20101118

एनजिओ खोलेर समाजसेवामा लागेकी पूर्वयुवराज्ञी हिमानी शाह उनको संस्था हिमानी ट्रष्ट मार्फत विकासका कार्यक्रम लिएर दोलखामा !

एनजिओ खोलेर समाजसेवामा लागेकी पूर्वयुवराज्ञी हिमानी शाह उनको संस्था हिमानी ट्रष्ट मार्फत विकासका कार्यक्रम लिएर दोलखा आएकी छिन्। बुधबार साँझ दोलखा आएकी शाहले औपचारिक रुपमा संस्था मार्फत विकासका कार्यक्रमहरु शुरुवात भएको घोषणा समेत गरेकी छिन्। "दोलखालाई पहिलो...
प्राथमिकतामा राखी यस जिल्लाका केही गाविसलाई नमुना गाउँ बनाउने अभियान आजैबाट शुरु गरेका छौँ"-१० दिने बसाई लिएर जिल्ला आएकी हिमानीले बिहीबार भनिन्। उनले ट्रष्टले दोलखालाई कार्य क्षेत्रबनाएर पहिलो चरणमा दोलखामा विकासका कार्यक्रम सञ्चालन गरिने समेत बताईन्।
"हाम्रो यो अठोटलाई सफलतामा परिणत गर्ने हात तपाईहरुकै हो" तामाकोशी पुलको दायाँबाया तारजाली हस्तान्तरण कार्यक्रममा संक्षिप्त मन्तव्य दिदै शाहले भनिन्।

बुधबार साँझ सदरमुकाम चरिकोट आईपुगेकी शाह विहिबार विभिन्न कार्यक्रममा सहभागी भईन्। दिउसो भिमेश्वर नगरपालिका ६ मा पर्ने तामाकोशी बजारमा पुगेर हिमानीले संस्था मार्फत तामाकोशी पुलको दायाँबायाँ लगाउन तारजाली हस्तान्तरण गरिन्। १ लाख ५० हजारको लागतमा किनिएको ८ गेजको १५० मिटर तारजाली र ३० केजी वाण्डिङ तार तामाकोशी पुलमा राख्न स्थानियबासीलाई उनले हस्तान्तरण गरेकी थिईन्। त्यहाँबाट उनी नाम्दु गाउँमा पुगेर स्थानियसगँ भेटघाट गरेकी थिईन्। नाम्दुका स्थानियबासीले शिक्षा स्वास्थ्य, सिचाँई, खानेपानी लगायत विभिन्न सामाजिक कामका लागी उनको संस्थासगँ विभिन्न मागपत्र पेश गरेका थिए। नाम्दुमा उनलाई स्थानियबासीले भव्य स्वागत समेत गरेका थिए।

उनको साथमा पूर्वराजपरिवारका सदस्य एवम हिमानी ट्रष्टका पदाधिकारीहरु समेत आएका छन्। संस्थाकी उपाध्यक्ष एवम पूर्व अधिराजकुमारी प्रेरणा सिंह, संस्थाकी कोषाध्यक्ष शिताष्मा शाह, संस्थाका सदस्यहरु पुजा शाही, दिलाशा राणा र अर्चणा शर्मा समेत हिमानी सगैँ दोलखा आएका थिए।
दश दिन सम्म दोलखा बस्ने उनले शुक्रबार नाम्दु गाउँमै पुगेर स्थानिय एक बिद्यालयमा सौचालय निर्माण र खानेपानीका लागी सहयोग गर्ने कार्यक्रम छ। "शनिबार पछिका कार्यक्रमहरु क्रमशः बन्दै जानेछन्" संस्थाकी महासचिव पावना शाहले भनिन्। उनले दश दिनको अवधिमा स्थानियबासी सगँको छलफल र अन्रक्रियााका आधारमा सहयोगका कार्यक्रम सञ्चालन गरिने समेत जानकारी दिईन्।

हिमानी चरिकोट-दोलखा सडकको बिचमा रहेको भिमेश्वर नगरपालिका २, स्थित उद्योगपती लक्ष्मण श्रेष्ठको घरमा बसेकी छिन्। दश दिने बसाईको बिचमा उनका छोरीहरु समेत दोलखा आउने उनी निकट स्रोतले जनाएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक