ल्याउन लागेको भन्दै आपत्ति जनाएको थियो । यसअघि गोकर्णमा भएको शीर्ष बैठकमा माओवादीले बजेट ल्याउन दिने सहमति जनाएपछि सरकारले तयारी सुरु गरेको थियो । बजेटबारे दलीय सहमति जुटाउन माओवादीका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री बाबुराम भट्टराई, कांग्रेसका रामशरण महत र एमालेका भरतमोहन अधिकारी सम्मिलित कार्यदल बनाएको थियो ।
माओवादीको अडानका कारण मध्यान्ह १२ ३० बजे बस्ने भनिएको संसद्को कार्यव्यवस्था परामर्श समितिको बैठक पनि अझै बस्न सकेको छैन । तर सहमति जुटाउन बसेको तीन दलको बैठक पनि निष्कर्षमा पुग्न सकेन । सरकारले माओवादी सहमतिबिना पनि शुक्रबार बजेट ल्याउन नसके केही दिन लम्बिने सम्भावना छ । विस्तारित बैठकका लागि माओवादीका शीर्ष नेताहरु शनिबार नै गोरखाको पालुङटार जाने भएकाले बजेट घोषणा लम्बिने निश्चित छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक