20101118

धरानमा नौ वर्षिय बालक अपहरणमा परेको तीन घण्टा नवित्दै हत्या , नवलपरासीमा २९ वर्षिय भगना चौधरीको घाँटी रेटी हत्या

धादिङका एमाले नेता शिव थापा मगरको हत्या माओवादी कार्यकर्ताबाटै भएको मानव अधिकारवादीहरुको प्रतिवेदन
 धादिङका एमाले नेता शिव थापा मगरको हत्या माओवादी कार्यकर्ताबाटै भएको मानव अधिकारवादीहरुको प्रतिवेदनले जनाएको छ। इन्सेक, एडभोकेसी फोरम, पिपिआर नेपाल, नेपाल मानवअधिकार एलायन्स, काहुराष्ट, महिला मानवअधिकार सञ्जाल र आइसिडिसीको अध्ययनले उक्त निष्कर्ष निकालेको हो। घटनास्थल अध्ययन, परिवारका सदस्यहरू, देख्ने सुन्ने, छिमेकी, घटनास्थल वरिपरिका मानिस, स्थानीय प्रशासन, राजनीतिक दलहरूको भनाई र अध्ययनका क्रममा प्राप्त तथ्यहरू विश्लेषण गर्दा यस्तो निष्कर्ष निकालिएको उनीहरुको प्रतिवेदनमा उल्लेख छ। हत्या गर्नुपर्ने कारणमा राजनीतिक रीसइवीबाहेक...
अन्य नदेखिएको पनि प्रतिवेदनमा उल्लेख छ।

२०६६ मंसिरमा भएको नेकपा एमालेको जिल्ला अधिवेशनमा दार्खालगायत त्यस भेकका दर्जनौ एकीकृत माओवादीका कार्यकर्ताहरू एमाले प्रवेशमा उनको हात रहेको तथा त्यसैबेला दार्खामा एमाले एकीकृत माओवादीवीच भएको भनिएको गोली काण्डमा समेत उनी संलग्न रहेको आरोप लाग्नु राजनीतिक रीसईवीबाहेक केही देखिँदैन, प्रतिवेदनमा भनिएको छ- २०६७ को विजयादशमीका दिन आरोपी रामशरण थापामगरले मृतकका आफन्त र छिमेकीसँग समेत अब ऊ धेरै बाँच्दैन, उसका दिन सकिए भन्दै हिँड्नु र हत्यापश्चात आरोपित व्यक्तिहरू गाउँबाट फरार रहनुले घटनामा उनीहरूको प्रत्यक्ष संलग्नता देखिन्छ।

घटनामा संलग्न देखिएका व्यक्तिहरू वाइसिएल र एकीकृत माओवादीका जिल्ला र स्थानीय तहका सक्रीय कार्यकर्ता भएकाले पार्टीगत निर्णयबाट हत्या नभएको भनिए तापनि आरोपित व्यक्तिहरू एकीकृत माओवादी कार्यकर्ता भएको देखिन्छ- अध्ययनले भनेको छ।

फिरौतीका लागि नौ वर्षिय बालक अपहरणमा परेको तीन घण्टा नवित्दै हत्या 

फिरौतीका लागि नौ वर्षिय बालक अपहरणमा परेको तीन घण्टा नवित्दै हत्या भए पछि धरानमा अभिभावकहरु आतङ्कित भएका छन् । बिहीबार विहान साढे नौ बजे विद्यालय गएको एकमात्र छोरा राज आचार्यलाई गुमाउन पुग्दा ३० वर्षिया अन्जुले मन थाम्न नसकेर विक्षिप्त अवस्थामा पुगेकी छिन् । रुँदा रुँदा आँखाबाट आसु आउन समेत छाडेको छ, उनको । स्थानीय सगरमाथा वोडिर्ङमा कक्षा तीन अध्ययरत राजलाई बिहीबारर विहान अन्जुले सदा झै स्कूलमा डोहोर्‍याउँदै पुर्‍याउन नभ्याए पछि साथीहरुको साथमा छाडेकी थिइन् । तर राज फेरि फर्केर आएनन् । राजलाई विहान साढे ११ बजे धरान १९ स्थित हरियाली सामुदायिक वनभित्र मृत अवस्थामा भेटिएको थियो ।
बिहीबार बेलुका सम्ममा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ मध्ये १६ वर्षिय प्रतिकेशर झा हत्यामा संलग्न रहेको प्रहरी श्रोतले जनाएको छ । पछिल्लो अनुन्धान अनुसार बालक आचार्यलाई फिरौतीका लागि अपहरण गरिएको प्रहरी श्रोतले जनाएको छ ।
तर लैजादा लैजादै लुकाएर राख्ने स्थानमा पुर्‍याउन नसकेपछि अपहरणकारीहरुले हत्या गरेको हुन सक्ने प्रहरी श्रोतले जनाएको छ । अपहरणकारीहरुले पाँच लाख रुपैयाँका लागि उनलाई अपहरण गरेको तर बालकले घरको फोन नम्बर थाहा नभएर दिन नसके पछि विवाद हुँदा मारिएको हुन सक्ने प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालयमा रहेका डिएसपी दिपक रेग्मीले भने, 'फिरौतीका लागि नाटकीय शैलीमा अपहरण भएको र हत्या हुन पुगेको बुझिएको छ ।'
युवकको घाँटी रेटी हत्या
नवलपरासी संवाददाता बेचु गौंडका अनुसार बुधबार राति एक युवकको घाँटी रेटी हत्या गरेर शव फालिएको अवस्थामा फेला परेको छ । नवलपरासी कुडिया ४ श्रीनगर गाउँको सडकमा २९ वर्षिय भगना चौधरीको हत्या गरि फालिएको अवस्थामा विहान गाउँलेले देखे पछि प्रहरीलाई जानकारी गराएका थिए ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


हत्यामा आरोपित विक्रम भनिने टेकबहादुर तामाङ र राजेन्द्र विकलाई एकीकृत माओवादीले २०६७ कात्तिक २९ गते पार्टीको सबै तहको जिम्मेवारीबाट निष्कासन गरेको थियो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक